सनगठनको महत्व
मेघराज ज्ञवाली
भारतले सिक्किम कब्जागरको बिरोधको नेतृत्व गरेका कारणले, मलाई सानो ठिमी क्यामपसमा विद्यार्थी नेताका रूपमा चिनाउनुका साथै बामपन्थी कित्ताको रहेछ भनेर पनि छुट्टाई दिए छ । तर बामपन्थी कुन कित्ताकाहो भन्ने कुरा पाल्पाका कुलप्रसाद नेपाल बाहेक अरुले थाहा पाउन सकेका थिएनन । सबै बामपन्थी बिद्यर्थी नेतामा,“ यो मान्छे बाम पन्थीतहो तर हाम्रो पार्टी सित सम्बन्धित होईन” भन्ने परेछ । त्येसकारण मसित ननजिक नटाडाको सम्बन्ध गर्न थाले । नेबिसंघले यो मान्छे, “काङ्ग्रेस हुन सकदैन” भनेर मसित टाडिने काम गर्दा रहेछन । तर एकथरी विद्यार्थी मसित ज्यदै नजिक हुन थाले । ती विद्यार्थी पूर्ब प्रधान मन्त्री कृतिनीधि बिष्ट सित सम्बन्धित रहेछन । उनीहरूले मलाई अध्यन गर्न थाले मैले उनीहरूलाई । हाम्रो सम्बन्ध एकले आर्काको बिश्वास जित्ने प्रयासको हुदै थियो ।
आन्दोलनमा सकृय भए पछि आफूले थाहा नपाए पनि चर्चामा ल्याउदारहेछन र सम्पर्क पनि गर्न खोजदा रहेछन । प्यूठानका दुर्गाबहादुर सिंह जस लाई धेरैले डा. डिबी सिंह भनेर चिन्द छन । अबत उनी यो सन्सार बाट पनि बिदा भैसकेका छन उनी लाई मैले श्रद्घाञ्जली सम्म दिन पाएको थिईन प्यारो साथी लाई सर्ब प्रथम भावपूर्ण श्रद्घाञ्जली । सिक्किम प्रकरणको लगभग दुई महिना भएको थियो होला, डिबी सिंह एकाएक मेरो डेरामा आईपुगे । डिबी सिंह भूमिगत छन भन्नेत मलाई थाहा थियो तर काठमाण्डूमा भएको कुरा मैले स्विको पनि पाएको थिएन । उनी लाई अप्रत्यासित रूपमा आफनो कोठामा आएको देखदा अलमल जस्तो भए । डिबी अत्येन्तै स्पष्टर खुलारूपा बोल्ने मान्छे “मलाई देखेर डरायौकि कसोहो साथी” भन्दै कोठामा पसे । मैले,“डराएकोत हैन, आश्चर्य अबश्य माने” भने पछि दुबै जानाले हातमिलाउदै खित्का छाडेरै हाँस्यौं ।
बितेका दुई बर्षमा मैले आफनो पार्टीमा एकजान सम्म पनि सदस्य थपन सकेको थिईन । झापाली र केन्द्रीय न्यूकलसका मानछे सित विद्यार्थीका नाताले हुने सम्पर्क बाहेक अरु थाहा थिएन । मोहन बिक्रमले गद्दार पुष्पलाल लेखेर बाटदै रहेछन, दुर्गा नाथ गौतमले एउटै डेरामा बस्दा लुकाएर पढदा पढदै भेटाएर पढदा, बाम आन्दोलन अस्वस्थ संघर्षमा प्रबेश गरेको महहुस भए पनि आफू भूमिका बिहीन जस्तो भैएको थिये । त्येस्तो अबस्थामा डिबी सिंह सित भेटहुदा नेपालको सिङ्खो कम्युनिष्ट आन्दोलनको पछिल्लो अबस्थाका बारेमा धेरै जानकारी पाउने मौका मिल्यो ।
