सल्यान ।
रुखबाट लडेर सल्यानमा एक जनाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा चिप्लिएर रुखबाट लड्दा त्रिवेणी गाउँपालिका १ काभ्राका ५२ वर्षीय ओमबहादुर बुढाथोकीको मृत्यु भएको हो ।
शनिबार दिउँसो रुखबाट लडेर बेहोस भएका बुढाथोकीलाई राप्ती उपक्षेत्रीय अस्पताल दाङमा सामान्य उपचारपश्चात थप उपचारका लागि मिसन अस्पताल कोहलपुर लगिएको र सोही रात उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।
उनका अनुसार बुढाथोकी चाररपाँच जना छिमेकीसँग शनिबार दिउसो घरदेखि करिब दुई किलोमिटर टाढा पर्ने असुरे धारापानी भन्ने स्थानमा घाँस काट्ने क्रममा रुखबाट लडेर बेहोस भएका थिए ।
उनीसँगै गएका छिमेकी टेकबहादुर बोहराले आफन्तलाई खबर गरेको र आफन्तले प्रहरीलाई जानकारी गराएपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुर दाङ लगिएको थियो ।
मृत्यु भएका बुढाथोकीको शव जिल्ला अस्पताल सल्यान ल्याई पोस्टमार्टम गरिएको र मृतकको परिवारलाई दाहसंस्कारका लागि हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
