दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

लुमबिनी धर्म प्रदेशहाे

0

लुम्बिनी त धर्म क्षेत्रहो
मुक्ति
मलाई नेपालको मौलिक पहिचान केहो ? हामी जन्मेको माँटोको महत्व केकुरामाछ ? के नेपाल भाडाका सिपाइ जन्माउने देश मात्रै होत ? पराई देशका लागी बलिदान दिएर बहादुर जाति कहलिएको । यस बारेमा सबै नेपालीले जान्न पर्ने कुरा केछ भने भारतका फिल्डमार्शल मानेक शाले भनेका थिए,“यदि कसैले मर्न डरलागदैन भन्छ भने कित उसले ढाँटेको हुन्छ कि त्यो गोर्खाली हुन्छ” क्रूरर फासिष्ट तानाशाह भनेर बदनाम हिटलर पनि गोर्खालीको नाम सुन्दा डराउथ्यो भन्ने गरिन्छ । नयाँ नेपालको नीर्माण गोर्खाका राजा पृथिवी नारायण शाह द्वारा गरिएकाले आज सम्म पनि नेपालीहरू बिदेशमा गोर्खालीका नामले चिनिने गर्दछन । बीरता र परक्रमका कारणले सन्सारमा प्रसिद्घ नेपाली जातीले स्वयम आफ्रनो मात्रीभूिुमका लागी किन केहीगर्न सकिरहेका छैनन । आजको सन्दर्भमा भन्नेहो भनेत भाडाका सिपाही मात्रै होईन खाडीका मूलुकहरूका लागि कामदार जन्माउने देश बनेकोछ यो बीरहरू जन्माउने देश । मेरामनले उक्त याबत प्रश्नहरूको उत्तर खोजदै भौतारीरहँदा पनि उपयुक्त सामग्रीका अभावमा आफना मनको तिर्खा मेटाउन सकेको थिईन । इतिहास शीरोमणि बाबुराम आचार्यको नेपालको इतिहासको खोजमा केही मौलिकता भए पनि अरु सबै नेपालका इतिहास कारहरूले बिदेशी लेखकहरू बिषेश गरेर बृटिश, भारतीय र केही जर्मन लेखकका भनाईहरू लाई अनुबाद गरेका समाग्रीको अध्यन गर्दा नेपालको मौलिक पहीचाननै भेटाउन सकिएन । यहाँ सम्मकि शाक्य गण राज्यको राजदरबार तिलौराकोटको चार पाँच किलो मिटर भित्र तीन तीन जानाँ धर्म दूतहरू जन्मेर बुद्घत्व प्राप्त गरेको बिष समेत लाई बिदेशी इतिहासकार हरूले भ्रमपूर्ण र असत्य कुरा लेखदा समेत नेपालका विद्वानहरूले त्यसको राम्रोसित खण्डन गर्न सकेको देखिएन । त्यसकारण पनि तथ्यपरक सामाग्रीको ेअभावमा मौन बस्न परो । तर ढिलै भए पनि महा कवि युवराज शर्मा गौतमको “नैसर्गिक नेपाल महाकाब्य”मा नेपाल राष्टका बारेमा धेरै प्रकाश पाीरकोछ । महाकवि युवराजशर्मा गौतमको “नैसगिक नेपालमहाकाब्य मात्रै पढदा पनि नेपालको बास्तबिकता पहिचान गर्न मदत मिल्नेछ ।
नैसर्गिक नेपाल महाकाब्यको देस्रो सर्र्गोको ५४ श्लोकमा नेपालको इतिहासका बारेमा यसरी बर्णन गरीयेकोछ “त्यो सत्ययुगमा नामभन्छन‘सत्यपुरी’ थियो
त्रेतामा फेरियो नाम ‘तपोवनी’ हुँदो भयो ।
तेस्रो द्वापरमा‘मुक्तिका’ नामको पुरी
चौथो यो कलिमा भन्छौँ प्यारो ‘नेपालीका’ पुरी ।। यस बारेमा हिमबत्खण्डको अध्याय १६२मा पनि बर्णन गरिएकोछ । नेपाल राष्ट््रकै बारेमा लेखने मन हँदा हुँुदै पनि यहाँ चर्चा गर्न खोजिएको प्रशङ्ग अलग भएका कारणले यो बिषय लाई यहीं अपुरो छाडेर आँगाडी बडन परेकोछ ।
