दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

अर्घाखाँचीमा पनि देखियो सलह किरा, नियन्त्रणको उपाय खोजिँदै

असार १५, अर्घाखाँची ।

0
अर्घाखाँची जिल्लामा पनि सलह किरा देखिएको छ। सोमबार दिउँसो अर्घाखाँचीको चार ओटा  पालिकाको बिभिन्न क्षेत्रमा सलह किरा देखिएको हो।
शितगंगाको ठाडादह , अमराई , कोप्चिबास , भेडामारे, सिमलपानी, जुकेना ,सितापुर, झिर्रा, मन्द्रे सुवर्णखाल, सिद्धारा लगायतका  क्षेत्रमा सलह देखिएपछि स्थानीयले धुवा तथा थाल पिटेर सलहलाई थपाएका हुन् । अर्घाखाँचीको आकासमा लाखौंको संख्यामा सलह देखिएको र किसानको खेतिमा पनि क्षेति गरेको छ ।त्यस्तै भुमिकास्थान नगरपालीकाको धनचौर , ढिकुरा , ढाकावाङ,नुवाकोट लयायतका ठाँउमा सलह किरा देखिएको हो । पाणिनी, र मालारानी गाँउपालीकाको बिभिन्न क्षेत्रमा पनि सलह किरा आएर तरकारीबाली नष्ट गरेको किसानले गुनासो गरेका छन् । शितगंगाको सिमलपानीमा ठुलो संख्यामा सलह प्रबेश गरेपछि तिन रोपनीमा लगाएको तरकारी खेतिमा क्षेति पुराएको किसान कबिराम भाटले बताए । उनले भने, जुन बिरूवा कलिलो छ ,त्यहि बिरूवा खान सलहले जोड गर्दोरहेछ ।
हजारौंको संख्यामा सलह आएर बस्यो ,बिभिन्न उपाय गरेर धपाउने प्रयास गर्दा पनि तरकारीमा नोक्सान पुराएको किसान भाटको गुनासो छ ।
प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख याम नारायण देवकोटाले किसानहरूबाट सलह किरा भेटिएको कुरा आएको र यस विषयमा अनुसन्धान जारी रहेको बताए।
के हुन सक्छ सलह नियन्त्रणका उपाय
नेपालमा सलहको प्रवेश पहिलो पटक भएको होइन। ५० वर्ष पहिले सलह आउँदा नियन्त्रणका प्रभावकारी उपाय खोज्न नसकेको जानकारहरू बताउँछन्।
रासायनिक र भौतिक गरी दुई तरिकाले सलह नियन्त्रण गर्न सकिने विज्ञहरू बताउँछन्। करेसाबारी, नर्सरी लगायतका सानो क्षेत्रमा झुल,जालीको प्रयोग, ठूलो आवाज, धुँवा आदिको प्रयोगबाट सलहको झुण्डलाई बस्नबाट रोक्न सकिन्छ। सलहलाई पासोमा पारेर संकलन गर्नु पनि नियन्त्रणको अर्को उपाय हो।
विज्ञका अनुसार विषादीको प्रयोग सलह नियन्त्रणको प्रभावकारी उपाय भएको र मालाथिन, ल्याम्डा साइहेलोथ्रीन, क्लोरपाइरिफोस, डेल्टामेथीन लगायतका रसायन छर्केर यसको नियन्त्रण गर्न सकिन्छ। तर, एकैपटक ठूलो क्षेत्रमा छर्नुपर्ने भएकाले युएलभी (अल्ट्रा लो भोल्युम) को प्रयोग सबैभन्दा प्रभावकारी हुने उनीहरू बताउँछन्।
यी सबै विषादीको प्रयोग गर्दा अनिवार्य रुपमा सुरक्षित पहिरन लगाएर सावधानी अपनाउन आवश्यक छ । अर्घाखाँची जिल्लाबाट पश्चिम दाङ देउखुरी प्युठान ,रोल्पा तर्फ सलह किरा उडेर गएको छ । किसानलाई सलहले गर्ने क्षेति बाट बच्न सचेत र  चनाखो भएर बस्न नदिन बिभिन्न उपाए अपनाउन बिज्ञले सुझाव दिएका छन् । साथै किसानलाई नआत्तिन पनि उनिहरूले सुझाएका छन् ।
civil bank
Comments
Loading...