कपिलवस्तु- कपिलवस्तको विजयनगर गाउंपालिकाको महदेईया गाउंकी ११ बर्षीय बालिकालाई जबर्जस्ती करणीको प्रयास भएको छ ।
सांझ नजिकको उखु खेतमा दिशा गर्न गएका बेला दश बर्षिय बालिकालाई स्थानीय ७० बर्षीय वकिल मियांले फकाएर जबर्जस्ती करणी गर्ने प्रयास गरेका छन ।
एकलै भएको मौका छोपी बालिकालाई उखुभित्र लगेर करणी प्रयास गरेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक रणबहादुर बिष्ट ले बताउनुभयो ।
सो घटनाको सुचना पाएलगत्तै प्रहरीले बालिकालाई आवश्यक जांचका लागि जिल्ला अस्पताल तौलिहवा पुर्याएको र अभियुक्तको खोज तलासी भईरहेको प्रहरी निरिक्षक बिष्टले जानकारी दिनुभएको छ ।
घटनाबारे थप सुचना संकलन गर्दा अभियुक्त विजयनगर गाउंपालिका वडा ३ का वडा सदस्य शमसाद अहमदका काका रहेकाले राजनितिक दबावमा मिलापत्र गर्न सक्ने शंका रहेको महदेइया कै निवासी जसपाका जिल्ला उपाध्यक्ष रामनिवास पुरीले बताउनु भयो । सो घटनापछि पिडितलाई न्याय दिलाउन स्थानियहरु अक्रोसित बनेको छन ।