काठमाडौं
कर्णालीमा शनिबार १२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८८ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा २६ जनामा र ३३ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।शनिबार जुम्लामा सबैभन्दा धेरै कालिकोटमा १४, जुम्लामा १०, मुगुमा ५, दैलेखमा ४,जाजरकोटमा ३ र अन्य ३ जनामा कोरोना देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा अन्य जिल्लाको तुलनामा कालिकोटमा कोरोना संक्रमितहरु बढेको देखिन्छ । यस्तै डोल्पा, हुम्ला रुकुमपश्चिम, सल्यान र सुर्खेतमा शनिबार कोरोना शून्य छ ।
यस्तै प्रदेशमा थप ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या कर्णालीमा २७ हजार ७ सय २८ जना पुगेको छ ।