सब डिभिजन बन कार्यालय मोतीपुर कपिलबस्तु

राजनीति भनेको सबै भन्दा ठूलो निति हो यस्लाइ कसैले नि फोहोर गराउन छुट छैन :सचिव शर्मा

0

वसुधैव कुटुम्वकम:
राजनीति भनेको सबै भन्दा ठूलो निति हो यस्लाइ कसैले नि फोहोर गराउन छुट छैन । जिउदाको जन्ती मर्दाको मलामी छिमेकी दाजु भाइ इस्टमित्र हो पार्टी, सिद्धान्त त पछि आउँछ । चुनावलाइ चाडपर्वका साथ लिइ लाग्नु पर्दछ पार्टी फरक पर्‍यो भन्दैमा हिजोको साथ सम्बन्ध भुलेर लडाइ झगडा नगरौ चाहे काङ्ग्रेस , एमाले , माओवादि या अन्न्य प्रतिस्पर्धामा हार जित एकको निश्चित नै हुन्छ तसर्थ जे परिणाम आउँछ सहर्ष स्विकार्नु नै एक असल नेताको गुण हो । रिष , आवेग र वैमनस्यमा लिगेको निर्णयले कसैको हित गर्दैन । कसैले पनि कसैको आत्मसम्मानमा आंच आउने गरि कुप्रचार नगरौं यस्ता किसिमको गतिविधि ले भोलि दुर्घटना निम्त्याउन सक्छ। आज बाट मौन अवधि सुरु हुदैछ तसर्थ कसैले पनि आचारसंहिता विपरित कार्य नगरिदिनु होला चुनाव त १ दिनको हो परन्तु एक दिनको लडाइले कसैको बिचमा मनमुटाव नहोस। सम्पुर्णमा सुभकामना !
निर्मल शर्मा
ने.क.पा एमाले वडा क. सचिव

Comments
Loading...