दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

वन क्षेत्र अतिक्रमण गरि बनाइएको पक्की घर भत्काइयो

0

काठमाण्डाै – डिभिजन वन कार्यालय दाङले एक वर्षमा झण्डै १५ हेक्टर अतिक्रमित वन क्षेत्र खाली गरि वृक्षारोपण गरेको छ ।

अतिक्रमित एक सय हेक्टर वन क्षत्रमध्ये झण्डै १५ हेक्टर वन क्षेत्र खाली गराएर बोटबिरुवा लगाइएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरपालिकाकाे एक, बबई गाउँपालिकाको तीन र शान्तिनगर गाउँपालिकाको एक गरि ५ ठाउँमा गरिएको अतिक्रमण खाली बनाइएको छ ।

वन क्षेत्र अतिक्रमण गरि पक्की घरसमेत बनेका ठाउँमा भत्काएर खाली गराइएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । वन क्षेत्र कब्जा गरि प्लटिङ गरेर संरचना बनाइएको जानकारीपछि ती क्षेत्र खाली गराइ तारबारसहित वृक्षारोपण गरिएको सूचना अधिकारी केसीले बताउनुभयो ।(उज्यालो )

aataal sement
Comments
Loading...