दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

स्पष्टिकरण

0

स्पष्टिकरण
मेघराज ज्ञवाली
पिताजीले मलाई समझाउँदै, पटक पटक भन्ने गर्नुहुन्थ्यो, “लोकापबाद न निको अनि को सहन्छ” वास्तबमा लोक अर्थात जनता द्वारा गरिने आलोचना, अपबाद, आरोप वा घृणा ननिको हुन्छ । अर्थात सहन नसक्ने हुन्छ त्यसकारण अपबाद आउने काम गर्न हुँदैन । अपबाद आउने काम गर्न बाट बच्न पर्छ । यदि आफू अपबाद आउने काम बाट बच्दा बच्दै पनि जोगिंदा जोगिंदैन पनि आम जनमानस बाट मात्रै होईन एक जाँना ब्यकितले पनि आफना बारेमा प्रश्न उठायो भने त्यस लाई सहज रूपमा लिएर आफू माथि उठाईएका बिषय लाई स्पष्ट परिदिएर प्रश्न उठाउने ब्यक्ति लाई भ्रम मुक्त गराउन पर्छ । किनकि सार्बजनिक जीवन जिउने ब्यक्ति माथि समाजको औला उठाउने अधिकार हुन्छ र औला उठछन पनि । तर सार्वजनिक जीवन बनाएका ब्यक्तिले जनता बाट उठाईने औंला लाई बदलाका भावनाले नलिएर सहज रूपमा लिदै आफू जेहो त्यही रुपमा प्रस्तूत हुन सक्न पर्छ । यदि अफू बाट कुनै सामाजिक अपराध भएका छैनन भने, यदि आफू बाट कुनै पनि प्रकारले अर्थात मनसा कर्मना बाचा बाट राष्ट घात भएको छैन भने, यदि आफू बाट जनताको बिश्वास माथि खेल्बाढ गर्ने काम भएको छैन भन,े बिषय लाई तोड मरोड नगरीकन जस्ताको तस्तै जनताका सामु राखने हो भने आफू माथि भ्रमबस लगाईएका आरोप हरू बिलाएर जान्छन । तर आफनो े ब्यक्गित स्वार्थका लागी आफूले गरेका जनघात, राष्टघात वा सामाजिक अपराधका घटनाहरू लाई ढाकछोप गर्ने नाटक गर्दै चोखिन खोजियो भने जनताले माफ दिदैनन झन पछि झन बदनाम हुँदै गईन्छ । यस्ता बिषयमा सदै चनाखो हुन पर्छ ।” म पनि मन्छे हुम म बाट बिगतमा गल्तीत भए तर भ्रष्टाचार, जनघात र राष्टघात जस्ता जघन्य अपराध कहिल्यै नभए करणले मलाई चिन्ने जान्नेहरूले मलाई ईमानदार भन्ने गर्दछन । बिगतमा म बाट भएका जेजस्ता कमी कमजोरी हरू भए ती सबैले मेरो ब्यकितगत जीवन लाई मात्रै प्रभाव पारे । राष्ट वा समाज लाई कुनै असर पारेनन । यस सम्बन्धमा स्मरणीय कुरा केछ भने जून जून समयमा मैले पिताजीका उपदेश लाई बेवास्ता गरेर काम गरे ती ती समयमा म बाट गल्ती हुन गये ।
प्रत्यक घटनाका पछाडी कुनैन कुनै कारण हुन्छन । कारण नभै कुनै घटना हुँदैन । यहाँ मैले आफू सित सम्बन्धित बिषयमा उठेका प्रश्नहरूको स्पष्टिकरण दिन गई रहेका कारणले स्वकेन्द्रीत बिषय धेरै उठाईनेछ । म राजनीतिमा लागेर दशकौं सम्म सकृय रहनुका कारणहरूमा देशमा नीरङ्कुश तनाशाही पञ्चायती ब्यबस्थाको दमन र राजतन्त्र आदि प्रमुख थिए । कम्युनिष्ट पार्टीमा लागनुको कारण, नेपामा भारतको एकाधिकार बादी अर्ध उपनिबेश हुनु,नेपालले बिकास गर्न भारतको एकाधिकार बादी अर्धउपनिबेशको अन्तगर्न पर्ने पहिलो आबश्यकता देखिनु, नेपाली काङ्ग्रेस पार्टीको भारतीय सत्ताधारीहरू सितको आत्मसमर्पण बादी चरित्र हुनुका कारणले ने का बाट भारतीय अर्धउपनिबेश बाट मुक्त गराउने प्रयाश हुन असम्भव