झापा । बिर्तामोडमा एक युवतीको शव फेला परेको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ बस्ने २६ बर्षीया सिर्जना बस्नेतको शव आफू बस्ने घर अगाडि सडक किनारमा फेला परेको प्रहरीले जनाएको छ । आज बिहान बाटो हिँड्ने मानिसले बिर्तामोडको सुगम पेट्रोल पम्प उत्तर गणपति बेकरी नजिकै सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सन्तोष आचार्यको बताए ।बस्नेत बिर्तामोडस्थित एक सहकारीमा कलेक्टरको काम गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।