दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

कपिलवस्तुबाट ब्राउन सुगर सहित २ जना पक्राउ

0

कपिलवस्तु-कपिलवस्तुमा २३ ग्राम ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । कृष्णनगर चन्द्रौटा सडक खण्डमा कृष्णनगरबाट चन्द्रौटा तर्फ जाँदै गरेको लु १५ प ११९४ नं.को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध सहित दुई जनालाई नियन्त्रणमा लिइएको छ ।

कृष्णनगर नगरपालिका ०८ बहादुरगंज चोकमा लागुऔषध लिई आईरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट र ईलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको संयुक्त प्रहरी टोलिले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कपिलवस्तु कृष्णनगर नगरपालिका ०२ पानिट्याङ्की बस्ने वर्ष ३८ जमिल भन्ने अकिल खाँ र प्युठान न.पा ०८ खप्रिङ खोला बस्ने वर्ष २९ बिकास महोतरा क्षेत्रीलाई पक्राउ गरिएको छ ।उनीहरुको साथवाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ २३ ग्राम बराबरको लागुऔषध, डिजिटल तौल गर्ने हाते मेसिन थान १, नगद रु ८८० र मोबाईल फोन थान १ थान र क्षेत्रीको साथवाट नेपाली चौध हजार ,मोबाईल एक् थान नियन्त्रणमा लिइएको छ ।

global bank
Comments
Loading...