दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

कपिलवस्तुको शिवराज नगरपालिकामा माक्स वितरण अभियान शुरू

0

पशुपति गिरी
कपिलवस्तु,

कोरोना महामारीका कारण देशभर लकडाउनको अबस्था कायम नै छ । कोरोनाबाट सुरक्षित रहनका लागि सरकारले अनिवार्य मास्क प्रयोग गर्ने भनेको छ साथै साबुन पानीले हात धुनका लागि स्वास्थ्यमकर्मीहरुले सुझाव पनि दिएका छन् । तर कपिलवस्तुको शिवराज नगरपालिका काे चन्द्राैटा क्षेत्रका बस्तीमा भने मास्कको अभाव मात्रै छैन, मास्कको प्रयोगका बारेमा समेत मानिसहरु अनबिज्ञ छन् ।
कपिलवस्तु जिल्लामा हिड्ने सवारीसाधनहरूले पनि माक्स प्रयोग गरेकाे पाइएको छैन तथा बिपन्न बस्तीहरुमा मानिसहरु मास्क बिना खुल्लेयाम हिडिरहेको भन्दै शिवपुर आशा सञ्जालको आयोजनामा ´´माक्स बैंक हुनेहरूले दिएर जाउ नहुनेहरूले लिएर जाऊ“भन्ने नाराका साथ कपिलवस्तुकाे शिवराज नगरपालिकाले बिभन्न बस्तीहरु चाेक चाेक र सवारीसाधन राेकेर निशुल्क मास्क बितरण गरेको छ । शिवराज नगरपालिका काे वडा न १ र इलाका प्रहरी कार्यलय चन्द्राैटाकाे समन्वय मा
संघले चन्द्राैटा क्षेत्रमा माक्सको पहुँचबाट टाढा रहेका गरिव घर परिवारलाई माक्स वितरण गरेको बताइएको छ । याे अभियान आज ५आै दिन रहेको छ। गरिब गाउँमा माक्स नपाईने र मास्कको प्रभावकारिताका बारेमा मानिसहरु अनविज्ञ रहेकाले आफुहरुले त्यस क्षेत्रमा गई मास्क बितरण गरेको
शिवपुर आशा सञ्जालका अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिनु भयो । उक्त क्षेत्रमा माक्सको प्रयोग र कोरोना भाईरस सम्बन्धि जनचेतनामूलक कार्यक्रम संचालन गरिएको पनि उहाँले बताउनु भयो ।
कपिलवस्तु जिल्लाकाे शिवपुर आशा सञ्जालको अध्यक्ष एवम् आयोजनाका अध्यक्ष सन्तोष बुढाथोकीको नेतृत्वमा र समन्वय शिवराज नगरपालिका काे वडा न १ र इलाका प्रहरी कार्यलय चन्द्राैटा द्वारा सञ्चालन भएको थियोे यश अभियानमा ६० जना अभियान्ता संयुक्त टोलीले चाेक चाेकमा गई मास्क बितरण गरेका थिए ।
मास्क पाए पछि त्यहाँका बासिन्दाले अरू समुदायहरुमा पनि यसरी नै अभियान सुरू गर्ने भन्दै खुसी ब्यक्त गरेका छन् ।

global bank
Comments
Loading...