कपिलवस्तु जिल्लामा रहि विभिन्न छेत्रमा गरेको मिहिनेत ले बिस्तारै पाउदै गरेको सफलता त्यागेर कमाउने र रमाउने सपना बोकेर हिडेको युवक जापान २०२२ मे महिना को १८”तारिक् आईपुगियो। जीवन को यात्रा तए भएर नयाँ जीवन पाएको मेरा दिन जसलाई म पुर्न जन्म भनेर सम्झन चाह्न्छु।
सोच्छु ,कल्पना गर्छु ,नेपालमा रहदा जापान प्रतिको मेरो कल्पना को जापान र जापानमा प्रस्तान गरिसकेपछी को जापान बिच धेरै ठुलो अन्तर पो रहेछ ठुलो जाहाज चढि ठुला सपाना देखेर आउने युवाको जमात मा म पनि एक थिए तर सोचेको र भोगेको जापान को अवस्था निकै फरक रहेछ, यहाँ को जीवन यापन ,महगो रहनसहन अझै भनु पर्दा भाषा नजान्दा नेपाली ले नेपालीलाई नै गरेको बेवास्ता र बेवाहार निकै फरक र कष्ट कर जीवन बन्दै थियो ।
यहि कष्टकर जिवनको बिचमा एकजना दातो नाम गरेको भेतनामीसंग भेट ले धेरै अगाडिको यात्रा सहज बनाउन मद्दत गरेको अनुभव छ हरेक बाटोमा आउने चुनौतीको सामाना गर्न सहज गर्दै बिदेशी भएता पनि नेपाली प्रती को त्यो सहयोग निकै सम्झना योग्री छ। उसको त्यो नेपाली प्रतीको प्रेम बहुद अचम्म को थियो आचार्यको कुरा त यो थियो कि उसले नेपाली भाषाका क्यौ सब्दकोषहरुको शब्द सजिलै पढ्ने र नेपालीमा कुरा गर्ने रहर ले नेपाली भाषा खोजी खोजी पढ्ने बोल्ने गरेको हुन्थ्यो ।
बालक अवस्थामा नेपालका स्कुलमा गएर क ,ख पढेको त्यो दिन आज फेरि जापनमा पनि क ,ख ,अ ,आ भन्दै नाम फरक हिरागाना ,कातागान र खान्जी विषय एउटै पो पड्नु पर्ने रहेछ यहि क,ख पढ्नका लागि महिना को ६०,०००/- येन स्कुलको शुल्क बुझाइ बाल्यकाल सुरु हुदैछ। उमेर मात्र पो फरक रहेछ बाल्यकाल को अवस्थामा जे गरियो पुन उहि गर्दै छु । प्रतेक समय र दिन केही न केही सिकेर बितिरहेछ । यहाँ को चलन नियम भाषा धर्म सस्कृती सबै सुरुबाट सिक्दै दिन बितेको पतो पाईदैन ।
म जस्ता धेरै युवाको सपनाहरूको देश जापान ,अस्टे्रलिया ,क्यानडा बन्दै गैइरहनुको प्रमुख कारण रहर र धेरै धन कमाएर बिलासिताको जीवन बिताउनु पो रहेछ अझ प्रमुख कारण त नेपाल जस्तो सम्भावना बोकेको देशमा शासक दलालहरूको राजनीति खिचातानीले हो । कुर्सीको मोहमा डुबेका उनीहरूले देशका युवालाई स्वदेशमै बस्ने वातावरण तयार नगरेका मात्र होइनन् विदेश जान उत्साहित र प्रोत्साहन गरिरहेका छन । क्यौ देश संग युवा पलायन सम्झौता गरेको पनि नसुनिएको होईन एक उदाहरण मेरो नगरपालिका बाणगगामा पनि छ कयौ युवा कोरिया लग्ने सपना बाडेको रहेछ। जुनसुकै देश भए पनि विदेशी भूमि हामीले सोचेको र कल्पना गरेको भन्दा नितान्त फरक हुन्छ ।
