काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक क्वीन्टल सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ ।
प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको बताइएको छ । स्रोतका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत सन्तोष चन्द र एक जना नायब सुब्बालाई निलम्बन गरिएको छ।
विभागले भन्सारबाट सुन पास भएको विषय संगठित रुपमा भएको हो वा प्राविधिक कमजोरीमा तस्करले फाइदा उठाएको हो भन्नेबारे विभागले अनुसन्धान अघि बढाएको छ । विभागले बरामद भएको सुनको जोख्न आज राष्ट्र बैंक लैजाने जनाएको छ ।