कपिलवस्तु
कपिलवस्तु जिल्लामा उच्च कोरोना संक्रमण दर बढे पछि बैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा लगाउने भएको छ । तर अति आवश्यक बस्तुका लागि बिहान ९ बजे देखि १ बजे सम्म भने कपिलवस्तु खुल्ने कपिलवस्तु प्रशासनले जनाएको छ । आज विहान ११ बजे जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिको बैठकले उक्त निणर्य गरेको हो ।लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही, पाल्पा, गुल्मी, दाङ, प्युठान, बाँके र बर्दियामा लकडाउन जारी भैसकेको छ । कपिलवस्तुमा कोरोना भाइरसका सक्रिय संक्रमित ४ सय २९ पुगेका छन् ।केहि दिन अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तु सहित २२ जिल्लालाई अति प्रभावित जिल्लाको रुपमा राखेको थियो ।