काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्रीले प्रतिबद्धता जनाएसँगै डा. केसीले सत्याग्रह स्थगित गरेका छन् ।
मंगलबार प्रधानमन्त्री निवासमा प्रधानमन्त्री देउवा र केसीबीच भेटघाट भएको थियो । भेटघाटमा केसीले आफ्ना मागबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
प्रधानमन्त्रीले माग पूरा गर्न प्रतिबद्धता जनाएको भेटघाटमा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए । डा. केसीले पनि विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीबाट प्रतिबद्धता आएकाले तत्कालका लागि सत्याग्रहको कार्यक्रम स्थगित गरिएको जनाएका छन् । उनले ५ बुँदे माग राखेर भदौ ३ गतेबाट सत्याग्रह थाल्ने अल्टिमेटम दिएका थिए ।(ekantipur)
