दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

तिरेर नसक्ने गुन लगाये हरिनारायण रजौरियाले

0

मेघराज ज्ञवाली,    कपिलवस्तु
यदि कहीं कतै ईश्वरको अस्थित्व छ भने, त्यो ईश्वर भनेको आफू लाई जन्म दिने मात पिता नै हुन । जन्म दिने माता पिता भन्दा अलग कुनै ईश्वर हुँन सक्दैन । दश दश महिना कोखमा राखेर ठूलो प्रसव पिडा सहन पर्दा पनि खुसीहुने माता, आफ्नो जिउ सुकाएर स्तन चूसायेर हूर्काउने माँता, आफना सम्पूर्ण सुख सुबिधा, इच्छा आकाङ्गछा लाई बलि दिएर सन्तानको सुख सुबिधा र उज्ज्वल भबिश्यका लागी रात दिन कष्ट पूर्ण काम गर्ने माँता पिता भन्दा पृथक ईश्वरको अस्थित्व हुँन सकदैन । मान्छे अरु सबै रिण बाट मुक्त भए पनि पित्री रिण बाट मुकत हुन सकदैन ।“कूपुत्रो जायेत कोचिदपि कूमाता नभवती” कू पुत्र हुनसक्छ तर कूमाता कहिल्यै हुँन सक्दिन । जतिसुकै क्रूरर चत्रिकी महिलाको मनमा पनि आपूmले जन्माएका सन्तान प्रति ममताको सागर बगेको हुन्छ । भनाई पनिछ, “पोले पनि घामै जती पिटे पनि आमा नै जाति”। आजको समय मा त छोरा र छोरीमा त्यति भेद हुँन छाडेको महसूस हुँन थालेको छ । छोरीको पनि छोराको सरह पैत्रृक सम्पत्तीमा हक लागने कानून बन्न बाँकिछ । यस सम्बन्धमा जेजति कानून बनेकाछन ती पूर्ण छैनन । आज भन्दा पचास पच्पन्न बर्ष पहिलेको कुरा सम्झँदा अफैलाई आश्चर्य जस्तो हुन्छ । समाज पूर्णत पित्रिसत्तामक भएका कारणले होला छोरा र छोरीमा धेरै बिभेद हुन्थ्यो । आँम जनताका छोरा छोरीलेत पढन सकने अवस्थानै थिएन । जो सचेत थिए, सम्पन्न थिए र शिक्षित पनि थिए । त्यस्ता परिवारमा पनि छोराहरू किताव कापी बोकेर पढन जाँदा छोरीहरू कम्मरमा नामलो खुर्पेटो भीरेर घाँस दाउरा जाँने । गाई बाख्रा चराउने गोठ्ल्याई गर्ने काममा लगाईन्थे । फेरी सानै उमेरमा बिबाह गर्दिने चलनले गर्दा उमेर नपुगदै बुहार्तन भोगन पर्ने अलग बाध्यता थियो छोरी लाई ।
म पनि हाम्रोपरिवरमा बंशको एकल उत्राधिकारी भएका कारणले मेरो पढाइर्मा खुबै खर्च गर्नु भयो पिताजीले । गहना र खेत समेत बेचेर मेरो पढाईमा खर्च गर्नु भयो तर दिदी बहिनीहरूको पढाई हुन सकेन सानाँ छनजनि पिताजी लाई काममा सगाए बारह तेरह बर्ष हुँदा हुादै बिबाह भयो र आ आफना घर गए । पिताजी आफ्ना जमानाको संस्कृतको विद्वान हनु हुन्थ्यो । श्रीमद् भागवत र गीता वहाँका पृय ग्रन्थथिए । मलाई पनि संस्कृत भाषाको विद्वान बनाउन चाहानुहुन्थ्यो । पिताजीको ईच्छा बिपरित मैले बीचमै सस्कृतको पढाई छाडेर
्रकमर्स पढन थाले पछि मैले अकिति पिताजीको मन दुखाएछु । त्यस लाई पनि भैगयो अब पढाई पुरा गरे पर्छि सरकारी जागीर खाएर उपल्लो दर्जामा पुगोस भन्ने सोंचका साथ सन्तोष गर्नु भएछ म राजनीतिमा सकृय हुँदै आगाडी बडन थाले पछि पिताजी अलि नीराश हुन थाल्नु भए छ म सित । यो कुरा मैले समयमा बुजन सकेन छु । पिताजी स्वयम पाक्के हुनुहुन्थ्यो । भोजन तयार गरे पछि एकअध्याय भागवत र एक अध्याय गीताको नित्य पाठ गर्नु हुन्थ्यो । म घर आएको बेलामा हामी बाबु छोराकका बीचमा अध्यात्म बाद र भौतिक बादका बारेमा ठूलै बहस हुन्थ्यो । मेरा पितजी एउटा पिता मत्रै नभएर मेरा असल गुरु पनि हुनुहुन्थ्यो । जीवनको उत्राद्र्घमा आई पुगदा मेरो जेजस्तो दिन चर्या बन्न गएकोछ यो सबै मेरा असल पिताको लालन पालन र शिक्षाका कारणलेहो भन्न पाउदा गर्भले छाती फूल्दछ र भन्न मन लाग्दछ मैले जस्तै पिता सबैले पाउन । तर मजस्तो छोरो जस्ले आफना माता पिताको मनको कुरा कहील्यै बुजन ध्यान दिएन त्यस्तो कपूत कसैको काखमा नजन्मोस ।
मेरो राजनीतिक सकृयता बडदै जाँदा सबैले उग्र भयो तिम्रो छोरो भन्न थाले । बयालीस बर्षमै बिदूर हूदा पनि यही एकलो छोराको मुख हेरेर आर्को बिबाह नगरीबसेका मान्छेलाई पहाडमा बस्दा छोरो बचाउन सकिदैन भन्ने डरले नचाहँदा नचाहादै पनि तराईमा बसाई सर्दा पहाडको तले घर ठूलो पाटो बारी फफूको बगैंचा सबै छाडेर केही नभएको उजाड तराईको थाउमा आएर शुरु शुरुम सबै ब्यस्था गर्न गाहारो भयो । त्यही पनि पिताजीले कपुरी र कालापहाड भन्ने आँपर लिचीका बिरुवा मगाएर लगाउनु भयो । २०३८ सालमा पिताजी लगाएको लिची नफले पनि कपुरी र कालापहाड आँप फलेछन ।
२०३८ सालमा सुधारिएके पञ्चायती ब्यबस्थामा राष्टीय पञ्चायतका सदस्यका लागी आम चुनाव हुँदै थियो । त्यही समयमा नेपाल राष्टीय शिक्षक संगठनले देश ब्यापी आम हडताल गरीरहेको थियो । मलाई ू कपिलवस्तु जिल्लाको शिक्षक आन्दोेलनमा सकृय भएका कारणले प्रशासनले गीरफतार गरेर राज का मुद्दा लगाएर पाल्पा जेलमा पु¥याएको थियो । घरमा आँप पाक्न थालेछन । पहिलो पटक फलेको पहिलो फल छोरालाई ख्वाए पछि अरुले बल्ल खाने भनेर बालराम ज्ञवाली लाई साथमा लिएर आँप बोकेर पाल्पा जेलमा पुग्दा म लाई जेल चलान गरेर बीरगञ्ज लगदै थियो । भएछ के भने जून दिन बिहान पख हामीहरू जेल बाट निकालेर हिडाल्यो त्यसै दिन दिउस बालाराम ज्ञवालीका साथमा पिताजी पाल्पा जेलमा पुग्नु भएछ । मेरा बारेमा खोज खबर गर्दा जेलमा पनि छैन कहालग्यो भनेर पनि जेलप्रशासनले मात्रै होईन सिडीओले समेत थाहाछैन हामी लाई भने पछि पिताजी लाई पक्कै मारे भँन्ने परेछ । म लगायतका अरु दुईजाँना लाई जेल चलानको बहाँनामा हत्या गर्ने षडयन्त्र भएको कुरा मैले पहिलेनै लेखिसकेकोछु ।
साबिक पिपरा पञ्चायतको वाडनम्बर आठको बठन पुरा मौजाको पश्चिम उत्तरको गजेडा खोलाको किनारमा बनेको एकलो पराले झो,पडीको घरमा रात परे पछि लामो सास फेर्दै आँगनमा आएर फालिनु भएछ ।त्यस दिन पानी मात्रै पीएर सुत्नु भएछ । आज मेरा पिताजीले एक्ल,ै डाँका चोरकबो पर्वा नगरी घर बनाएर बसेको क्षेत्र सबै सुबिधा सम्पन्न शहर उन्मुख बस्तीबनेकोछ । त्यति बेलात हामी एक्लै बस्थ्यौं यहाँ । पाल्पा बाट फर्केको दिन मध्य रातमा एका एक पितजी डाँको छाडेर रुनु भएछ, “कहाँहोला मेरो बाबु तँलाई केगरेहोलान्नी । हे दैब म कसरी बाँचु ।” जस्ता बिलाप गरेर घरको मुली मान्छेनै रुन थाले पछि मेरा छोरा छोरीत सानै थिए बीचराहरू लाई आफ्नो बाबु कहाँ छ भन्नेनै थाहा थिएन । श्री मतिले सबै कुरा बुजन नसेके पनि पितजी लाई शान्तोना दिने असफ प्रयास गर्न थालीछन ।
पिताजीको शालीन ब्यक्तित्व र सज्जन चरित्रका कारणले थोरै समयमनै धेरै मानछे शुभचिनतक भएका थिए नयाँ थाउमा पनि । त्यसकारण जेल परेका छोराको हालखबर बुजन दैनिक जसो मान्छे घरमा पिताजी लाई भेटन आएर चिन्ता गर्दा मेरो छोरो बहादुरहो न्यायका लागी जनताका लागी देशका लागी सरकार सित लडेर जेल गएकोछ । मलाई कत्ति पनि दुख लागेको छैन ।बरु बहादुर देशभक्त छोरो जन्माएकोमा गर्भ महसूस हुन्छ भन्नुहुुदो रहेछ । तर रात भरी मेरा बारेमा सोंचेर रुनुदो रहेछ । उमेरमै राँडो हुँदा नहारेको मन, हामी लाई हुर्काउन ढिकी झाँतो गर्दा नथाकेको मन, पहाडको चीसोले दमको रोग लाग्दा पनि नगलेको मन । मलाई जेलमा लापता गराएका कारणले सबै चकना चूर भएछ । पिताजी दिन प्रति दिन शोकमा गल्न थाल्नु भएछ । संसारमा सबै भन्दा ठूलो शोकनै पुत्र शोक हुँदोरहेछ जुन शोकले बाँच जनी तडपाउदो रहेछ ।त्यो पिडा स्वयम मैले पनि भोगी रहेकोछु ।
ढिकी—झाँताका बारेमा पनि थोरै चर्चा गरौं । जून समयका बारेमा मैले चर्चा गर्दैछु त्यति बेला पहाडमात के तराई मा पनि कुटाई पिसाई गर्ने मिलहरूको प्रयाप्त सुबिधा हुँदैनथ्यो । खाद्यान्न आदि तयार गर्न ढिकी झाँतोको प्रयोग हुन्थ्यो । २०१८ र १९ सालतिरको पहाडी जीवन गुल्मीको पूर्वी भागमात पानीघट्टा पनि थीएनन । सबै ढिकी झाँताको भर हुन्थ्यो । टाडाको पँदेरो आर्को समस्या थियो थोर्गाका लागी । टाडा बाट पानी बोक्कन पर्छ भनेर था्ेर्गामा छोरी दिन गाहारो मान्थे अरु गाऊँका मन्छेले । किनकि कुटाई पिसाई, बन जङ्गल पानी पँदेरो आदिा काम धेरै जसो महिलाले गर्न पर्दथ्यो । हाँमी भाइ बहिनीहरू सानै छँदै हामी लाई अलपत्र छाडेर हाम्री आँमाले यो सन्सार बाट बिदा लिनु भएको थियो । हामी छोरा छोरीले उमेर बडदै जाँदा मात्री वियेगको पिडा क्रमशः भूल्दै गयौ तर पिताजी लाई जीवन साथी वियोगको पिडाका साथै शारीरिक कष्ट जीवन भरीनै रह्यो । कुटाई पिसाई गर्न मान्छे पहिलो कुरात पाउन गाहारो हुन्थ्यो । पाईए पनि महिला पाईन्थे । यदि छरछिमेकी महिलाले सहयोग गर्न आउनेहो भने श्रीमति नभएका लाई सजिलै बात लगाउने गरिन्थ्यो । अहीलेका जाली फटाहा हरूले देशै खाँन थाले त्यतिबेलाक जालीफटाहा हरूले सजीलै गाँउ खान्थे । देशमा खासै नियम कानून भए जस्तो थिएन । गाउका जालीफटाहहरूाले जेभन्यो त्यही कानून हुन्थ्यो । पितजीले भन्ने गर्नु हुन्थ्यो, “लोकाअबाद ननिको अनिको सहन्छ ।” त्यस कारण पिताजीले कुनै अरु महिलाको सहयोग लिन चाहनु भएन । आफै ढिकी झाँतो र चूलो चौका गरेर हामी लाई हूर्काउन भयो । मेरी फूपु दिदीको घर पनि नजिकै थियो । एक दुई महिनाका बीचमा आएर भाञ्जी भाउजूले हामा्र धूवाँ र धूलाले किट परेका कपडा धोई दिएर जानुहुन्थ्यो ।
म माथि हुने जेल प्रशासनको जति कडा रबैया भए पनि मेरो शारीरिक स्वस्थताका कारणले हात हाल्ने हिम्मत कहीं भएन केवल जेल चलान भनेधेरै थाउ ग¥यो । मैले घरलाई लेखेका चीट्ठी सबै रोक दिदो रहेछ जेल प्रशासनले । मलाई भेटन आउने हरू लाई पनि जेल प्रशासनले यहाँ छैन भनेर फिर्ता गरिदीदो रहेछ । तौलिहवाका टिकाराम अयार्ल र मलाई एउटै राजकाज मुद्दा लगाएको भएनि उनी लाई लुम्बिनी अञ्चलाधीश कार्यालयले तारेखमा छाड्यो मलाई जेल हालेर लापता बनाए पछि टिकारामको आलोचना हुन सुरु भएछ । सोझो मेघराज लाई फँसाएर आफू बच्यो भनेर तर मलाई टिकारामले फँसायेो होईन ।। त्यस पछि हरिनारयण रजौरियाको सहयो लिएर मलाई कुन जेलमा राखेकोछ भन्ने पत्ता लगाएर कमल अर्याल लाई साथमा लिएर बीर गञ्ज कारागारमा भेटन आए टिकाराम अर्याल । टिकाराम अर्यालले मलाई बीरगञ्ज कारागारमा भेटेर फर्केर पितजी लाई मेरो हाल खबर सुना पछि मात्रै पिताजीका आँखा बाट रातीमा बग्ने बलेन्द्र धारा बन्द भएछन । त्यसैत दमको रोगले ग्रस्त शरीर त्यस माथि एउटा मात्रै छोरा लाई सरकरले पकडेर लापता बनाई दिएको पिडा, शरीरमा हाड छाला मात्रै बेरिएको अवस्थामा छोरो जिउँदै भएको समाचारले अलि हिड डूल गर्न सक्ने हुँनु भएछ । टिकाराम अर्यालले हरिनारायण रजौरियाको सहयोगले मलर्इा बीरगञ्जकारा गारमा भेटेको चार दिन भित्रै मलाई र भैरव राज रेग्मी लाइ त्यहाँ बाट भिम फेदी कारा गारमा जेलचलान ग¥यो । भिमफेदी कारागारमा चलान गरेको डेढ महिना जति भएको थियो एका एक मलाई मात्रै जेल बाट बाहीर निकाल्यो । म जेल बाट बाहीर हुँदा त्यहाँ भएका सबै कैदी र बन्दीले कडा स्वभावको मान्छे कतै सिध्याउनेत होईन भन्ने शङ्का गर्न थाले । मलाई जेल बाट निकाल्ने बित्तिकै हतकडी लगाएर हिडाई हाल्यो ।
भिमफेंदी कारा गार बाट निकाल्दानै साँझ पर्न थालेको थियो । हेटौडा सिडीओ कार्या लयमा पु¥याउदा रातनै परो । मलाई भिम फेदी कारागार बाट निकालेर हेटौडा ल्याउँदै गरेको खबर नेपाल राष्टीय शिक्षक सगठनका अध्यक्ष बद्री प्रसाद खतिवडाले मलाई हेटौ पुराउनु भन्दा पहिले थाहा पाएर सिडीओ कार्यालयमा पुग्दा सिडीओ भेटन दिएनछ । परै बाट हत हल्लाएर फर्के । मकवाँनपुरको हेटौंडा राजनीतिक रूपमा ज्यादै सचेत नगरा थियो । बद्री प्रसाद खतिवडा सिडीओ कार्यालय बाट बाहीर निस्केको केही बेरमै भिमफेंदी कारा गार बाट राज बन्दी लाई साँझ पख निकालेर सिडीओ कार्यालयमा लुकईएकोछ भन्ने हल्ला डढेलो लाई बतासले गति दिए जस्तै गरी फैलिएछ । जसले गर्दा क्रमसः सिडीओ कार्या लयको बाहीर भिड जम्मा हुन थालेछ त्यसकारण मलाई अँध्यारो कोठामा लगेर थूनियो । लगभग दुई घण्टा पछि बाहीर गाडी आएर रोकिएको आवाज सुनियो । गाडीको आवाज बन्द भएको केही क्षणमै चार पाँच जाँना पुलिस हरू मलाई थूनेको कोठामा पसेर मलाई दुबै तिर बाट अठ्ठ्यार हिडालेर गाडीमा कोचे किनकि मेरा दुबै हातमा हतकडी लगाई एको थियो । मलाई गाडीमा कोचने बित्किै हातम राईफल लिएका चार पाँच जाना पुलिस पनि गाडीमा चडेर मलाई च्याप्दै बसे । गाडी हिडेको केही मिनेटमै फेरी गमाडी रोकियो । पुलिसहरूले आफू सित मलाई पनि गाडी बाट निकाले । बल्ल त्यहाँ पुगे पर्छि थाह भयो मलाई हेटौंडाको जिल्ला प्रहरी कार्यालयमा पुराईएको रहेछ । गाडीको अँगाडी बसेको मान्छे प्रहरी निरिक्षक रहेछ । बडो रवाफका साथ आदेश दियो, “ल श्रीमान लाई रम्रो कोठामा राम्रो ब्यबस्था गरेर राखनु”भन्दै । उसले भनको राम्रो ब्यबस्था भनेकोत सुतने बस्ने केही नभएको खाली चीसो कोठामा थुँन्नु भनेको रहेछ । मंसीर महीना सकिनै लागेकाले चीसो अत्यन्तै बडेको थियो । कठ्याङ्ग्रीदो जाडो पानी उम्रेला जस्तो चीसो कोठा न बस्न सकिनछ न सुत्न आफू सित न ओडने लुगाछ न