अनिश बन्जाडे ,कपिलवस्तु
कपिलवस्तुको बाणगंगामा आजबाट सिनर्जी बहुउद्देश्यि सहकारी संस्था लिमीटेड सन्चालमा आएको छ ।
संस्थाले आज कपिलवस्तु उद्योग बाणिज्य संघ जितपुरको सभाहलमा एक बिशेष समाहरोहका बिच संस्था सन्चालनमा आएको जानकारी गराएको हो । बाणगंगा नगरपालिका भित्र रहेका ६ वटा सहकारी संस्थाहरुलाई एकीकरण गरी सिनर्जी बहुउद्देश्यि सहकारी संस्था लिमीटेड सन्चालनमा आएको संस्थाका अध्यक्ष लक्ष्मण बेल्बासेले जानकारी दिनुभयो । यसरी एकीकरणमा समाबेश सहकारी संस्थाहरुमा श्री कृषि बहुउद्देश्यि सहकारी संस्था लि. बोडगाउँ, सिनर्जी सहकारी संस्था लि. बनगाई, घरघरमा बचत तथा ऋण सहकारी संस्था लि.बोडगाउँ, बुद्द महिला बचत तथा ऋण सहकारी संस्था लि. चप्परगाउँ, श्री अभियान कृषि सहकारी संस्था भड्डीहवा र उज्जवल महिला कृषि सहकारी संस्था लिमीटेड बोडगाउकाँ बीचमा एकीकरण कार्यले बैधानिकता पा्रप्त गर्दै एकीकृत सहकारीको रुपमा सिनर्जी बहुउद्देश्यि सहकारी संस्था लिमीटेड स्थापना भएको हो ।
संस्थाले आफना् सेवाहरुलाई प्रभावकारी बनाउन हाल रहेको बनगाई, बोडगाउँ, ओदारी सेवा केन्द्रको स्तरबृद्दि गर्दै बाणगंगा नगरपालिका अन्तर्गत रहेका प्रगतिनगर, भलवाड, र बैदौलीमा तत्काल सेवा केन्द्र विस्तार गर्ने गरी निती अगाडी सारेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले संस्था एकिरणले मात्र यसको औचित्य नरहने र संस्थाले प्रभावकारी सेवा सुबिधाहरु सम्प्रेषण तथा विस्तार गर्न सकेमा मात्र एकीकृत हुनुको महत्व रहने बताउनुभयो ।
यस्तै कार्यक्रमका बिशिष्ट अतिथी समेत रहनुभएका नगर उपप्रमुख चक्रपाणी अर्यालले एकीकरणमा आई बहुउद्देश्यि सहकारी संस्थाको रुपमा सन्चालनमा आउनु गौरवको कुरा रहेको र संस्थाको सफल सन्चालनका लागी शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रम संस्थाका अध्यक्ष लक्ष्मण बेल्बासको अध्यक्षता, बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुको प्रमुख आतिथ्यता,नगर उपप्रमुख प्रमुख चक्रपाणी अर्यालको अर्याल लगाएत नगरपालिकाका प्रशासकिय अधिकृत बासुदेब खनालको बिशिष्ट आतिथ्यता, वडा नं ५ का वडा अध्यक्ष भिष्मराज भुसाल, वडा नं ८ का अध्यक्ष गुणानिधी भुसाल, समाजसेबी, संस्थाका प्रतिनिधी, कर्मचारी र सन्चारकर्मीहरुको आतिथ्यतामा सम्पन्न कार्यक्रमको सन्चालन संस्थाका सचिब कृष्ण प्रसाद न्यौपानेले गर्नुभएको थियो ।
