दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

कपिलवस्तुको शुद्धोधनद्धारा अपांगता भएका १० जनालाई स्कुटी प्रदान

0

कपिलवस्तु : दैनिक जीवनमा सहजाता ल्याउन कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले अपांगता भएका १० जनालाई चार पाङ्ग्रे स्कुटी प्रदान गरेको छ । अपांगताका कारण हिडडुल  गर्न नसक्दा कष्टकर जीवन बिताईरहेका उनहिरुलाई सो स्कुटी प्रदान गरिएको हो । आईतावार गाउँपालिका प्रमुख निसार अहमद खाँ, उप प्रमुख सुधादेबी पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले उनीहरुलाई स्कुटी र साँचो हेलमेट हस्तान्तरण गरेका थिए । स्कुटी टिभिएस कम्पनीको १ सय १० सिसिको रहको छ

कुल २१ लाख लागतको स्कुटी प्रदान गरिएको प्रमुख खाँले बताए । अघिल्ल्लो आर्थिक बर्ष पनि १० जना अपांगता भएका ब्यक्तिलाई पालिकाले स्कुटी प्रदान गरेको थियो । चालु आर्थिक बर्षकालागि पनि १० जना अपांगता भएका ब्यक्तिलाई स्कुटी प्रदान गर्न २२ लाख बजेट बिनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए । सानै उमेरमा पोलियोका कारण खुट्टामा समस्या आई हिडडुल गर्न नसकेका पालिकाको वडाहरुबाट प्राथमिकताका आधारमा छनौट गरी १० जनालाई स्कुटी प्रदान गरिएको प्रमुख खाँले बताए ।

पालिका उप प्रमुख पाण्डेयले अपांगता भएका ब्यक्तिहरुको दुःखी जीवन देखेर नै पालिकाले उनीहरुलाई स्कुटी दिएको बताईन । स्कुटी पाएर अपांगता भएका ब्यक्तिहरु खुशी भएका छन ।उनीहरुले दुःखी जीवनमा स्कुटीले खुशी दिएको बताए । पालिकाको वडा नम्बर ३ गुलरी घर भई रुपन्देहीको तेनुहवा सामुदायिक बिदालयमा कक्षा १२ मा अध्ययनरत अन्जना कुर्मीले स्कुटीले आफुलाई अध्ययनमा निकै सहजता थपेको बताईन । आधा घन्टा लगाएर देनिक बिदालय साईकलमा आउजाउ गर्ने गरेकी उनले अब भने ५ मिनट मै बिदालय पूग्ने बताईन ।

aataal sement
Comments
Loading...