२०१७ साल देखि २०३६ साल सम्मको समय बाक स्वतन्त्रता नभएको अवश्थामा सरकारको ठुलो दमनका बावजुद पनि पत्रकारहरूले जनताको आबाज भएर पत्रकारिताको धर्म लाई कुनै दाग लाग्न नदिकन जोगाए । मण्डले प्रबृतिका पत्रकारहरू बाहेक अरु पत्रकार नत सरकारी दमनका अगाडी आत्मसमर्पण गरे न ब्यक्तिगत स्वार्थ पुरा गर्न सरकार वा अन्य बिदेशी शक्तिका हातमा आफुलाई बेचे । सत्य तथ्य समाचार लेखदा र छापदा ज्यानै जाने खतरा हुन्थ्यो । सत्य तथ्य समाचार लेखने र छाप्ने पत्रकारहरूले नित्य दुई छाक पेटभरेर खाँनसम्म समस्या थियो तर तेस्ता स्वभिमानी पत्रकारको कलममा निरङ्कुश सत्ताधारी लाई हल्लाई दिने ताकत हुन्थ्यो । अहिले बिज्ञान र प्रबिधिका क्षेत्रमा भएको चमत्कारिक बिकाशले पत्रकारिता क्षेत्र ब्यापक र बिसाल भएकोछ । जस्का कारणले यो शारा बिश्व ब्रमाण्ड एउटा आँगन बनेकोछ । अनगिन्ती समाचार माध्यमहरू छन् । पेशागतरूपमा यो क्षेत्रमा लाग्नेहरूको जिवीकोपार्जन पनि सन्तोषजनकनै देखिन्छ । तर आम जनता लाई सत्य तथ्य समाचार थाहा पाउन गाहारो भएकोछ । किनकि सञ्चार क्षेत्र राजनीतिक दलका भात्रृसङ्गठन भए । सञ्चार कर्मी पनि भ्रष्ट भए । सञ्चारकर्मीहरू बिदेशीका दास सम्मभएकाछन् । तेसकारण आज राजनीतिक क्षेत्र जस्तै पत्रकारिता क्षेत्र पनि बदनाम भएकोछ । अतः पत्रकारिता क्षेत्रले आफुभित्र बाटै शुद्धिकरण अभियान चलाउन आबश्यक भएकोछ ।
