काठमाडौं नेकपा (प्रचण्ड-माधव) समूहले आज काठमाडौंमा आयोजना गरेको विरोधसभालाई १४ जना नेताहरुले सम्बोधन गर्ने भएका छन् ।
संसद विघटनको विरोधमा आयोजित सभालाई अध्यक्ष प्रचण्ड र माधव नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, रघु जी पन्त, देव गुरुङ, जनार्दन शर्माले सम्बोधन गर्ने छन् ।
यसैगरी सन्तकुमार चौधरी, रामचन्द्र झा, रामकुमारी झाँक्री, महफुज अन्सारी, भानुभक्त जोशी, अमृता थापा र अञ्जना विशंखे पनि आजको सभाको वक्ता तोकिएका छन् ।
विरोधसभाको अध्यक्षता हितबहादुर तामाङले गर्ने छन् । सभाको सन्चालन लीलामणि पोखरेलले गर्ने छन् भने स्वागत मन्तव्य जीवनराम श्रेष्ठले राख्ने छन् ।