सब डिभिजन बन कार्यालय पटना कपिलबस्तु

नाम मात्रैको निषेधाज्ञा, जनतालाई निषेध गरेर मनपरी

0

कपिलवस्तु ,असार२७
पशुपति गिरी
कोरोना महामारीका कारण देशभर लकडाउनको अबस्था कायम नै छ । कोरोनाबाट सुरक्षित रहनका लागि सरकारले अनिवार्य मास्क प्रयोग गर्ने भनेको छ साथै साबुन पानीले हात धुनका लागि स्वास्थ्यमकर्मीहरुले सुझाव पनि दिएका छन् । तर लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा यस्तो छ मानाै कि उनीहरूलाई काेराेना नै लाग्दैन ।यसैगरी कपिलवस्तु जिल्लाको ताैलिहवामा पनि मान्छेहरूले माक्स प्रयोग गरेकाे पाइएको छैन ।त्यहा स्वास्थ्य मापदण्डको खिल्ली उड्दै गएकोछ । स्थानीय ब्यापारीहरुमा मास्क लगाउने भेटाउनै गाह्रो भएको छ । प्रशासनले निषेधाज्ञा बिस्तारै खुकुलो बनाउँदै लगे पनि व्यवसायीहरूले भने सुरक्षालाई बेवास्ता गरेका छन् । यस्तै कपिलवस्तुकाे वाणगंगा नगरपालिका ४न चाेकमा पनि मान्छेहरूले माक्स प्रयोग गरेकाे पाहिदैन।यसरी नै कपिलवस्तु जिल्लामा नाम मात्रैको निषेधाज्ञा भएको छ। जनतालाई निषेध गरेर मनपरी
संघ, प्रदेश र स्थानीय सरकारले कोभिडबाट बच्नका लागि भन्दै अनेक उपायका नारा प्रचार गरिरहेका छन्। संघीय सरकारमातहत रहेको जिल्ला प्रशासन कार्यालयका आदेश पालना गराउन सुरक्षाकर्मीकै आलटाल देखिन्छ। दिनमा १ घण्टा कडाई गरेजस्तो गर्ने र दिनभर मनपरी गर्न दिने कामचलाउ कामले असावधानी बढ्दै गएको छ।

Comments
Loading...