दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा प्राचिन तिलौराकोट सरसफाई कार्यक्रम सम्पन्न

0

बबिता गिरी, तौलिहवा

आजको दिन (अगस्त १२) यस वर्ष पनि संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । व्यक्ति , परिवार , समुदाय , राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यो दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्छ।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । सरकारी स्तरमा परिषद्को अगुवाइमा विसं २०७३ देखि मनाउन थालिएको हो । सरकारले विसं २०७२ मा युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ । नेपालमा कुल जनसङ्ख्याको ४०.३ प्रतिशत युवा छन् ।

सोही अवसर परेर आज कपिलवस्तुको तिलौराकोट युवा क्लबले पनि अन्तर्राष्ट्रिय युवा दिवस २०७८ मनाएको छ ।

भगवान गौतम बुद्धको राजधानी तथा क्रीडास्थल रहेको तिलौराकोट राजदरवार क्षेत्र सरसफाइ तथा मास्क वितरण गरि दिवस मनाएको हो ।

“रोजगार प्रवर्द्धन र वातावरण संरक्षणमा युवा संलग्नता” भन्ने मुल नारा सहितको सो कार्यक्रममा कार्यक्रमको अध्यक्षता तिलौराकोट युवा क्लबका अध्यक्ष रामशब्द यादबको रहेको थियो भने कार्यक्रममा कपिलवस्तु नगरपालिका वार्ड न.६ कि वार्ड सदस्य सरिता गौतम, तिलौराकोटका वाल क्लबका प्रतिनिधिहरु, युवा क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो ।

तिलौराकोट युवा क्लबको आयोजनामा गरिएको सो कार्यक्रममा कपिलवस्तु नगरपालिका र लुम्बिनी एकिकृत संस्था (लिडो) को सहयोग रहेको थियो

mayadavi
Comments
Loading...