आम मान्यता पनिछ र हामी सबैले मान्दै आएको कुरा पनिहो राजा माहाराजा हरू निरङ्कुश हुन्छन, तानाशाह हुनछन, नीर्मम हुन्छन, जनता लाई अधिकार दिदैनन । तर गहीराइर्मा पुगेर अध्यन गर्दा चाहे राजनीतिक क्षेत्रहोस वा सामाजिक र धार्मीक क्षेत्र, सबैको नेतृत्व आफू सित असहमत हुने र आफना कुरा नमान्नेहरू प्रति नीमर्म हुदो रहेछ, तानाशाह पनि हुदो रहेछ र नीरङ्कुश पनि हुदो रहेछ । येस्तो प्रबृती सबै क्षेत्रमा देखियो । तर यहाँ बाम आन्दोलन सित सम्बन्धित संगठन र नेतृत्वका बारेमा अत्येन्तै संक्षिप्त चर्चा गरिने छ । नेपालमा कम्युनिष्ट पार्टीको जन्म २००६ सालमा भयो र २००८ साल जम्मा दुई बर्षको अबधिमा यो पार्टीले चमत्कारिक बिकास गर्नुका साथै ठूला ठूला किसान आन्दोल समेत गर्न सफल भयो । त्यो समयमा टि.एलको नेतृत्वमा भएको बार र पर्साको किसान आन्दोलन लाई उदाहणका रूपमा लिन सकिन्छ । देशमा एका तर्फ राष्ट्र् ब्यापी सामन्त बाद बिरोधी आन्दोलनको माहौल बनीरहेको थियो भने आर्का तर्फ सामन्त बाद बिरोधी आन्दोलनको नेतृत्वगर्न पर्ने कम्युनिष्ट पार्टी भित्र नराम्रो सित नेतृत्वका लागी गुट बन्दी शुरु भएको थियो । पार्टी भित्र संघर्ष नेतृत्वका लागि थियो तर बहस बीचारका नाममा गरिदै थियो । बिश्व ब्यापी कम्युष्टि आन्दोलनको लहर र चीनमा माओत्से तुङ्गको नेतृत्वमा सम्पन्न नयाँ जनबादी क्रान्तिको प्रभावले नेपालमा कम्युनिष्ट पार्टी प्रति आकर्सित मानछेहरूले जब नेताहरूले आफनो स्वार्थका लागी गुट खडा गरेर एक आर्काक बीरुद्घ षडयन्त्र गर्न थाले त्येस पछि धेरै मान्छे कम्युनिष्ट आन्दोलन बाट अलग हुदै गए । तिनै मान्छेले राजा महेन्द्र लाई पञ्चायती ब्यबस्था लागु भए पछि ठूलो सहयोग गरे । नेपाली कान्ग्रेस बाट पनि कोईराला परिवारको नीरङ्कुशताको बीरोध गर्दै श्रीभद्र शर्मा र प्रशुनारायण चौधरी दुई जाना माहासचिब लगाएतका धेरै नेता र कर्य कर्ताले राजा लाई समर्थ गर्न पुगे ।
२०२५ सालामा तेस्रो केन्द्रीय समिति लाई अबैध भन्दै गोरखपुरमा प्रथम राष्ट्र्ीय सम्मेलन गरेर आफनो नेतृत्वमा पार्टी गठन गरेर अगाडी बडेका पुष्पलालको पार्टीको बिकास २०२९ साल सम्ममा देश ब्यापी भैसकेको थियो । जति जति पार्टी बलियो हुदै जानथाल्यो त्येति त्येति पुष्पलाल नीरङ्कुश हुन थाले पछि,नारायण मान बिजुक्छे (रोहित) रुपलाल बिश्वकर्मा लगाएतका प्रभावशाली युवा नेताहरूले पुष्पलाल लाई छाडेछन । डिबी र रामहरि शर्माको गुटले पनि पुष्पलाल लाई छाडदै रहेछ । मोदनाथ प्रश्रितको नेतृत्वको सांस्कृतिक टोलीले पनि