दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

माक्स अभियान आज साताै दिन हुनेले दिउ नहुनेले लिएर जाउ

0

पशुपति गिरी
कपिलवस्तु,

कोरोना महामारीका कारण देशभर लकडाउनको अबस्था कायम नै छ । कोरोनाबाट सुरक्षित रहनका लागि सरकारले अनिवार्य मास्क प्रयोग गर्ने भनेको छ साथै साबुन पानीले हात धुनका लागि स्वास्थ्यमकर्मीहरुले सुझाव पनि दिएका छन् । तर कपिलवस्तुको शिवराज नगरपालिका काे चन्द्राैटा क्षेत्रका बस्तीमा भने मास्कको अभाव मात्रै छैन, मास्कको प्रयोगका बारेमा समेत मानिसहरु अनबिज्ञ छन् ।
कपिलवस्तु जिल्लामा हिड्ने सवारीसाधनहरूले पनि माक्स प्रयोग गरेकाे पाइएको छैन तथा बिपन्न बस्तीहरुमा मानिसहरु मास्क बिना खुल्लेयाम हिडिरहेको भन्दै शिवपुर आशा सञ्जालको आयोजनामा ´´माक्स बैंक हुनेहरूले दिएर जाउ नहुनेहरूले लिएर जाऊ“भन्ने नाराका साथ कपिलवस्तुकाे शिवराज नगरपालिकाले बिभन्न बस्तीहरु चाेक चाेक र सवारीसाधन राेकेर निशुल्क मास्क बितरण गरेको छ । शिवराज नगरपालिका काे वडा न १ र इलाका प्रहरी कार्यलय चन्द्राैटाकाे समन्वय मा स्टाेमफाउण्डेसन तथा किर्डाक नेपाल आर्थिक सहयोगमा भएकाे
संघले चन्द्राैटा क्षेत्रमा माक्सको पहुँचबाट टाढा रहेका गरिव घर परिवारलाई माक्स वितरण गरेको बताइएको छ । याे अभियान आज ५आै दिन रहेको छ। गरिब गाउँमा माक्स नपाईने र मास्कको प्रभावकारिताका बारेमा मानिसहरु अनविज्ञ रहेकाले आफुहरुले त्यस क्षेत्रमा गई मास्क बितरण गरेको
शिवपुर आशा सञ्जालका अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिनु भयो । उक्त क्षेत्रमा माक्सको प्रयोग र कोरोना भाईरस सम्बन्धि जनचेतनामूलक कार्यक्रम संचालन गरिएको पनि उहाँले बताउनु भयो ।
कपिलवस्तु जिल्लाकाे शिवपुर आशा सञ्जालको अध्यक्ष एवम् आयोजनाका अध्यक्ष सन्तोष बुढाथोकीको नेतृत्वमा र समन्वय शिवराज नगरपालिका काे वडा न १ र इलाका प्रहरी कार्यलय चन्द्राैटा द्वारा सञ्चालन भएको थियोे यश अभियानमा ६० जना अभियान्ता संयुक्त टोलीले चाेक चाेकमा गई मास्क बितरण गरेका थिए । आज अभियान गरेको सातौ दिन मा वडा.१ को अध्यक्ष जगत बहादुर जि सि ज्युले आज १५० वटा मास्क र २ लिटर सेनिटाईजर त्यसैगरी मनकामना सामुदायिक बनको अध्यक्ष राम बहादुर केसि ज्यु ले ३०० वटा मास्क र सरस्वति नि.मा.विकाे शिक्षिका शान्ति जि सि ज्युले 100 वटा मास्क सहयाेग गर्नु भएको छ।
मास्क पाए पछि त्यहाँका बासिन्दाले अरू समुदायहरुमा पनि यसरी नै अभियान सुरू गर्ने भन्दै खुसी ब्यक्त गरेका छन् । भने कार्यकरम शिबपुरको बेलौती भन्ने ठाँउ मा सन्चालन छ।।।

aataal sement
Comments
Loading...