सब डिभिजन बन कार्यालय चेत्रदेई कपिलबस्तु

पश्चिम नवलपरासीमा ५ विद्यार्थी संगठनद्वारा आन्दोलनको तयारी

0

सागर पौडेल पश्चिम् नवलपरासी
पश्चिम नवलपरासीका नेविसंघ लगायत ५ विद्यार्थी संगठनद्वारा आन्दाेलनकाे तयारी गरेका छ्न।

पश्चिम् नवलपरासी जिल्लाका ५ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ ,अनेरास्ववियु क्रान्तिकारी ,अनेरास्ववियु ,समाजवादी विद्यार्थी सङठन ,अखिल ( छैठो ) संयुक्त बैठक बसि सम्पूर्ण शैक्षिक, सामाजिक, आर्थिक एव राजनैतिक रुपमा देखिएका बिकृति विरुद्ध एकताबद्ध रहि आन्दाेलन गर्ने तयारी भइरहेको नेपाल विद्यार्थी संघका निवर्तमान सचिव बिकास घिमिरेले जानकारी दिनुभएको हाे।

प्रमुख विद्यार्थी संगठन संयुक्त रुपमा मंगलबार भुमहिमा बसेकाे बैठकमा उक्त निर्णय गरिएको हाे।

प्रधानमन्त्री केपि ओलिद्वारा गरिएको असंवैधानिक कदम विरुद्ध केन्द्रीय बक्तब्य अनुसार आएका कार्यक्रमहरु सहर्ष लागू गर्ने निर्णय समेत गरिएको बैठकद्वारा जारी संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ।

Comments
Loading...