पुष्पलाल बाट अलगहुने योजना बनाएका रहेछन । केशरमणि पोखरेल अर्घाखाँचीको हर्रे बर्रे काण्ड पछि जेल परे, उनी पनि पुष्पलाल सित असहमत रहेछन । यी याबत कारणले २०३१ सलमा आउदा पुष्पलाल धेरै कमजोर भैसकेका रहेछन । नेतृत्वमा पुगे पछि मान्छेले पार्टीमा सहकर्मी नभै आफना भक्तहरू उत्पादन गर्न थाल्दा रहेछन । त्येसकारण जब पार्टीमा नयाँ प्रतिभा र नयाँ सोंच देखा पर्दछ त्येस लाई निमोठन सुरु गर्दा रहेछन । नयाँ सोंच बोके प्रतिभाहरू कसैको भक्तवा दास भएर कहीं पनि रहन सक्दैन, नयाँ प्रतिभा र सोंचलेले आफनो बाटो स्वयम खोजदछ । यो माहा रोग नेकपा (चौम) पनि रह्यो, माले, एमाले पनि रह्यो माओबादी लाई पनि यही माहा रोगले समाप्त पा¥यो र अहिलको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि यही रोग छ । यो नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास सित जोडिएको बिषयहो । यो धेरै बिबादित बिषय पनिहो । त्येकारण यसबारेमा छुट्टै बिस्तृत चर्चाहुन जरुरीछ ।
डिबी सिंहका कुरा ज्यादै महत्वपूर्ण लागे पछि म त्येस दिन क्याम्पसनै नगईकन डेरामा बसे । मैले खाना बनाए । दुबैजानले खाना खाए पछि, पुन छलफल गर्न थाल्यो नेपालको कम्युनिष्ट आन्दोलको मोडालिटि र पार्टी नीर्माणका बारेमा । डिबी र हरिराम शर्माले पुष्पलाल लाई छोडिनसकेको भए पनि नयाँ पार्टी बनाउने तयारीमा भएको र त्यो नयाँबन्ने पार्टीको आयोजक समितिमा मलाई पनि बस्न पर्छ भन्ने जोड डिबीको रह्यो भने मैले “अहिले संघर्षका कार्यक्रममा साथ दिन्छु, टि एल लाई तत्काल छाडदिन” भने । हामी छलफमा यति गहीरिए लागेछौ कि साझ परेको समेत थाहा भएन छ । अन्तमा तत्कालका लगि संघर्षमा कार्यगत एकता गर्ने सहमति गर्दै, मैले डिबी लाई बिदा गरे । बिदाहुने बेलामा डिबीले,“ तपाई जस्तो क्रान्तिकारी ब्यक्तिले टि एल लाई कुरेर समय बर्बाद गर्नहुदैन” भनेर हिडे ।
श्राबण, भाद्रको समय जस्तो लागदछ, गर्मीनै थियो । बस बाट उत्रेर हतार हतार गर्दै कलास भेटाउन क्याम्पस भित्र हिडदै थिए, कुलप्रसाद नेपालले मलाई कुरेर क्याम्पसको ढोकामा बसेका रहेछन । म ढीलो पुगेको थिए । क्याम्पस बाहीर सुन सान जस्तो थियो । कुलप्रसाद नेपालले, “हिजो डि बी सित संघर्षमा साथ दिन्छु भनेका रहेछौ, ल यो पर्चा क्याम्पसमा छर्नु भन्दै पर्चाको एउटा मूठो मेराहातमा राखिदिए । म अल्लमल्ल हुदै पर्चा समातेर भित्र पस्न लागेको बेलामा उता बाट क्याम्स चिफले पुलिस इन्स्पेक्टर लाई लिएर आउदै गरेको देखे । मेरो मन