दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

सशस्त्र प्रहरी बलकाे नवलपरासीमा कडा एक्सन अबैध सामान धमाधम नियन्त्रणमा

0

फागुन  १४नवलपरासी

पश्चिम नवलपरासी जिल्लामा सशस्त्र प्रहरी ले कडा रुपमा एक्सन लिएकाे छ ।सिमाबाट भईरहेकाे अबैध रुपमा भईरहेका अाेसार पसारका सामानहरुलाई धमाधम नियन्त्रणमा लिन थालिएकाे छ । जिल्लामा तस्करी घटदै गएपछि अझै पनि केही तस्करहरुले लुकिछिपि अबैध सामानहरुकाे तस्करी गरिरहेका छन । तस्करीका सामानहरुलाई नियन्त्रणमा लिन थालेपछि नवलपरासी मा तस्करी कम हुँदै गईरहेकाे छ ।यसै गरि स.प्र.बल नेपाल नं.२६ गण हे.क्वा. पश्चिम नवलपरासी तथा मातहत वि.ओ.पि.हरपुर, वि.ओ.पि.भुजहवा, वि.ओ.पि.गुठिप्रसौनी र अस्थायी सुरक्षा बेश रगरगंजबाट जिल्ला पश्चिम नवलपरासी काे बिभिन्न ईलाकाहरुमा खटिई गएको मोवाईल तथा पैदल गस्ति टोलिले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको मुल्य रु.४,४२,७१०।- (चार लाख बयालिस हजार सात सय दश) बराबरको किराना सामान, लत्ताकपडा, मोवाईल तथा मोबाईल पार्टसहहरु, कस्मेटिक प्रोडक्ट्स, अटोमोवाईल पार्टसहरु बरामद गरीएकाे सशस्त्र प्रहरी बल २६नम्बर गणका सुचना अधिकारी माधव रेग्मी ले जानकारी दिनु भयाे ।नियन्त्रणमा लिएकाे अबैध सामान आवश्यक कारबाहीको लागी महेशपुर भन्सार कार्यालयमा बुझाईएको सुचना अधिकारी रेग्मी ले बताउनु भयाे । साथै सुस्ता गाउँपालिका-५ बनकट्टिमा अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा अन्दाजी मुल्य रु.१,३५,०००।- (एक लाख पैत्तिँस हजार) बराबरको १६५ गोटा अन्दाजी ५०० के.जी. ब्रोईलर कुखुरा बरामद गरी स्थानिय प्रतिनिधी एवं स्थानिय बासिन्दाहरुको रोहबरमा खालि जमिनमा खाडल खनि नष्ट गरीएको बताएकाे छ ।

civil bank
Comments
Loading...