दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

टुक्राटुक्रा भएको छ कर्णाली नदीमा दुर्घटनाग्रस्त जीप, अझै फेला परेनन् जोशी दम्पतीको खोजि

0

लक्ष्मण बि सि
१६ साउन /अर्घाखाँची
कैलालीमा भएको जीप दुर्घटनामा बेपत्ता भएका जोशी दम्पती अझै फेला परेका छैनन। एकै परिवारका ५ जना सवार बा ११ च ९३८ नम्बरको जीप चिसापानीदेखि सोल्टा जाने सडक खण्डमा दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो।

जीपमा सबार तीन जनाको उद्धार गरिएको थियो भने डडेल्धुरा घर भई हाल डोटीको आदर्श गाउँपालिकामा बस्दै आएका चन्द्रप्रकास जोशी र उनकी श्रीमती रुवी जोशी बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जोशी दम्पतीलाई अझै फेला पार्न नसकिएको बताए।

Comments
Loading...