चोरको दाडीमा तिन्का जस्तो भयो । क्याफेटयिा भित्र पसे । क्याफेटरियामा थाहा लाग्यो क्याम्पसमा राती चोरी भएका कारणले पुसलिस आएको रहेछ । अब भने म सामान्य अबस्थामा क्याफेटरिया बाट निस्केर लेखाको कलासमा जाँन हिडेको थिए पुलिस इन्स्पेकटर र क्याम्पस चिफ रजिस्टाको अफिस बाट निस्केर अँगी अँगी हिडन थाले । म पनि उनीहरू थाहा नपाउने गरी पछि पछि हिडन थाले । मै दश बारअोटा पर्चा रजिस्टारको कार्यालयको अँगाडी फालिसके थिए । बाँकि पर्चाको मूठो होमसाइन्सको कक्षा कोठाको नजिक पुगे पछि स्वार पार्दै क्याम्पस चिफ र पुलिस इन्स्पेकटरका पछाडी फालेर होम साइन्सको कक्षा कोठामा पसे । क्याम्पसको गल्दीको फर्स चील्लो थियो, पर्चाले क्याम्पस चिफ र इन्स्पेक्टर लाई उछिनेर अँगाडी पुगेछन ।
होम साइन्सको कक्षामा पढाई भैरहेको थियो । म पसेको कसैले चाल पाएनछन । म पछिल्लो खाली बेञ्चमा दश पन्द्र मिनेट जति चूचाप बसीरहें । त्येस पछि पढाई रहेकी मेडमको आँखा ममा परेछ । “ तपाइ पनि होमसाइन्स वालाहो” भने पछि पढदै गरेका छात्राहरूले पछाडी फर्केर मलाई हेरेर हाँस्न थाले । म एकदम थाहा नपाएर होम साइन्सको कक्षामा पसे जस्तो गरी सरी भन्दै बाहीर निस्केर आफनो कलासमा गए । पहिलो पिरियड सकीसकेको थियो आर्कोको कलास पनि तेही कोठामा पढाईने हुदा म त्येही बसे । तेस्रो पिरियड टिचर नआएका कारणले खाली भयो । खाली समयमा बाहीर निस्कदा क्याम्पसमा पर्चाको चर्चा ब्यापक भएको रहेछ । पर्चा केका बारेमा छरे भन्ने मलाइ पनि थाहा थिएन । म पनि पर्चा पडदै गरेका विद्यार्थीको समूहमा पसेर पर्चाका बारेमा जानकारी लिए । पर्चा एक बर्ष पहिले धनुष जिल्लाको जदूकाहामा सरकारले गोलीहानेर हत्या गएिका विद्यार्थी कामेश्वर मण्डल र कुशेश्वर मण्डलको स्मृति र सरकारको बिरोधमा रहेछ । कुलप्रसाद नेपाल पनि रातो पीरो हुदै म भएको ठाउमा आई पुगे र मलाई बोलाएर भन्न थाले,“ मैलेत पर्चा छर्नै पाएकोछैन कलास बाट निस्कने मौका पाइन” हल्ला भैसकेका कारणले अब पर्चा छर्न सम्भव थिएन । त्येस कारण मैले “जनर भवन खाली छ, त्येही कतै फाल” भने । कुलप्रसादले पिशाव गर्ने कोठामा लगेर प्रचा राखेर आएछन । त्यसे पछि मैले कुलप्रसाद नेपाल लाई,“येस्तो पनि कही कार्यगत एकता हुन्छ ? केही थाहा नदिकन काममा लगाउने । कमसये कम मैले केकाम गर्दैछु भन्नेत थाहा हुन पर्छनि । यो तपाईहरूको प्रयोग बादी नीतिहो”े भनेर आफनो असन्तुष्ी जनाए । “मैले पनि राती मात्रै थाहा पाए, तपाई क्याम्पसमा समयमा नआई पुगुकाले सल्लाह गर्न पाईएन, अब सल्लाहमानै काम गर्नेहो” भनेर उम्के ।
