स्वतन्त्र विद्यार्थी युनियन सिदार्थ क्यापसद्धारा बृक्षारोपण कार्यक्रम सम्पन्न ।।
वाणगंगा अनलाईन
स्वतन्त्र विद्यार्थी युनियन सिदार्थ क्यापसले युसिजिबाट क्युएए मान्यता प्राप्त गरेकोको सुखद अवसरमा आज सिदार्थ क्यापसको हाता भित्र बृक्षारोपण कार्यक्रम सम्पन्न गर।ेको छ ।
कपिलवस्तु जिल्ला लगायत छिमेकी जिललाका विद्यार्थीले अव उच्च शिक्षा हासिल गर्नका लागि अन्यत्र जानु पर्ने वाध्यतालाई टाडा गराउनका लागि यस क्षेत्रका विशेष व्यक्तिहरुको पहलमा सिदार्थ क्याम्पस वाणगंगा बुङची क्यूएए क्यामपस को रुपमा प्रमाणित भएको हो ।
यस कलेजमा अध्यन गरेका विद्यार्थीले मात्र विदेशी कलेजमा स्वतः समकक्षताको मान्यता पाउने नियम छ । यही नियमका कारण सरकारले नेपालका सबै कलेजलाई क्युएए पक्रियामा आउन अनुरोध गर्न थालेको छ । विश्वविद्यालय अनुदान आयोगको क्युएए महाशाखा शैक्षिक गुणस्तर प्रमाणिकरण गर्ने अन्तराष्ट्रिय स्तरका २ वटा नेटवर्क इन्टरनेसनल नेटवर्क अफ क्वालिटी एसुुेरेन्स एजेन्सी (इनक्वाए) र एशिया प्यासिफिक क्वालीटी नेटवर्क (एप्क्वा)सँग आबद्ध छ ।
स्वतन्त्र विद्यार्थी युनियन सिदार्थ क्यामपसका स्ववियु सभापति शुशिल खत्रीले यस क्षेत्रको गौरवको विषय जिल्ला मै एक मात्र क्यापस सिदार्थ क्यापसले क्यूएए मान्यता प्राप्त गर्नु भनेको यस जिल्ला र छिमेकी जिल्लाबाट अध्यन गर्न आउने विद्यार्थीका लागि गौरवको बिषय रहेको हुदा स्वतन्त्र विद्यार्थी युनियन क्यापस प्रशासनका सकारात्मक कुरामा र सदैव हातेमालो गरेर अगाडि बड्ने प्रतिबद्धता व्यक्त गदै क्यापसलाई एक आर्कण प्रदान गर्न सौन्दर्यता थप गर्नका लागि बृक्षारोपण गरिएको खत्रीले वाणगंगा अनलाई बताउनु भयो ।