हाम्रो मूल बिषय लुम्बिनी “धर्म क्षेत्रहो”े भन्ने भएकाले हामीहरू सर्ब प्रथम “धमर्” केहो भन्ने बारेमा स्पष्ट हुँन पर्छ । आमरूपमा “धर्म” भन्ने बित्तिकै हिन्दू, इस्लाम, ईशायी, जैन, बुद्घ, सिख आदि भनेर बुजने परम्पराछ । तर यहाँ, हिन्दू ईस्लाम, ईशाई,जैन, बुद्घ, सिख आदि सम्प्रदाय हरूले “धर्म” भनेर मान्दै आएका परम्परा लाई “धर्मर्” भनेर चर्चा गर्न खोजिएको होईन । यहाँ जो बस्तबिक “धर्मर्” हो त्यसका बारेमा प्रकाश पार्ने प्रयत्न गरिएकोछ । हिन्दू, ईस्लाम,ईशाई, जैन, बुद्घ, सिख आदित “धर्मर्” नभएर अलग अलग सम्प्रदायहरू हुन । यी सबै सम्प्रदायहरूले आफूहरूले मान्दै आएको परम्परानै सनातन धर्महो र यहीनै सत्यहो अरुले मान्ने गरेका परम्पराहरू गलतहुन , आफना देवी देबता मात्रै असली बिश्वब्रह्माण्डको रचयिता भएको अरुले मान्ने देवी देबता गलत भएको जस्ता बिषय लाई महत्व दिदछन र मानव जातीमा बिभेद पैदा गरेर लडाई गर्दछन । इतिहास साक्षिछ यस्ता धर्मका नाममा गरिएका सम्प्रदाय हरूको बिबादले अरबौ मान्छेको ज्यान लिएकोछ भने असंख्य पशुपन्छीको पनि बली दिने गरिएकोछ । हिन्दू, ईस्लाम,ईशायी,जैन, बुद्घ, सिख आदि सम्प्रदायले मान्ने “धर्म” भनेको उक्त समुदायहरूले समय समयमा समाजमा शासन गर्दा बनाएका नियम कानूनहरू हुन । बिभिन्न सम्प्रदाय हरूले धर्मका नाममा गरिने शासन र ती शासन गर्नेहरूले फैलाएका भ्रम र त्यसता धर्मका नाममा हुने बिभेद, अत्याचार र दमन लाई मात्रै कार्ल मार्कसले “धर्म” अफिमहो भनेका हुन न कि प्रकृतिको बिधान लाई । कुनै पनि सम्प्रदायले “धर्म”का नाममा मान्ने गरेका बिषयहरूलाई “धर्म” भन्न सकिदैन ।
यदि उक्त समुदायहरूले परापूर्व काल देखि मान्दै आएका बिधि बिधान र परम्पराहरू “धर्म” हैनन भने “धर्म” भनेको केहोत ? कि धर्मनै छैन ? “धर्म” को अस्थित्वछ । धर्मलेनै सारा जगतको कल्याण गर्नेछ ।“ धर्म”ले समाज लाई बिभाजित गर्दैेन “धर्म”ले समाजमा एकता कायम गर्दछ । “धर्म” भनेकोत प्रकृतिको नियमहो, बिधिको बिधानहो, आर्को शब्दमा भन्दा “धर्म” भनेको बस्तुको गुँणहो स्वभावहो । चित्तले धारण गर्नेकुराहो । “धर्म” सर्बकालिक सर्ब देशिक हुन्छ ।“ धर्म”ले जात पात लिङ्ग केही चीजमा भेदगरेको हुँदैन । “धर्म” भनेको बोधीहो ज्ञानहो प्रज्ञाहो । धर्म सम्पूर्ण मानव जातिले स्विकार गर्न सक्ने सरल हुन्छ जटिल हुँदैन । उदाहरणका रूपमा हेरौ, यदि कसैको मनमा कुनै प्रकारको नराम्रो बीचार पस्यो भने त्यस्तो ब्यक्तिको मन अशान्त हुन्छ, बेचैन हुन्छ उसमा छट पटी पैदा हुन्छ । चाहे उसले आफू लाई हिन्दु भनोस बा मुस्लिम वा अरु कुनै पनि सम्प्रदायको । उ नेपालीहोस वा अन्य कुनै देशको मनमा बिकार पैदा भयो भने दुख शुरु हुन्छ । मन बाट सबै खाले बिकार समाप्त हुँदा स्वत सुख प्राप्त हुन्छ । यस्तो ब्यक्ति चाहे जूनसुकै देशको होस या सम्प्रदायको । “धर्म” प्रकृतिको नियम भएकाले