दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

निषेधाज्ञा खुकुलो भएसँगै कपिलवस्तुमा चहलपहल बढ्यो

0

 

अनिश बन्जाडे, कपिलवस्तु

कोभिड–१९ को दोस्रो लहर नियन्त्रण र व्यवस्थापनका लागि जारी दुुई महिना लामो निषेधाज्ञा मंलबारदेखि थप खुकुुलो पारिएसँगै कपिलवस्तु जिल्लामा चहलपहल बढेकोे छ । लामो समयदेखि निषेधाज्ञाको मार खेप्दै आएका व्यवसायीहरुमा केही खुकुलो गरी निषेधाज्ञालाई जारी राख्दा पनी काम प्रति पुन ब्यस्त हुन पाएकोमा उत्साह छाएको छ ।

जिल्लामा खाद्य तथा किराना पसल पूर्ण रूपमा सञ्चालनमा आएका छन् । मुख्य बजार क्षेत्र बिहान ९ बजेदेखि खुला गरिएको छ । बजार तथा पसलमा ग्राहकको चाप न्यून रहे पनि व्यापारी सामान सजावट र सरसफाइमा व्यस्त देखिएका छन् । केही दिनअघि सुनसान देखिने जिल्लाका सडकमा यातायात सेवा सुचारु भएसंगै सडकमा सवारी साधनहरु बिहानैबाट गडेका छन् । सडकमा सवारी साधन गुडेपनी सर्वसाधारण यात्रुको चाप पनि न्यूून देखिएको छ ।

जे होस लामो समयदेखि निषेधाज्ञाको मारमा परी आर्थिक समस्यामा परेका व्यवसायीहरु भने ब्यापार व्यवसाय पहिलेकै अवस्थामा पुग्न केही समय लाग्ने तर अब त केही सहज होला भन्ने कुरामा आशावादी रहेको महशुस गर्न सकिन्छ।

bijayanagar
Comments
Loading...