कपिलवस्तु। नेपाल स्काउटको स्थापना दिवसको अवसरमा बुद्धभुमी हाजिरी जवाफ प्रतियोगिता तथा चित्रकला प्रतियोगिता गरेको छ ।
नेपाल स्काउट स्थापनाको ७० वर्ष पूरा भई ७१ औं वर्ष प्रवेशको अवसरमा जिल्लाको बुद्धभूमि नगरपालिका ९ इमिलियाको आदर्श इन्लिस बोर्डिङ्ग स्कुलमा हाजिरी जवाफ प्रतियोगिता तथा चित्रकला प्रतियोगिता हो।
बुद्धभूमि स्काउट समितिको आयोजनामा उक्त प्रतियोगिता गरिएको हो । प्रतियोगितामा हाजिरी जवाफ तर्फ सिद्धार्थ स्मारक मा.वि. भेलाई प्रथम, जनकल्याण मा.वि. बकुलिपुर द्वितीय र सोसल ई. बो. स्कुल गोरुसिङ्गे तृतीय भएको छ। चित्रकला प्रतियोगिता छात्र तर्फ आदर्श ई. बोर्डिङ्ग स्कुलका शिव कुमार भर प्रथम, नमस्ते लायन्स ई. बोर्डिङ्ग स्कुलका विश्व श्रेष्ठ द्वितीय, सोसल ई. बोर्डिङ्ग स्कुलका मोहित गैरेले तृतीय भएका छन। त्यस्तै चित्रकला प्रतियोगिता छात्रा तर्फ सिद्धार्थ स्मारक मा. वि. की पूजा खनाल प्रथम, आदर्श ई. बोर्डिङ्ग स्कुलकी सुशिला श्रेष्ठ द्वितीय र नमस्ते लायन्स ई. बोर्डिङ्ग स्कुल की पूर्णिमा बेल्वासेले तृतीय स्थान हासिल गरेको बुद्धभूमि स्काउट समितिले जानकारी दिएको छ।
कार्यक्रम बुद्धभूमि स्काउट समितिका संयोजक कृष्ण प्रसाद भट्टराईको अध्यक्षता, बुद्धभूमि न.पा. वार्ड नं – ९ का वडाध्यक्ष प्रमोद आचार्यको प्रमूख आतिथ्यता, शिक्षा शाखा प्रमूख बुद्धभुमि न. पा. का कृष्ण प्रसाद भट्टराईको विशिष्ट आतिथ्यता तथा बुद्धभूमि स्काउट तदर्थ समिति पदाधिकारीहरु एवम् बुद्धभुमि नगरपालिकाका विभिन्न स्काउट चलेका विद्यालयहरुको सहभागिता रहेको उक्त कार्यक्रम रोमहर्ष पन्थीले सञ्चालन गर्नुभएको थियो ।