यो पूर्णत भौतिक विज्ञान सित जोडिंदा जोडिदै पनि यसको चरित्र आध्यात्मिक रहेकोछ । “धर्म” सरल र आम मान्छेले बुजन सक्ने हुँदा हुँदै पनि, “धर्म” का नाममा सम्प्रदाय चलाउदै आएका समाजले यस बारेमा गरेका गलत प्रचारको प्रभावमा परेर अन्धबिश्वासको महाजालमा अल्झेकाहरू लाई, यहाँ जेजति “धर्म”का बारेमा बर्णन गरिएकोछ यतिले मात्रै भ्रम मुक्त हुन सक्ने अवस्था नहोला तर “धर्म”का बारेमा यदि कसैले वास्तबिकता बुझन चाह्यो भने उसले आफू स्वयमले अभ्यास गरेर, मानेर होईन प्रत्यक्ष ज्ञान प्राप्त गरेर थाहा पाउनेछ अर्थात आफना अनुभव द्वारा वास्तबिक “धर्म” कस्तो हुँदो रहेछ र यसले मानव जाति लाई मात्रै होईन सम्पूर्ण दृश्य तथा अदृश्य प्राँणी लाई लाई कति फाईदा कसरी पुराउदो रहेछ भनेर थाहा पाउन सक्नेछन । ।
जब तक चित्त शुद्घ हुँदैन तबतक,तीर्थ, ब्रत, दान, पुण्य कुनै बाट पनि भवसागर पार हुँन सकिदैन । त्यस कारण सर्ब प्रथम चित्तशुद्घ गर्न सक्न पर्छ । शुुद्घ चित्तले गरेको दानले फल दिन्छ । दान गर्दा धेरै वा थेरै भन्ने कुरा प्रमुख हुँदैन । यदि चित्त शुद्घ छैन भने सुनै सुनको पर्वत दान गरे पनि त्यसले कुनै फल दिदैन र यदि दान दिने र लिले ब्यक्तिको चित्त शुद्घ भयो भने एउटा गेडा चामल दान गर्दा पनि सुनको पर्बत दान गरे भन्दा धेरैफल मिल्छ । अर्को बाक्यमा भन्दा शुद्घ चित्तले गरेको दान,यो भवसागर पारहुँने मार्गमा कोशे ढुङ्गा हुन्छ । जसको चित्त शुद्घ हुन्छ उ बुुद्घ हुन्छ । बुद्घ कुनै ब्यक्ति बिषेशको नाम नभएर ज्ञानको बिषेशको नामहो । शाक्य राजकुमार सिद्घार्थ गौतमले सम्यक सम्बोधी प्राप्त गरे पछि मात्र्र उनी गौतम बुद्घका नामले प्रसिद्घ भए ।
हुनत बिभिन्न कल्पमा धेरै सम्यक सम्बुद्घ भएका छन तर ती सबै बुद्घहरूका बारेमा आफू लाई कलम चलाउन सक्ने ज्ञान नभएका कारणले केबल यो“भद्र” कल्पमा भएका चारओटा बुद्घहरू मध्य तीनओटा बुद्घ जन्मेको स्थानको मात्रै यहाँ चर्चा हुनेछ । अहिलेको समय लाई “भद्र” कल्पभनिदो रहेछ । एउटा कल्पले खरबौ बर्ष भोग गर्छ भन्ने मान्यता पनि रहेछ । एउटा कल्पको समयमा यो बिश्व ब्रमाण्ड सयौ पटक ध्वंस र नीर्माण हुुदा बास्तबिक धर्मको अस्थित्व हराउदै जाने र कुनै समयमा महापुरुष अर्थात सम्यक सम्बुद्घ भए पछि उसले हराएको धर्म लाई खोजेर प्रचार गरेर दुखमा डूबेका मानव लाई मुक्तिको बाटो देखाई दिने हुन्छ तर मुक्त हुनका लागी बुद्घहरूले देखाएबो बाटोमा आफै स्वयम हिडन पर्छ । आदि इत्यदि ।
