रुपन्देही : लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० गतेलाई आह्वान गरिएको छ। आज प्रदेश प्रमुखको अमिक शेरचनले २० गते मंगलबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनले जारी गरेको सूचनामा संविधान धारा १२३ को उपधारा १ बमोजिम प्रदेशसभा बैठक आह्वान गरिएको उल्लेख छ ।
वैशाख २० गते १ वजे बस्ने बैठकमा सम्पूर्ण प्रदेशसभा सदस्यलाई उपस्थित लागि आह्वान गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए ।