दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

तिलौराकोट लाई बिश्व सम्पदा सुचिमा सुचिकृत गराउनको लागि अन्तरकृया ।

0

प्रताब ज्ञेवाली  कपिलवस्तु  माघ २३
शाााान्तिपूर्ण गौतम बुद्धले २९ बर्ष बिताएको पबित्र ठाउँ तिलौराकोट लाई बिश्व सम्पदा सुचिमा सुचिकृत गर्ने प्रकृयाका लागि संरक्षित स्मारक क्षेत्र घोषणा सम्बन्धि अन्तरकृया कार्यक्रम आज सम्पन्न भएको छ । कपिलवस्तु संग्रलयमा भएको कार्यक्रममा लुम्बिनी बिकास कोष , पुरातत्व बिभाग , स्थानिय सरकारका प्रतिनिधीहरु , राजनितिक दलका पार्टी प्रतिनिधी , पत्रकार र स्थानिय बासिन्दाहरुको सहभागितामा कार्यक्रम भएको हो ।
छलफल कार्यक्रममा नेपाल सरकार पुरातत्व बिभाग बिश्व सम्पदा संरक्षण शाखा प्रमुख शुरेस सरस श्रेष्ठले संरक्षित स्मारक क्षेत्र घोषणा प्रकृयाको बारेमा बताउनु भएको थियो ।
उहाँले यस संरक्षित क्षेत्र घोषणाको लागि ४ किल्ला तोक्नु पर्ने बताउनु भएको हो । तर चार किल्ला भित्रको कति क्षेत्रफल चाहिने र कुन कुन क्षेत्र भन्ने बताउनु भएन ।
स्थानिय सरकारका प्रतिनिधी , राजनितिक दलका प्रतिनिधी , स्थानिय बासी लगायतले तिलौराकोट लाई बिश्व सम्पदा सुचिमा सुचिकृत गर्नको लागि चालिएको प्रकृयाको प्रसंसा तथा सहयोग गर्ने प्रतिबध्यता जनाउनुको साथै तिलौराकोट जग्गा अधिग्रहण प्रकृयाको बारेमा पनि चाँसो देखाएका थिए ।
कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंहले संरक्षित क्षेत्र घोषण प्रकृयामा आफुहरुले सघाउने बताउदै बर्षैा देखी यही स्थानमा बस्दै आएका स्थानिय वासी हरुको जनजिविकाको लागि संचालन र ब्यवस्थापनमा पुरातत्व बिभाग र लुम्बिनी बिकास कोष गम्भीरहुनु पर्ने बताउनु भएको थियो ।
त्यसै गरी राजनितीकर्मी बाबुराम खनालले किसानहरुलाई सरकारले उचित मुवाजा प्रदान गर्ने र बफर जोन तथा कोर जोनमा परेका सबै जग्गा अर्थात श्रेस्ता अनुसार अधिग्रहण गरि ब्यवस्थापन गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रममा बोल्दै लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीले जिल्लाका पुरातत्व संग सम्बन्धित साइटका स्थानियहरु संग मिलेर कार्यक्रमहरुको तय गरि अगाडी बढ्ने बताउनु भएको थियो ।
पुुराततव बिभागका जग्गा अधिग्रहण प्रारम्भिक अधिकारी राम बहादुर कुवँरले २०७३ साल देखी हाल सम्मा २५ बिगहा क्षेत्रफल जग्गा अधिग्रहण भएको र मन्त्रि परिषद बाट ७५ बिगहा जग्गा यस बर्ष अधिग्रहण गर्ने पारित भएको छ । तर रकम यस बर्षको लागि १४ करोड ९० लाख मात्र रहेको हुनाले शिवगढ गाउँको २० घरधुरी र केही खोती वाला जमिन मात्र अधिग्रहण गर्न सकिने बताएका थिए ।
त्यही अन्तरगत गाउँ ब्लक जग्गामा घर बनाई बसेका र बिबिध कारणले लाल पुर्जा प्राप्त गर्न न सकेकाहरुको लागि यही माघ ७ गते बसेको बैठकले उहाँहरुले पनि यस बर्ष लालपुर्जा प्रप्त गर्ने र जग्गा पनि अधिग्रहण हुने बताएका थिए ।ल्ुाम्बिनी बिकास कोषका सदस्य सचिव सानु राजा शाक्यकाे अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा पुरातत्व बिभाग , लुम्बिनी किास कोष र स्थानिय सरकारको बीचमा कुनै तालमेल न रहेको ब्यापक गुनासो उठेको थियो ।

Comments
Loading...