यो भद्र कल्पमा पाँचओट सम्यक सम्बुद्घ हुने कुरा गरिन्छ जसमा चारओटा सम्यक सम्बुद्घ भैसकेका छन । जसमा कश्यपबुुद्घ, कक्रूछन्द बुुद्घ, कोणाँगत बुद्घ र शाक्यमुनी बुद्घ । भनिन्छ कश्पबुद्घको जन्म वनारसमा भएको थियो तर चाईनिज बौद्घ साहित्यमा कश्यप बुुद्घ पनि कपिलवस्तुमै जन्मेका थिए भनेर बर्णन गरिएकोछ । तर त्यस बारेमा तथ्यपूर्ण जाकारी नहुनजनी सुनेको कुरा मात्रैका आधारमा चर्चा गर्नु गलत हुनेछ । जहाँतक कक्रूछन्द बुद्घ, कोणाँगत बुद्घ र शाक्यमुनी बुुद्घको कुराहो यी तिनै जाना बुद्घको जन्म कपिलवस्तुमा भएको कुरा प्रमणित छ । यो कल्पमा हुँने पाँचौं अरिमैत्रेय बुद्घ पनि कपिलवस्तुमै हुनेकुरा “अरहन्त” भएका सन्तहरूले भबिश्य बाँणी गरेको कुरा सुन्नमा आएकोछ । सिद्घार्थ गौतमले बुद्घत्व प्राप्त गरे पछि वनारसको सारनाथम जून पञ्चबर्गी भिक्षुहरु लाई ज्ञान दिएर उनी पाँचै जाँन अरहनत भए ती सबै कपिलवस्तुका थिए । गौतम बुद्घले महासये सूत्र यही पकपिलवस्तु महाबना सुनाए । कपिलवस्तु महाबनमा महासमय सूत्र सुनेर शाक्य गण रज्य ढाई सये र कोलिया गण राज्यका ढाई सय गरी जम्मा पाँचसये राजकुमारहरू अरहन्त भएका थिए । आज आएर कपिवस्तु महाबनमा पनि एउटा ध्यान केन्द्रखोलिएकोछ जहाँ विपश्यना सिकाईन्छ
गौतम बुद्घ भन्दा पहिलेका बुद्घ हरूले दिएका ज्ञानको आम जनताले बुजने गरी कुनै प्रचार प्रसार भएको पाईदैन, तर शाक्य मुनि बुद्घले आफना जीवन कालमा दिएका बयासी हजार र उनीका शिष्यहरूले दिएका दुईहजार गरी जम्माचौरासी हजार उपदेशको भने ब्यापक प्रचार भएकोछ । सिद्घार्थ गौतम बुद्घले भौतिक बाद र अध्यात्म बादलाई अन्तर घुलन गरिदिएका कारणले यो बिद्या बैज्ञानिका साथै आध्यामिक पनिछ । त्यसकारण यो विद्या लाई प्रयोग गरेर बुजन सकिन्छ ।
राजकुमार सिद्घर्थ गौतमले राजकीय सुख सुबिधा त्यागेर लगातार छ बर्ष सम्म गूफा कन्दरा अदिमा पुगेर शरीर लाई ठूलो कष्ठ दिएर तप आदि गर्दा पनि कुनै ज्ञान प्रप्त नभए पछि अन्तमा जीर्ण शरीर भए पछि केहीगर्न नसक्ने देखेर उनीले सुजाताले दिएको खीर खाएर ध्यान गर्दा उनीले बोधी प्राप्त गरेर उनी सम्यक संमबुद्घ भए ।
सिद्घार्थ गौतमले बोधी प्राप्त गर्दा “विपश्यना” (ध्यान) गरेर सम्यक सम्बुद्घभएको कुराको प्रमाणित इतिहास भएका कारणले यस बारेमा यहाँ थप चर्चा गर्न आबश्यकता छैन । “विपश्यना”का बारेमा धेरै राम्रो सित प्रकाश पारिएका सामाग्रीहरू धेरै छन ।“ विपश्यना” प्रयोगात्मक बिषय भएकाले जसले यस बारेमा बिषेश जान्न चाहन्छ उसले कम समय कम एउटा दश दिबसीय शीबिरमा भाग लिन आबश्यक हुन्छ । त्यस पछि “विपश्यना” बाट हुने लाभको प्रत्यक्ष अनुभव हुनेछ । शरीर लाई स्वस्थ राखन योग, ब्यायाम, खेलकूद आदि कसरत गरे जस्तै मन लाई स्वस्थ राखन विपश्यना गर्न आबश्यकछ । यस अर्थमा विपश्यना लाई मनको कसरत पनि भन्न सकिन्छ । यदि मन रोगी भयो भने तन रोगी हुने कुरा लाई कुनै चिकित्सकले पनि रोकन सक्दैनन । त्यसकारण शारीरिक तन्दुरुस्तीका लागी पनि मन लाई निरोगी राखन आबश्यक हुन्छ । मन लाई नीरोगी राखन सकने एक मात्र बाटो विपश्यनाहो । योत विपश्यनाको सामान्य फाईदाका कुरा भयोे । यो विद्याको बिषेश फाईदा भनेको विपश्यना गर्दे अँगाडी बडने