बिछाउने । अब रात काटने कसरी त्यस्तो ठिरेटो जाडोमा । प्रही कार्यालयमा टङ्ग गर्दै एक बजेको घण्टी लाग्यो । त्यहाँ बन्दुक लिएर खडा हुँनेको पनि ड्युटी फेरीएछ आर्को मानछे आयो । पहीलो पहरामा बसेकालेत कोठामा हिडी रहन दिएको थियो । ओडने ओच्क्षाउने कपडा नभएका कारणले रातीको एक बजे सम्म कोठामा हिडेरै समय बिताएको थिएँ । केही घण्टा पछि रात जाँनेछ भन्ने आशामा । तर आर्को नीर्दयीलेत कोठामा हिडडूल गर्न पनि दिएन । भनिन्छनि रातीमा एक समयत पानी माथि सुते पनि निद आउछ । हिड डूल गर्न नपाए पछि भित्ताको साहार लिएर उभिएकोत मीठो निद्रा लागेछ । निद्रामै ढलेछु धन्न कपाल फूटेन । त्यस पछी उठेर डण्ड बठैक लगाउन थाले जाडो भगाउन ।.मैले कसरत गरेको देखेर पहरामा बसेको सिपाईल,े “केगरेको चुप चाप बस” भनेर गाली गर्न थाल्यो ।“ यो भन्दा बर्ता केपो गर्न सकछौ तिमीे जल्लादहरू” भनेर मैले पनि बन्दी केठा बाट थर्काए पछि प्रहरी निरिक्षक काँहाँखबर पुगेछ । प्रहरी निरिक्षक मलाई हप्काउन अाँउदा त्यस्तो कठ्याङ्ग्रीदो जाडोमा पनि पसिना पसिन भएको देखेर दङ्ग पर्दै हप्काउन थाल्यो, “यो केगरेको”े ।मैल,े “कपासको दसेनामा सुतेर शीरक ओडेको जाडोको मौसमहोनि, जाडो बाट बचनत परोनि” भनेर जवाफ दिए पछि उसले मलाई केही बेर हेरेर नबोलीकन गयो । बिहानको पाँच बज्दा बज्खदै म लाई त्यहाँ बाट पनि निकालेर हातमा हतकडी लगाएर एकजाँना हवलदार र दुईजाँना पुलिसले लिएर हिडें । सायद बिहानको छ बजेको थियो होला काठमाण्डू जाँने बसमा मलाई हतकडी लगाएरै बसालीयो । नारायण गढमा काठमाण्डू जाँने बस छाडियो । नारायणी नदीमा पूल बनी नसकेकारणले पूर्ब पश्चिम आउने जाँने गाडीहरू लाई फेरीमा तार्ने गर्द थिए । मलाई पनि फेरीमा बसालियो । फेरी, तर्ने बेलामा हवलदार आफैले हतकडीको साँङ्लो आफना हातले समातदै मलाई फेरीको बीचमा राखने काम ग¥यो । सायद मैले नदीमा हाम्फाल्छकि भन्ने डरलेहोला । गैंडाकोट बाट मलार्ई बुटबलको बस पार्कमा ल्याईयो । बुटबलको बस पार्कमा उतारेर दायाँ बायाँ दुई जाना हतियार धारी पुलिस माज्झमा म अँगाडी मेरा हातमा लगाएको हतकडीको साङ्लो समातेर मर्ला डोराउँदै हवलदार हिड्न थाल्यो । मलाई साङ्लाले बाँधेर बुटबल बजारमा डोराउँदै लगेर बुटबलको पुलिस थानामा बुजाएर मेरा हातमा लगाएको हतकडी खोलेर लिएर फर्के हेटौडा बाट आएका पुलिस ।
मानिसको जीवनमा घटने घटनाहरू कति छिटो परिवर्तन भैरहँदा रहेछन । अगिल्लो रातीको त्यस्तो कष्टपूर्ण अवस्था बेहोरेर आएको मान्छे लार्इ आर्का दिन रातीको अवस्था सपनाहो कि बिपना छु्ट्याउन गकारो भयो । त्यो समयमा मैले तौलिहवामा छँदा एस एलसी पढने बेलामा पढाएको पुलिसको हवलदार बुटबल थानामा सरुवा भएर आएको रहेछ । पुलिस हीरासरतमा बस्दा के थाहा भयो भने थुनुवा राखने ठाउँमा पहरा दिने धेरै जसो पुसलिस जवानहरू लाई कुन मान्छे के बिषयमा थुनिएकोहो भन्ने थाह नहुदाँ पनि थुनुवामा परेका सबै लाई अपराधी लाई जस्तो ब्यबहार गर्दा रहेछन । बुटबल थानामा आफूले चीनेको हवलदार भेटिएका कारणले त्यहाँ बिस्तरा देखि सबै सुबिधा उपलब्ध भयो । थुनुवा कोठामा बस्न परे पनि पाहुना पर्न गएजस्तो भयो ।