व्यक्ति र परिस्थितिअनुरूप सबैको आ–आफ्नै सपना र चाहना फरक–फरक हुन्छ । देशअनुसार जाने खर्च तथा लगानी पनि फरक–फरक हुन्छ । विदेश जाँदा प्रायजसो नेपालीहरू ब्याजमा ऋण खोजेर जानुपर्ने बाध्यात्मक परिस्थिति रहेको छ ।म आउदा पनि अवस्था निकै फरक थियो कोभिड -१९ ले हरेक क्षेत्र थिचोमिचोमा पारेका कारण बैंकले लोन नदिदा २%देखि३% मा पैसाको खोजिमा आउनु विकल्प थिएन ।हामी जुन सोचका साथ विदेश गएका हुन्छौँ त्यो सोचभन्दा फरक विदेशी भूमि पाएका हुन्छौँ ।
भाषाको राम्रो ज्ञान नहुनु, सोचेअनुसार काम नपाइनु र त्यहाँको नियम पालनाको परिधिभित्र रहन नसक्नु जस्ता असहज परिस्थितिले विभिन्न समस्या उत्पन्न हुन्छ । जापानमा विद्यार्थीको सामान्यतया एक महिनाको खर्च करिब एक लाख भन्दा माथि हुन्छ। आफ्नो छोराछोरी पढ्नभन्दा पैसा कमाउन गएको छ भन्ने कुरा हाम्रो परिवारले सोच्ने गर्छ र समाजले पनि आर्थिक वृद्धि गर्न र आर्थिक क्रान्ति गर्न गएको सोच्न बाध्य हुन्छ । दैनिकी खर्चलगायत बस्ने कोठा पनि त्यही दरमा हुनु सामान्य प्रक्रिया नै हो ।
जापान खर्चिलो सहरको रूपमा चिनिन्छ बिश्व को दोस्रो महगो देशमा पर्ने जापान रहेछ । एउटा सामान्य रुमको रेन्ट, बिजुली, ग्यास र खानेपानी गरेर करिब ७०–८० हजार तिर्नुपर्ने हुन्छ । कलेज फि एक महिनाको ६०–७० हजार तिर्नुपर्ने हुन्छ । खाना तथा खाजा, ट्रेन, मोबाइल र सरकारलाई तिर्नुपर्ने कर र स्वास्थ्य बीमाको रकम गरेर करिब १ लाख ६० हजारदेखि १ लाख ७० हजारसम्म खर्च हुन्छ । आफूले सोचेर जापान प्रवेश गरेको भन्दा भोगाइ नितान्त फरक र भिन्न भएको कारण कयौं विद्यार्थीहरू आत्महत्याको सिकार हुने गर्दछन् केटिसाथीहरु अझ कामको प्रलोभन पारी यौन शोषित भैरहेको छ्न।
आफूले सोचेअनुसारको प्रतिफल प्राप्त गर्न नसक्दा उनीहरू बिचल्ली हुन्छन् । विशेषगरी ऋण तिर्न नसक्नु, भाषाको समस्याले गर्दा सोचे जस्तो काम नमिल्नु, कलेजले तोकेको समयमा फि तिर्न नसक्नु,कलेज स्कुलले पढ्न दिने प्रेसर,विश्वासिलो साथीबाट असहयोग र अपहेलित तथा स्वास्थ्यमा विभिन्न समस्या देखिनु पनि प्रमुख कारण हो र दुर्घटनामा परी अङ्गभङ्ग हुने आदि समस्याले जापानमा विद्यार्थीको अवस्था निकै जटिल भएको देखिन्छ । यश बर्षा त नेपालबाट सोचे भन्दा बढी नेपाली विभिन्न भिसामा आएको कारण धेरै समस्या आउने संकेत देखिन्छ ।
हाल सम्म मेरो भेट धेरै नेपाली अग्रज जो लामो समय जापान बसाईमा आफ्नो समय खर्च गरि बर्सौ बिताई सक्दा पनि आफुले कुनै प्रगती गर्न नसकेको त्यसैले जापान आउनु भन्दा दुबई ,कतार मै पैसा राम्रो कमाउन सक्ने बताउनु हुन्छ र जापान आउनु परे वर्किङ भिसामा आउन सुझाव दिन छ्न । म पनि उहाँहरुलाई हेरेर कहिले काहिँ सोच्ने गर्छु यो जापानमा न खाना न सुत्न न काम को अनुकुल समय छ । सबै आफै गर्नु पर्छ , अन्य साना बिदेशी मुलुक लाई हामी खाडिको उपनाम दिन्छै तर काम ,खान ,बस्न सबै सुबिधा दिगो त रहन्छ जसरी नि पौसा कमाउन त रहेछ ।
जापानमा मैले अध्यन गरि पाएको ज्ञानले मलाई सुख दिन्छ त ?