मान्छेले भवसागर पारहुँने मार्ग भेटाउन सक्छ । विपश्यना विद्या सिकाउने केन्द्रहरूमा जात पात लिङ्ग, देश अदि कुनै पनि चीजको भेद हुुँदैन । विपश्यना विद्या सिक्न चाहने सबै लाई बिना भेद भाव यो विद्या सिकाईनछ । विपश्यना विद्या बिना भेदभाव आफू लाई हिन्दू, बौद्घ, सिख, ईशाई,ईस्लाम, जैन आदि हुँम भन्ने सबै सम्प्रदायहरू लाइर्नै बिना भेदभाव समान रूपले सिकाईनछ । यादरहोस विपश्यना विद्या सिकाईने केन्द्रहरूमा धर्मका नाममा कुनै संप्रदाय प्रति झुकाव राखने वा अलग संप्रदाय खडा गर्ने काम हुँदैन ।
आजको बिश्वमा, बिज्ञान र प्रबिधिको चरम बिकासका कारणले जे जस्ता सुबिधा मानव जातिले मात्रै होईन सम्पूर्ण प्राँणिहरूले उपयोग गरेर लाभान्वित भएका छन त्यसको पचासौ गुणाँ धेरै मानसिक पिडा मनुष्य जातिले भोगन परेकोछ । विज्ञान र प्रबिधिले गरेको चरमोत्कर्षको सुबिधा उपयोग गर्ने क्रममा सन्सारका मान्छेहरूको मनको अशान्ती पनि चरमोत्कर्षमानै पुगेकोछ । जताहे¥यो उतै अशान्ती देखिदैछ । सबैको मन कुनैन कुनै समस्याका कारणले दुखीभएकोछ । अरुले बाहीर बाट हेर्दा सबै कुरामा सम्पन र सुखी देखिने मान्छे लाई जव नजीक बाट हेर्न ेमौका मिल्छ तव थाहा लागद उ कति दुखी छ । ऊ दुखका कारणले कति ब्याकूलछभन्ने कुरा । वास्तबमा मान्छे सित सबै कुरा हुँदा हुँदै पनि केही नभए जस्तो गरी छट पटाई रहेका छन । जता हेरो उतै ब्याकूलता देखिन्छ । कसैले पनि आफू लाई सुखी भएको पाउँदैन कुनैन कुनै कारणले ऊ दुखी देखिन्छ । जसका कारणले समाजमा हिंसा र प्रति हिंसा भैरहने गर्दछन । सन्सारका केही शक्तिसाली राष्ट्र्हरू लाई कुनै चिजको कमी देखिदैन तर त्यहाँका शासक बर्गको मनरोगका कारणले उनीहरू आपसमा लडन थान टेकेर बसेका छन । जसका कारणले हर बखत बिश्वयुद्घको खतरा बनीरहेकोछ । येस्तो अवस्था बाट संसार लाई जोगाउन सक्ने अचूक अश्त्र भनेको विपश्यना बिद्यदाका्े अभ्यासनैहो । यदि सबैले विपश्यना विद्या बाट हुने लाभका बारेमा आम मानिस लाई बुजाएर अभ्यास गराउन सक्नेहो भने सबै मनोरागी आ आफना मनोरोग बाट मुक्त हुँदै जान थाल्नेछन र सन्सार आजको अवस्थामा भन्दा धेरै शान्त र सुखी हुुँनेछ । शान्ती पूर्बक विज्ञान र प्रबिधिको बिकास लाई मानव जातीले उपभोग गर्ने अवस्था पैदा भयो भने यो संसार सबैका लागी स्वर्गहुँनेछ ।
शाक्य राजकुमार सिद्घार्थ गौतमले यहीं बिपश्यना विद्याको अभ्यास गरेर बोधी प्राप्त गरी सम्यक सम्बुुद्घ भएर आफना जीवनका बाँकि पैतालीस बर्ष यही विपश्यना विद्याको अभ्यास आम मान्छे लाई गराउदै जाँदा लाखौ मन्छे दुख बाट मुक्त भएको इतिहास साछी छ । आज सन्सारमा विपश्यना विद्या सिकाउनका लागी सयौं ध्यान केन्द्रहरू खोलिएका छन र आम मान्छेले विपश्यनाको महच्त्व बुजदै जाँदा भबिश्यमा हजारौं ध्यान केन्द्रहरू खोलिदै जाँनेछन । आजको अबस्थमामा नेपालमा पनि