आर्का दिन न्वाइ धोई गरेर च्याट्ट परे पछि बजार घुमन मन लाग्यो । त्यहीं चीनेको हवलदारले एकजाँना पुलिस साथ लगाएर बजार जाँने ब्यबस्था मिलाई दियो । शैलून बाट दाडी कपाल काटेर बीरगञ्ज कारागारका कैदीहरूले बूानेको सक्ली ढाका टोपी लगाएर म अँगी अँगी पछि पछि यूनिफर्म लगाएको पुलिस हिंडदा बुजेका देखने मानछेले ठूलै सरकारी अफिसर हुन पर्छ भनेर लख काटन थालेछन । तर मत बन्दी थिएँ । म थानामा पुग्ने बित्किै थानेदारले मलाई आाफनो अफिसका बोलाएर बस पनि नभनि तपाई कुनहैसियतमा ल्याईनु भएकोछ भनेर सोधन था ल्यो । मैले पनि राज बन्दीका हैसियतमा भनेर जवाफ तुरुन्तै दिए । एउटा बन्दीले यूनिफर्म लगाएकको पुलिस लाई पछि लगाएर हिडे पछि तपाई बन्दीहो भने कसरी चिन्ने । यसरीत सिडीओ साहबहरू हिडनु हुनछ भन्दै अँगाडीको कुर्सीमा बल्ल बस्न भन्यो । बास्तवमा मेरो ब्यक्तित्व देखेर उस लाई जलन भएछ । आज सम्मको जीवन यात्रामा ब्यक्तित्व र स्वास्थ्यका सवालमा मै ले बरदानै पाएको रहेछु । पार्टीमा पनि कतिपय नेताहरूले मेरो ब्यक्तित्व सित इष्र्या गर्ने गर्द थिए ।
त्यस दिन सम्म मलाई किन बुटबल ल्याईयो र अब कहाँ लैजाने हुन भन्ने कुरा थाहा हुन सकेको थिएन । मात्र पेशीमा उपस्थित गराउन होकि भन्ने अनुमान मात्र गरको थिएँ । तपाईकोत हरिनारायण रजौरिया सित राम्रो सम्बन्ध रहेछ । वहाँ तपाईको जमानत बस्न काठमाण्डू बाट आज आउने कुरा रहेछ । बिषेश काम परेर आज आउन सक्नु भएनछ भोली आउदै हुनु हुन्छ । मेरो पनि वहाँ सित अलिकति कामछ तपाईले कुराई गराई दिन प¥यो भन्न थाल्यो । बल्ल मैले कुरा बुजे मलाई बुटबल किन ल्याईएको रहेछ भनेर ।
जाडोको महिना, चाँडैनै रात पर्ने । त्यस दिनत झन कुहीरो समेत लागेकाले ।जाडो अत्यधिक थियो । त्यसकारण म जाडो बाट जोगिन खाना नखाईकननै थूनुवा कोठामानै पसेर सुत्न्ो काम गरे । लग भग रातीको सात बज्दै थियो होला हवलदारले ज्ञवाली सर खाना खान नजाँने भन्दै थूनुवा कोठाको ढोकामा आएर पहरामा बसेको पुलिस लाई बन्दी कोठाको साँचो खोल्ने आदेश दिए पछि ढोका खुल्यो । म बाहीर निस्के । बाहीर बाक्लो कुहीरोका कारणले बिजुलीका बल्बको उज्यालो आफै ओरी परी सिमित भएका कारणले नजिकैको बस्तु पनि देखन गाहारो थियो । एका एक तीन चार जाँना मान्छेहरू,“ नमस्ते ज्ञवमाली सर” भन्दै हात मिलाउन आई पुगे । टिकाराम अर्याल, कमलअर्याल, टिकाराम पन्थी र नेपाल राष्टीयशिक्षक संगठन कपिलवस्तुका सचिव पशुपति मणि त्रिपाठी लाई आफना अँगाडी पाउँदा म पनि केही क्षणत दङ्ग परे । मलाई लिन दिउसै आएका रहेछन बटौलीमा । हरिनारायण रजौरिया काठमाण्डू बाट नआई पुगकाले त्यस दिन मलाई नछाडे पछि अरु शिक्षक साथीहरू फर्के पनि चारजाना साथीहरू बुटबलमै बसेका रहेछन । माथि चर्चा गरिएबा हवलदारको सम्बन्ध मसित भन्दा धेरै टिकराम अर्याल सित थियो त्यही पनि टिकाराम अर्यालले मलाई होटलमा खाँना ख्वाउन लान खोजदा हवलदारले “सर लाई मैले ख्वाई रशेकोछु भोली एकै चोटी लैजानुहोला” भनेर कुरा तकार्ए पछि साथीहरू होटल तिर लागे । म बन्दी कोठा तिर ।
