अर्घाखाँची असार११, अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाले निती तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । कृषि तथा पशुपालन क्षेत्रमा आधुनिकिकरण र व्यवसायीकरण गर्दै कृषि व्यवसाय प्रबद्धनको माध्यमबाट रोजगारी सिर्जनामा जोड दिने पाणिनी गाउँपालिकाले निती तथा कार्यक्रममा उल्लेख गरेको छ । पाणिनी गाउँपालिकाको ११ औँ गाउँसभामा गाउँपालिका अध्यक्ष अच्युत गौतमले निति तथा कार्यक्रम पेश गर्दै दुध उत्पादनका आधारमा दिने अनुदानलाई निरन्तरता दिदैँ मासु तथा अण्डा उत्पादनको आधारमा प्रोत्साहन अनुदान दिने व्यवस्था मिलाएको छ।
पशुपन्छीहरुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सञ्चालन भएको नश्ल सुधारको कार्यक्रमलाई निरन्तरता दिने, लद्यु उद्यम मार्फत रोजगार सिर्जना गर्ने, सहकारी मार्फत उद्यमशिलता विकासका लागी युवाहरुलाई सहकारीमा आवद्ध गराई रोजगारमुलक उद्यमशिलता तालिम दिने निति तथा कार्यक्रममा समेटेको छ ।