पूर्ब मेची देखि पशिचम महाकाली सम्मनै सोरह स्थानमा ध्याान केन्द्र स्थापना भएर ती स्थानहरूमा नियमित रूपमा विपश्यना सिकाईदैछ । लुम्बिनीका रुपन्देही, पाल्पा, कपिलवस्तु र नवलपरासीमा ध्याानकेन्द्र खोलिएका छन । महा मानव गौतम बुद्घ जन्मेको स्थान लुम्बिनीमा यस क्षेत्रको सबै भन्दापुरानो “धम्मजननी” विपश्यना केन्द्रछ । जसको शिलान्यास बिश्वविपश्यनाचार्य श्री सत्यनारायण गोयन्का ज्यूले गर्नु भएको थियो । त्यस पछि सात आठ बर्ष पहिले पाल्पामा “धम्मशीर्ष” स्थापना भयो । चार पाँच बर्ष पहिले मात्रै परासीमा “धम्मगाम” विवश्यना केन्द्र स्थापना भयो । आजको परासी जिल्ला प्रचीन को्लिया राज्य भित्र पर्दछ । यो भगवान बुद्घको मावली देशहो । परासी जिल्लाको रामग्राममा भगवान बुद्घको अस्तु आज सम्म पनि सुरक्षित छ । यस क्षेत्रको सबै भन्दा पछिल्लो ध्यान केन्द्र, कपिलवस्तुको बाँणगङ्गा नगर पालिकाको वडा नम्बर आठको कपिलवस्तु महाबनमा स्थापना भएको “धम्मनन्दन” विपश्यना केन्द्रहो ।
१. दुःख छ । २. दुःखका कारण छन । ३. दुःख निबारण हुन्छ । ४.यसको उपायछ । यिनै चार आर्य सत्य पत्ता लगाए पछि सिद्घार्थ गौतमले बुद्घत्व प्राप्त गरेर सम्यक समबुद्घ भएका हुन । उक्तचार आर्य सत्य सिद्घार्थ गौतमले विपश्यना गर्दै अन्तर मुखि भएर थाहा पाएका हुन । आफूले आफैलाई आफनो अन्तरमन भित्र पसेर आफू भित्रको सत्य थाहा पाउनुनै विपश्यनाहो । गौतम बुद्घले आफनो लामो स्वअनुभव बाट सम्पूणर््ा दुख बाट मुक्त हुनका लागी यो मात्र एउटा बाटोहो भनेकाछन । विपश्यना विद्याको अभ्यास बाट बुद्घ पछिका तीन सये बर्ष सम्मकरोडौ नरनारीहरू दुख मुक्त भएको इतिहास पढन पाईन्छ । समय बित्तै जाँदा बुद्घका अनुयायी हरू अठारह समुह भएछन । त्यस पछि सम्राट अशोका गुरुमुगली पुत्र तिस्सले,“बुद्घको शिक्षाको एउटै मार्ग विपश्यनाहो भनेर अरु सत्रओटा बिचार लाई खारेज गरेर विपश्यना विद्याको बिभिन् देशमा प्रचार गराएछन । विपश्यना शिक्षा लाई सन्सारका धेरै देशमा पु¥याउन सम्राट अशोकको धेरै ठूलो योग दान भएका कारणले समा्रट अशोक लाई धर्म अशोक पनि भनिन्छ ।
विपश्यना विद्या उधारो विद्या होईन । यो विद्याको सही तरिका ले अभ्यास गर्ने ब्यक्तिले तुरुन्तै लाभ पाएको हुन पर्छ । दुःख सुखको अनुभवत मनले गर्नेहो । विपश्यना गर्ने ब्यकितको मनले दुख कमहुँदै गएको महशूस गर्न पर्दछ । यदि विपश्यना गर्दा पनि विपश्वीको मनमा उठने ब्याकूलता कमनहुनेर मन दुखी भैरहनेहो भने यो विद्याको अभ्यास गर्दा कुनै त्रुटी भएकोछ भनेर बुजन जरूरी हुन्छ । सही तरिकाले अभ्यास गर्न छाडे पछि यस विद्याको अभ्यास बाट हुन पर्ने लाभ महसूस हुँदैन र मान्छेले यसको अभ्यास पनि गर्न छाडदछन । विपश्यना विद्याको सही तरिकाले अभ्यासगर्न शीलको पालना गर्न पर्छ । शील सही ढङ्गले पालन गरेपछि चित्त एकाग्र हन्नछ जसलाई समाधी भनिन्छ । समाधी ठिक भए पछि प्रज्ञा प्राप्त हन्नछ अर्थात प्रयोगात्मक ज्ञान प्रप्तहुन जान्छ र मनको शान्तीको फलामे ढोका खोलिन्छ । त्यस पछि सुखको सागरमा गोता लागीरहन्छ ।
