नन्दु यादव असार ३०पश्चिम नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे सिमा सग जाेडिएकाे महेशपुर नाकामा अाज प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखकाे सयुक्तटाेलिले अनुगम गरेकाे छ । पश्चिम नवलपरासी जिल्लाकाे सिमा नाकाबाट मानिसहरुले अबैध बाटाे प्रयाेग गरि नेपाल र भारतमा अावजावत गरिरहेकाले अाज महेशपुर नाकामा अनुगमन गरि अबैध बाटाेबाट अाउने मानिसहरुलाई सम्झाईबुझाई फिर्ता गरिएकाे प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनु भयाे । सिमा नाका बन्द रहेकाेले मानिसहरुले अबैध बाटाे प्रयाेग गरिरहेकाले सम्झाई बुझाई फिर्ता पठाउने गरिएकाे बताईएकाेछ ।काेराेना ले मानिसहरुकाे दिनचर्या मा असहजता भएकाले सहजताका लागि जिल्लामा केही खुकुलाे गरेर निषेधाज्ञा जारि गरिएकाे छ ।अनुगमनमा प्रमुख जिल्ला अधिकारी मिश्रलेअामनागरिकहरुलाई अनावश्यक रुपमा घरबाहिर ननिस्कने ,साबुनपानीले समयसमयमा हात धुने ,सेनिटाईजरकाे प्रयाेग गर्ने ,माक्स प्रयाेग गर्ने ,सामाजिक कायम दुरि गरिने लगायतका सल्हाह सुझाव दिनु भएकाे थियाे।यसै गरि अन्य क्षेत्रमा पनि अनुगमन गर्ने वहाले बताउनु भयाे ।अनुगमनमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी का प्रमुख मनाेज कुमार यादव ,सशस्त्र प्रहरी बल २६नम्बर गणका गणपति महेश अधिकारी लगायतकाे सहभागिता रहेकाे थियाे ।यसै गरि काेभिड१९ राेकथाम तथा नियन्त्रण जिल्ला समितिकाे अाज बसेकाे बैठकले साउन १५गते राति १२बजे सम्म निशेधअाज्ञा जारि गरेकाे छ ।