सुनौला सपना र रहरहरूको खोजीमा जापान पुगेका युवाहरूमा आत्महत्याको सङ्ख्या बढ्दो छ यसको कारण पनि त म जस्ता युवाको मनमा उब्जाएको प्रश्नले त होला नि ? एक्लोपन र डिप्रेसनका कारण ट्रेनको लिगमा समेत हामफाली आत्महत्या गर्ने गरेको समाचारहरु पनि सुने गरिन्छ ।
शासक दलाहरूले नेपाललाई विदेशीको लागि सस्तो कामदार तयार पार्ने थलोको रूपमा परिणत गरिरहेका छन् । रेमिट्यान्सको लोभ देखाएर नेपाली युवालाई विदेशी भूमिमा कामको लागि जान बाध्य गराउने नीतिको परिणामस्वरूप नेपाली जनताले दुःख पाउँदै छन् । देशमा नै बन्द भएका र नयाँ कलकारखाना खोली विदेशी उत्पादनको उपयोग कम गरी आफ्नै उत्पादन वृद्धि गर्न सकेमा युवाहरूलाई रोजगारीको व्यवस्था गर्न सकिन्थ्यो । सरकारले आत्मनिर्भर हुने सीपमूलक तालिमहरू सञ्चालन गरी दक्ष जनशक्ति निर्माणमा लगानी गर्नुपर्छ ।
खर्ब र अर्ब रकम आफ्नो कार्यकर्ता र समर्थकलाई जाँड रक्सी, बाइक, पेट्रोल बाँड्न, भ्रष्टाचार गर्न निर्दाेष जनतालाई बलिको बोको बनाई ५०-६० लाख युवालाई विदेशी भूमिमा गएर पसिना बगाउन कहिलेसम्म बाध्य बनाउँछ यो सरकार ? देशलाई अगाडि बढाउन समाजवादी विचार बोकेका शिक्षित युवा र समुदायको आवश्यकता छ भन्ने कुरा यश पट्कोको निर्वाचनको नतिजा ले देखाई रहेको छ । देश र समाजको सेवा गर्ने भावना भएका युवाले नै सुन्दर समाजको निर्माणमा सहयोग पुर्याउने छ्न ।
जापानी भाषा अध्ययन गर्दै गर्दा आफ्नो आगामी दिनको शैक्षिक बाटो र करियर कसरि निर्धारण गर्ने भनि एउटा कार्ययोजना बनाएर सो अनुरुप चलेमा जापान को जिबन ले सहजता पाउनेछ होला तर यदि म जस्ता युवा जापान आउने सोच बनाउनु भएको छ भने तपाई जुन सुकै भिषामा आएपनि त्यस संग सम्बन्धित रहेर तपाइलाइ जिबन को हरेक मोडमा पहिलो चुनैती भाषाको ठुलो तगारो खडा हुन्छ यसर्थ जापानी भाषा मा तपाइको दक्षता ले नै तपाइको जापान बसाइको चित्र कोर्ने हो त्यसैले भाषा अध्ययन लाइ बिशेष प्राथमिकतामा राख्नु पर्ने मेरो भोगाइको ज्ञान हो ।
हाम्रो नेपाली मानसिकता :-
पारिवारिक परिस्थिति रहर बाध्यता लगायतका कुराहरुले पढाई को उद्देस्य देखाएर आए पनि अध्ययनमा एकत्रित हुन सकिरहेका हुदैनौ जसले जापान बसाइको धेरै कुरामा प्रत्यक्ष अप्रत्यक्ष असर गरिरहेको हुन्छ जस्तै जापान टेक्न नपाउदै पीआर कसरि लिने भिषा कसरि परिबर्तन गर्ने के गर्दा पढ्नु पर्दैन भने जस्ता छोटो तथा असुरक्षित बाटो रोजन खोज्दा समस्य बढदो छ यो बन्द गरौं र भाषा अध्ययनमा बिशेष ध्यान दियौं । नेपाल बाट आउने हरेक नेपालीलाई मेरो एउटै सुझाव अरुको कुराको पछाडि लागेर आउनु पुर्व एक पट्क जापान को यथार्थ बुजेर आउनु होईन भने सबैको लागि जापान जापान जस्तो शहर नहुन सक्छ, सक्ने ले मिहिनेत गर्छ आफ्नो जीवन सरल ,सहज बनाउछ नसक्ने ले दुख खेप्न्नु पर्न सक्छ ।