सक्कली बस्तुमा नक्कली बस्तु मिलाएर फाईदा लिन खोजने मानव जातीको चरित्र रहेछ । येस्तो काम परा पूूर्व काल देखि हुँदै आएको रहेछ । सक्कली बस्तुमा नक्कली बस्तु मिसाबट गरे पछि सक्कली बस्तु पनि नक्कली जस्तो हुन्छ र त्यस प्रति मान्छेको अबिश्वास पैदा हुनछ । अबिश्वास पैदा भए पछि त्यो बस्तुको प्रयोगर्न छाडिन्छ । यो कुरा बीचार वा सिद्घान्तमा पनि लागु हन्नछ । यो कुरा विपशयना विद्यामा पनि लागु भयो ।अशोक सम्रट पछिका एकआध सये बर्ष विपश्यना विद्याको सही तरिाले अभ्यास भए पनि त्यस पछि यसमा धेरै कुरा मिसबट हुान थायो र मान्छेले यस विद्याको अभ्यास गर्न छाडे । आज भन्दा एकहजार बर्ष पहिले अर्थात ईशाको दशौं वा एगारहौं सदि तिर आएर बर्मा देशका एक जाना धम्दर्शी नाम गरेका अरहन्त भिक्षुले बुद्घका शिक्षा लाई शुद्घ रूपमा प्रचार गरे । त्यस पछि गुरुकूल परम्परामा बिपश्यना विद्या थोरै मान्छेका बीच भए पनि सुरक्षित भएर आयो । पछिल्लो समयमा सन (१८४६ —१९२३) बर्मा देशमा अरहन्त भिक्षु लेडिसयाडोले यदि विपशयना विद्या सिकाउने काम केवल भिक्षुहरूले मात्रै गर्नेहो भने यो विद्या केवल बौद्घ मार्गीको मात्रै हो भनेर अरु मान्छे दुख मुक्तः हुने विद्या बाट बञ्चित हुनेछन भनेर गृहस्त लाई पनि विपश्याना बिद्या सिकाउे कामगर्दा आज बिश्व भरका सबै सम्प्रदायका मान्छेहरू विपश्यना विद्या सिकेर लाभान्वित भएका छन । लेडी सयाडोका शिष्य सया थेँग्यी, सया थेत्ग्यीका शिष्य वेवु सयाडो, वेवु सयाडो पछि सयाग्यी उ बा खिन उ बाखिनका शिष्य सत्यनारायण गोयनकाले विपश्यना विद्या आज पुनः सन्सार भरी फैलाउने पुनित काम गर्नु भएकोछ । अरहन्त सन्तहरूको भनाई अनुसार बुद्घानुशासनको पच्चीस सये बर्ष पश्चात पुन विपश्यना विद्याको पुनर्जागरणभै आगामी पाँचसये बर्ष सम्म मानव समाजको सेव गर्नेछ । एउटा कुरात हामी पनि भन्न सक्छौ अबको सये बर्ष भित्रै सारा सन्सारका मान्छे विपशयना विद्याको सरणमा आउनेछन । किनकि विज्ञानले जतिसुकै चमत्कारिक बिकास गरे पनि मानिस लाई दुख बाट मुक्त गर्न सकेको छैन र सकने पनि छैन । दुख बाट मुक्ति सबैले चाहेका छन ।दुख बाट मुक्ति, विपशयना विद्याको अभ्यास बाट मात्रै समभवछ । संसार भर आज विपश्यना विद्याका बारेमा जसरी चासो जागदैछ यतिले मात्रै दुखको बैतरणीमा अल्झी रहेका आम सबसाधारण मान्छेले यो जनकल्याँण कारी विद्याका बारेमा थाहा पाएर दुःखको बैतरणी बाट मुक्त हुँन समभव हुँदैन । यो विद्या भनेको स्वअभ्यास द्वारा राजा देखि रङ्क र धनी देखि गरीव सबै समान रूपले दुःख मुक्त हुन सक्ने भएकाले भबिश्यमा आम जनताले यसको महत्व बुजेर यस