कपिलवस्तु
लियो क्लव अफ कपिलवस्तुले बर्ष २०२१/२२ लागी नयाँ नेतृत्व चयन गरेको छ । क्लबले बैरीयामा रहेको लायन्स क्लव अफ कपिलवस्तुको सचिवालयमा भएको चौथो अधिवेशन तथा पद हस्तान्त्रण कार्यक्रमबाट नया नेतृत्व सार्वजनिक गरेको छ । जसको अध्यक्षमा पाण्डव भण्डारी चयन भएका छन् ।
त्यस्तै प्रथम उपाध्यक्षमा भिम प्रसाद भट्टराई , द्धित्तिय उपाध्यक्षमा सागर बञ्जाडे, तृत्तिय उपाध्यक्षमा प्रविन गौतम, सचिवमा लक्ष्मण सापकोटा, सहसचिवमा दिपक आर्चाय, कोषाध्यक्षमा प्रकाश सापकोटा, सह कोषाध्यक्षमा मधुसुदन गन्र्दभ लगायत अन्य सदस्यमा रहेका छन । त्यस्तै अध्यक्षको सल्लाहकारमा पदम पौडेल र सलिना नेपाल भएका छन् भने क्लवको सल्लाहकारमा मदन पौडेल चयन भएका छन ।
सन २०२१/२२ का लागी छनोट भएको नेतृत्वका लागी लायन्स क्लव कपिलवस्तुका अध्यक्ष धातानद भुसाल, प्रथम उपाध्यक्ष केशब सापकोटा, लियो कोडीनेटर ओप प्रकाश घिमिरे, कोषाध्यक्ष नवदत्त घिमिरे, र लियो क्लव अफ कपिलवस्तुका निबर्तमान अध्यक्ष मदन पौडेलले शुभकामना मन्तब्य राखेका थिए ।