गोकर्ण पाण्डे।गुल्मी/गुल्मीमा जीप दुर्घटना भएको छ।बुधबार मुसीकाेट नगरपालिका ४ स्थित दाेभान भन्ने स्थानमा लु१ज ४५५९ नम्बरकाे जीप दुर्घटना भएको हाे।
दुर्घटनामा परि ३ जनाकाे घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक सन्तोष चन्द ले जानकारी दिनु भएकाे छ।
जीप शान्तिपुरबाट तम्घास आउदै गरेको थियो।अहिले उद्दारका लागि प्रहरी टाेली घटनास्थल पुगेकाे छ।जीप सडक बाट ५०० मिटर तल खसेकाे छ।यद्यपि मृतकहरुको भने पुष्टि हुन बाँकी रहेको छ।