२०३१ साल फाल्गुण १२ गते राजा बिरेन्द्रको राज्याबिशेक गर्ने भब्य तयारी भैरहेको थियो । राज्याबिशेक सफपार्न मूल समारोह समितिका साथै पचासौं उप समितिहरू बनेका थिए । काठमाण्डू लाई चिटिकक दुलई लाइ जस्तै सिगारिदै थियो । त्येही बीचमा एक जाना राज्याबिशेक मूलसमारोह समितिको सदस्य पशुपति गिरीले अर्घखाँची जिल्लाको घिमिरे थरको संस्कृत पढने विद्यर्थी लाई गाडीले कीचेर मारेछ । मारेको अलि समय हुंदा पनि कतै बाट आबाज उठेको थिएन । योकुरा मैले थाहा पाए पछि, सानो ठिमी क्याम्पस बाट कुरा उठाए, म उग्र हडताली विद्यार्थीमा दर्ता भएको थिए । त्यो केशमा पनि हडता गर्न पर्छ भन्दा धेरै जसो विद्यार्थीले साथ दिए । क्याम्पस हडताल गरेर म सिधै त्रिचन्द्र क्याम्पसमा शुनिल राई लाई भेटन पुगे । शुनिल राई समेतका दश, बारह जान विद्यार्थीले, विद्यार्थीको हत्यारा लाई कारबाहीको माँग राखेर हडताल गर्ने कुरामा सहमत जनाए पछि हामी साँझका कलास बन्द गराउन हिड्यौ । हडतालले उपत्यका ब्यापी रूप लिए पछि, राज्याबिशेक लाई बाधा पर्ने अवस्था श्रृजना भयो र पशुपति गीरिलाई राज्याबिशेक मूलसमारोह समिति बाट हटाउने काम भयो । एता गाऊफर्क राष्ट्र्ीय अभियानका लुम्बिनी अञ्चलका अध्यक्ष भोजराज घिमिरेले, पशुपति गीरिले गाडीले किचेर मारेका विद्यार्थीको अभिाक आफू भएको भन्दै मुद्दा दर्तानै हुन नदिए पछि, केश ढिसमिश भयो ।
२०३१ सालमा सिक्किम कण्ड देखि एता कामाण्डू उपत्यकामा भएका सबै संघर्षहरूमा आफनो प्रमुख मूमिका भए पनि आन्दोलनको “पेटेण्ट राईट”त जस्को संगठनछ उसकैको हुदो रहेछ । आफू फगत प्रयोग मात्रै भैदो रहेछ । त्येसकारण अब पार्टीको संगठन बनाउन प¥यो भनेर कृतिनिधी बिष्टका समर्थकहरू सित अलि भेट घाट बडाउन थाले । उनीहरूले धेरै पहिले देखि मलाई आफू भन्दाठूला नेता लाई भेट गराउन चाहेका थिए । मैले वास्ता गरेको थिईन । अब भने म आफैले पहल गरेर उनीहरूका नेता लाई भेटे । उनी ठमेलमा बस्दा रहेछन । मैले सर्बप्रथम उनीका कुरा सुने । मेरो बारेमा उनी लाई भारत बिरोधी स्वतन्त्र मान्छेभनेर भनिएको रहेछ । “ कृतिनिधी बिष्ट लाई चीनले बिश्वास गर्छ, हामी भारत सित सुरक्षित रहनचीनको सहयोग चाहिन्छ र राजाको नेतृत्वमा मात्रै नेपाल सुरक्षित हुन सक्छ” भन्ने जस्ता कुरा गरे पछि, मैले कम्युनिष्ट पार्टीको कुरा गर्न उपयुक्त नमानेर विद्यार्थीहक हितका कुरा गरेर त्येहाँ बाट हिडे । त्येस पछि तिनीहरू सित कहील्यै भेट गरीन ।