प्रतिक्षको घडी ज्यादै पट्ट्याट लागदो हुने । भोली बन्दी जीवन बाट मुक्त हुने भैयो भन्ने भए छि रात भरी निदाउन सकिएन । आर्का दिनको बीहान पनि धेरै लामो भयो । बल्ल बल्ल दशत बज्यो तर बोलाईदैन ।बारह बज्यो बोलाउँदैनन । मनले छुट्ने कुराको आशा मार्न थाल्यो । एक बजे बल्ल मलाई लुम्बिनी अञ्चलाधीशको निवासमा लगियो ।अञ्चलाधीशको निवासमा हरिनारायण रजौरिया र अञ्चलाधी बसेर कुरा गर्दै रहेछन । मलाई त्यहाँ पुराए पछि केही बेर अञ्चलाधीशले केगर्न हुँने केगर्न नहुँने भनेर भाषण सुनाए र हरिनारायण रजौरियाको जिम्मा लगाएर मलाई तारेखमा छाडियो । अञ्चलाधीशको निबास बाट हामी दुबै जाँना बाहीर निस्क्यौ । अञ्चलाधीश निबासको मूल ढोका बाहीर टिकाराम अर्याल लगायतका साथीहरूमेरो प्रतिक्षामा बसेका रहेछन । हरिनारायण रजौरियाका साथमा म बाहीर निस्के देखे पछि सबै साथीहरूले मसित हात मिउँदै
हरिबाबु लाइ हात जोडेर नमस्कार गर्न थाले । हरिले आफू लाई गरेको नमस्कारकारको उत्तर सबै सित हात मिलाउदै दिए र मलाई, “मास्टर साहाब तपाई लाई जेजस्तो राजनीति गर्न मनछ गर्नुसर तर बैधानिकता बचाएर । तपाई प्रति कसैको दुर्भावना छैन तर सबैले उग्र,हठी कसैको कुरा नसुन्ने भात्रै भन्छन तपाई लाई । म तपाईको जमानत बस्न मात्रै काठमाण्डू बाट आज आएको हुँम । आजै मलाई काठ माण्डू पुग्नछ” भन्दै हरिनारायण हामी बाट बिदा भए ।
आज भन्दा चालीस बर्ष पहीलेको कुराहो आज जस्तो यातायातको सुबिधा नेपालमा कही पनि थिएन । त्यसकारण त्यस दिन पशिचम आउने साधन नपाए पछि हामी सबै जाँना साथीहरू अगिल्लो दिन बसेको होटलमा गएर बस्यौ । म त्यति बेला नेपाल राष्टीय शिक्षक संगठन कपिलवस्तुको अध्यक्ष पिन थिए । साथीहरूले हाम्र अध्यक्ष छुटको उपलक्षामा आज रमाईलो पनि गार्न पर्छ भन्दै भोडकाका शिशी खोल्न थाले । हुँदा हुँदै पीउनेलेत पीउनेनै भए कहील्यै नपीएकाले पनि पीउने काम भयो रमाईलो गर्न ।
आर्का दिन बिहानको बुटबल कृष्ण नगरको पहिलो बसमा हामी चड्रयौ । अरु तीन जाँना साथीहरू आ आफना विद्यालयमा गए टिकाराम अर्यालले मलर्इा लिएर मेरो घरमा आए । अ‍ोहो घरको अवस्थाको बणर्न कसरी गर्ने । बठन पुरा मौजाको उत्तर पश्चिमको अतिन्म कीनारामा बनेको पराले झोपडी । त्यसको पनि बर्षादमा बाछिटे पानीले भत्काई दिएका भित्ता ।जता ततै ह्वाङ्ङ । पुष महीाको नजिकको समय । मधूरा घाममा बाहीर खलामा बसेका कान्छी छोरी र कान्छो छोरा । दुबैका टाउका भरी खटिरा । नाक भरी सिगान त्यस माथी झिङ्गाको गोलो । गोठमा साना ठूला गरेर दश बारह जिउ भैंसी हाड छालाले मात्रै बेरीएका । पचास साठी जिउ बाख्रामा कोई मरेर कोई बनमै हराएर सकिएर जम्मा चार पाँच ओटा मात्रै । ती पनि मर्न न बाच्नका अवस्थामा । खलामा धान दाई गर्न त्यसै । दुबै जाँना कमैयाहरू हप्तौ दिन घरमा गएर आउँदै नआउने काम गर्न । मुनाले कमैयाहरूका बारेमा भने पछि बोल्न गाहारो भएर होला मुख छोपीन । ममा कसैलाई बोलाउने आँट आएन । जेल पर्नु भन्दा पहीलेको त्यति राम्रो फूलवारी जस्तो भरकोअवस्था आठ दश हीनाको बीचमा उजाड मरुभूमि भएको देखदा मेरा पाईला आँगन बाट अँगाडी बडा सकेनन । टिकारमजीले बुबा भन्दै पितजी लाई बोलाए पछि पिताजी भित्र बाट कोहो भन्दै बाहीर निस्कनु भयो ।पितजीको अवस्था देखदात झनै बैराग लाग्दो । बोल्न म पनि सकिन पितजी पनि सक्नु भएन । मैले केवल ढोग दिने मात्रैकाम गरे ।