विद्याको अभ्यास गर्न थाले पछि यो विद्या शिकाउन संसरमा लखौं ध्यान केन्द्र खोलिदै जाँनेछन । लाखौं ध्यान केन्द्रखोलिए पनि यो विद्याको प्रभावले खिचिदै यसको सम्पर्कमा आउने मन्छे लाई ती लाखौं ध्यान केन्द्र पनि धान्न नसकेर महँगा होटलहरू किरायमो लिन पर्ने दिन पनि नअउलान भन्न सकिदैन । हाम्रै नेपाल त्यसमा पनि लुम्बिनी अञ्चलको कुरा गर्नेहा भने, आठ दश बर्ष पहिले सम्म बुद्घ भगवानको जन्मस्थल लुम्बिनीमा मात्र एउटा विपश्यना शिकाउने ध्यान केन्द्र थियो । यो आठ दश बर्ष येता पाल्पा, परासी र कपिलवस्तुमा पनि ध्यान केन्द्र खुली सकेका छन । यदि कोभिड जस्तो महामारीको प्रभाव नपरेको भए लुम्बिनी अञ्चलका चारओटै ध्यान केन्द्रमा उल्लेख्य विपश्वि साधक हरूको सहभागिता हुने थियो
इतिहास लाई अनुसन्धान गरेर अध्यन गर्नेहो भने सिङ्गो नेपालनै धर्मक्षेत्रहो भन्ने प्रमाणित हुनेछ । त्यसमा पनि लुम्बिनी अञ्चलको कुरा र्नेहो भने, यहाँ काली गङ्गाको काखमा भएको पबित्र रुरुधाम,रेशुङ्गा र शृङ्गी घाट जस्ता प्राचीन कालमा रिषी मुनीहरूले तपस्या गरेका तपो भूमीछन । रीषि मुनिको कुरा गर्दा हामी तथाकथित भौनिक बादीहरूले आज कल मठ मन्दीरमा देखिने सम्प्रय बादीनाम धारी साधुहरू सित तुलना गर्दै नाक खुम्चाउने गर्दछौ । प्राचीन कालमा गूफा कन्दरा वा जङ्गलमा बसेर रितु र प्रकृतिको अध्यनमा आफनो जीवन खर्चेर प्रकृतिका बारेमा सत्य तथ्य पत्ता लगाउनेहरू ठूला बैज्ञानिक अनुसन्धान कर्ता थिए । सँस्कृत भाषा ब्याकरणका रचयिता पाँणिनि पनि यही लूम्बिनी अञ्चलकानै थिए । लुम्बिनीको नाम धर्मक्षत्र राखन का लागी यहाा येस्ता धेरै प्रचीन इतिहास हरू छन तर पनि यो सामाग्रीमा केवल बुद्घहरू सित सम्बन्धित बिषयको चर्चाका आधारमा लुम्बिनी धर्म क्षेत्रहो भनिएको हो । वास्तवमा लुम्बिनी धर्म क्षेत्रनैहो
भगवत गीतामा वर्णन भएअनुसार कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको लडाई (जस लाई महाभारत भनिएकोछ) मा लाखौं लाख मान्छे मरिए । त्यो थाउँ लाई धर्म क्षेत्र मनिएकोछ तर जहाँ तीन तीन जनााँ धर्मदूत हरू जन्मे जस्ले सारा सन्सार लाई शान्तीको बाटोमा हिडाए । जसका प्रभावले चण्ड अशोक धर्म अशोकमा रूपान्तरण भयो त्यस्ता धर्म दूत जन्मेको क्षेत्र लाई किनधर्म क्षेत्र नभन्ने ?
। कपिवस्तु लाई खुला संग्राहालय भन्नेत गरिन्छ र कपिलवस्तु खुला संग्रालय हो पनि तर कपिलवस्तुका बारेमा जून गहीराईका साथ अध्यन अनुसन्धान हुन पर्नेहो त्यो आज सम्म हुन सकेको छैन । कपिलवस्तुका बारेमा लेखिएका ऐतिहासिक तथ्यहरूको समेत गहीराईमा पुगेर अध्यन नभएको देखिन्छ । कपिवस्तु महाबन जहाँ पााचसये भिक्षुहरूले गौम बुद्घ बाट महासमय सुत्त (सूत्र) सुन्दा सुन्दै अरहन्त भएका रहेछन । यति महत्वपूर्ण स्थाकनको समेत आम जनकारी भएको पाईएन ।

mayadavi
Comments
Loading...