पञ्चायती ब्यबस्थका बिरुद्घ बलियो जनमत तयार भैरहेको थियो । राज्यब्यबस्थाक बिरुद्घ तयार भएको जनमत लाई ठिक सित नेतृत्व गर्ने बिश्वसिलो रजनीतिक दल अँगाडी आउन सकेको थिएन । त्येसको असर विद्यार्थी आन्दोलनको नेतृत्वमा पनि देखियो । ठूला ठूला विद्यार्थी आन्दोलन पनि स्वतस्फूर्त अबस्थामा हुनेर हराउने भैरहेको थियो । विद्यार्थी आन्दोलनको नेतृत्वगर्ने उद्देश्यले वनारस बाट एम ए, एल,एलबी गरिसकेका दाङ्गका बामदेव शर्मा टियुमा भरणा हुन आए । २०३१ साल चैत्र देखि सगठित रूपमा काठमाण्डूमा विद्यार्थी आन्दोलन शुरुहुन थाल्यो । त्येस पछि मण्डलेहरू आन्दोलन रोकन सकृय भए । टियुको अडिटोरियममा अभूत पूर्ब विद्यार्थीको भेलाभयो । भेलामा, आन्दोलन लाई अब अँगाडी कसरी बडाउने भन्ने छलफ हुदै थियो । भेलामा उद्घोषण बामदेव शर्माले गर्दै थिए । यत्तिकैमा दिपक बोहराको ग्रूप दलबल सहित आएर मञ्च कब्जा गरेर “कोहो हडताल गर्न पर्छ भन्ने” भनेर थर्काउन थाले । बामदेब साईड लागे । त्यो विद्यार्थी आन्दोल पञ्चायती ब्यबस्था बिरोधी दलहरूको समर्थनमा भए पनि हाम्रो दलल लाई कसैले हिसाबै गरेका थिएनन । त्येही पनि आन्दोलनहो भनेर म पनि किर्तिपुर गएको थिए तर मञ्चमा जाने कुनै बीचार थिएन । जब दिपक दोहराले मञ्च कब्जा गरेर माहौल भयाबह बनाउन थाल्यो । ईनीहरू लाई मर्न डरछैन भने, म किन मर्न डराउने भनेर मञ्चमा गएर दिपक बोहराहरूको ग्रूपले हल्लागर्दै गरेको भए पनि बोलन थाले ।त्यो समयमा चीनी अलि महगिएको थियो । मैले महँगिको कुरा पनि थपन पर्छ भन्दै चर्को भाषण गरे । दिपक बोहराको गू्रप हेरेको हेरै भयो । आन्दोलन अँगाडी बडने भयो । त्येस दिन दिपक बोहराहरू सित मुकाबिला गरेको प्रभावल आर्को पटक हडताल भाडन जाँदा कमल थापा लाई विद्यार्थीले टियूमा पिटेछन ।
जति सुकै आन्दोलनको अग्रभागमा बसेर भूमिका खेलेको भए पनि, आफनो संगठन नभएका कारणले, त्येसको कुनै लेखा जोखा हुन सकेन । हजारौको असंगठित भिड भन्दा चारजानाको संगठित टिम शक्तिशाली हुदो रहेछ । सहीबीचार ईमन्दार र सक्षम कृयाशील नेतृत्वको टिमले मात्रै बलीयो संगठन बनाउन सक्छर त्येस्तो नेतृत्वले मात्रै आन्दोनको पनि सफल नेतृत् वगर्न सक्छ र सरकार पनि सही तरिकाले चलाउन सकछ । कमरेड टि एल ईमान्दारत थिए तर हामी सित कृयाशील नेतृत्वको टिम थिएन । त्येसकाण २०३६ सम्म जेजस्ता संघर्षमा भाग लियो त्येसको कतै लेखा जोखा भएन । अरु दलले प्रयोग गरे जस्तो भयो ।