खाना खाई सके पछि टिकामजीले तौलिहवामा पनि धेरै साथीले कुरेरबसेका छन । एक दिनका लागी तौलिहवा जाउँ त्यस पछि केही दिन घर आएर बस्नुहोला भन्दा पिताजी आजको रात मसित बस्न देउ बाबु त्यस पछि लैजाउला भन्नु भयो । म घरमै
बसे टिकारमजी जानु भयो । मेरो इक्षा, आकाङ्क्षा र भावना लाई बुजेर आफनो जीवान प्रयन्त तन,मन धन सबैले पिताजीले मलाई सहयोग गर्दै रहुनु भयो भने मैले कहील्यै पनि पिताजीको मनको कुरा बुजने कोशीस गरेन छु । पिताजीले मलाई कस्तो अवस्थामा देखन चाहनुहुन्छ भनेर । जति बेला मैले पितजीको मनको कुरा सुन्न चाहें, पितजीका मका कुा बुजेर सबै सुख दिन्छु भन्ने अठोट गरे त्यति बेला समम धेरै ढीला्े भैसकेछ । दमको राोगले भन्दा पनि मेरा कारणले पिताजी धेरै गलीसकनु भएको रहेछ । जीवनको अन्तिम अवस्थाम पुगी सक्नू भएको महसूस भयो । त्यो सबै बुजे पछि मनमा गाँठो पर्न थाल्यो । सबै उपाय हराय जस्तो भए एक्लै कतै बसेर ग्वाँ ग्वाँ रुन मन लाग्यो । बाँचन जनि बाबु आमाँ लाईरुवाउने मरे पछी बाबु आमाँका नाममा खीरको डल्लो पल्टाउनुको केही अर्थ हुँदो रहेनछ । बरु हात खुट्टा नचल्ने बृद्घा अवस्थामा अपमान नगरीकन नून माड दिए पित्रि रिण बाट मुक्त हुन सकिखछ । राती पिताजी खोंकीले सुत्न सक्नुएन । कुक्क्रूक परेर शीरानीमा मन्टो राखेर खोक्दा सास अरु बडेर बीहोस जस्तो हुनु भएछ । घरमा अँध्यारो थियो । छम छमाउँदै पिताजीको बिस्तरामा पुगे । बा ! भन्दै बिस्तरामा बसेर पिताजीको टाउको आाफना काखमा राखेर दबाउन थाले । धेरै बेर पछि बाले, “जा सुत मेरो दैेनिक जीवननै येस्तैछ” भनेर शीरानीमा टाउको लैजानु भयो । मैले गोडा तिर बसेर पैतला चाँपन थाले । पिताजी केही बेर आरामको नीद सुत्नु भयो । अनि फेरी जाग्नु भयो “जा बाबू जा सुत” भन्दै ।
पिताजीका दाँत बलिया थिए । आफू स्वयम पाक्य भएकाले खाँना पकाउन नसकदा मेरा परिवारले ढाडा चामल र मकैंका खट्टे भूटेर दिंदा रहेछन । धेरै दिन पछि त्यस दिन न्वाएर भन्सा पस्नु भयो । म घरमा जाँदा मेरा लागी पनि खाना पिताजीले नै बनाउनु हुन्थ्यो त्यस दिन पनि मैले पिताजीले पकाएको भोजन गरे । लग भग एक महीना जति पिताजीको स्वास्थ्यमा सुधार भए जस्तो महसूस हुन थाल्यो । मलाई पनि विद्यालयमा हाजीर गराईयो । म तौलिहवामा बस्न थाले । पिताजीले एक पटक मेरो मुख हेर्न मात्रै कूरेर बस्नु भएको रहेछ । म जेल बाट छुटेको एक महिना हुँदा हुँदै पिताजीले यो सन्सार बाट बिदा लिनु भयो । म भने कति अभागी, अन्याँयमा परेका मान्छेको सहयोग गर्छु भन्दा आफना पिता लाई जीवितै अवस्थामा अन्तिम दर्श गर्न पाईन । यदि हरिनारायण रजौरियाले सहयोग नगरेको भए मैले पिताजी लाई कहिल्यै देखन पाउने थिईन । हरिबाबुले मलाई जेल बाट छुटाउन सहयोग गरेका कारणले मैले अन्तिम अवस्थाका केही दिन भए पिताजीको काखमा बिताउन पाएँ । त्यसककारण उनीले लगाएको यो गुन मैले कसै गरे पनि तिरेर नसकने भए ।

mayadavi
Comments
Loading...