देखिनु र नेपालका कम्युनिष्टहरूको नेपाल माथि रहेको भारतीय एकाधिकारको बीरोध र राष्टबादी बीचारको प्रशिक्ष आदि थिए भने । पटक पटकका आन्दोलनहरूमा नेपाली जनताको यति ठूलो बलिदन हुँदा पनि अन्तिम गन्तब्यमा पुग्न नसक्नुको एक मात्र कारण नोलका सबै पार्टीका नेताहरूले आफना ब्यकितगत स्वार्थ पुरा गर्न भारतीय शासकका चरणमा शरण पर्न जाँनु आदि हुँनु । अब काङ्ग्रेस, कम्युनिष्ट वा अन्य पार्टी भन्ने नाम मात्रैको अन्तर भयो काम सबैमिलेर एउटै गर्न थाले ।ती कमा हुँन राष्टघात र जनघात । ममा देशका ई सबै समस्या लाई हलगर्दै राष्ट लाई नेतृतव दिन सकने क्षमता भएन । देश लाई नेतृत्व दिन सकने क्षमता नभए पनि दशकौ सम्म कष्टपूर्ण राजनीतिक जीवन बिताउँदै आउँदा एक दर्जन भन्दा धेरै रोगको शिकार भैयो । पाटीमा चलेका अराजनैतिक, अस्वस्थ चरम प्रकारका गूट बन्दीहरूले पार्टीलाई मात्रै होईन देशको अस्थित्व लाईनै शङ्कटमा पार्ने देखे पछि पार्टी भित्रका कुनै पनि गूटका पछि नलगेर आफना बीचारहरू नीर्धककसित आफना कमेटीमा राखदा पार्टीमा एक्लो हुँदै गईयो । पार्टीका अरु नेतालाई मात्र ैहोईन उनीहरूका परिवार लाई समेत आच्छिउ आउँदा सिङ्गापुर पुराउन सक्ने पार्टीले मेरा लागी नेपालमै सामान्य उपचार समेत गराउन तयार भएन । सास छनजनि बाँचने आश सबै प्राँणिमा हुदो रहेछ मानिसत चेतन शीसल प्रणली भएकाले मानीसले अन्तिम सास सम्म पनि बाँचने प्रयास गर्दछ । मैले पनि रोग मुक्त हुने उपाय खोजन थाले । घरको आर्थिक अवस्था ठिक नभएका कारणले अस्पतालको महँगो शुल्क तिरेर उपचार गराउन मेरा लागी असम्भव थियो । त्यसकारण बिकल्प खोजन परो उपचारका लागी । उपचारको बिकल्प खोजदै जाँदा पहीलो सम्पर्क स्वामी रामदेवका नेपाली शिष्यहरू सित भयो । राम देवका बारेमा भाकपा मालेकी नेतृ बिन्दा करातले भारतको लोक सभामा दिएको बयानको छाप थियो मेरो दिमगमा । त्यही पनि मर्ता क्यानकर्ता भने जस्तै स्वामी राम देबका कुारमा बिश्वाँस नहुँदा नहुँदै पनि हरिद्वार जाँन भनेर फारम भरियो । उचाराका लागी हरिद्वारको स्वामी रामदेबको आश्रमा जाँन भनेर फारम भरेको नौमहिना पछि मात्रै नेपालीहरूको पालो आयो हरिद्वार जाँने । हरिद्वार जाँनका लागी नौ महिना कुर्न परेका कारणले घरमै आश्था च्याँनलमा प्रत्येक दिन हुँने स्वामी रामदेबको कार्यक्रम हेरेर योगाभ्यास, आसन र ब्यायाम गर्दै जाँदा थाहनै नपाईकन प्याकेजमा रोग नियन्त्रण भएछन । पिशाबका लागी रातीममा पाँच पटक उठन पर्ने समस्या एक पटकमा झरेछ ।ढाडमा बाँधन पर्ने पेटी पनि बाँधन नपर्ने भएछ । थाईराईड, यूरिक एशिड,कोलेष्टोर आदि सबै नियन्त्रण हुँदै जाँदा मत पुरानै स्वस्थ अवस्थामा पुगेछु । हरिद्वार जाँने बेला सम्मत योग, प्रणायाम र ब्ययाम सबै घरमै सिकेका कारणले हरिद्वारमा गएर केबल औपचारिकता निभाउने काम भयो । हरिद्वारमा गएर पतञ्जलीको योग ग्राम र गौशाला आदि हेरे पछि नेपालमा पनि येस्तै तर पतञ्जली सित नजोडिईकन स्वतन्त्र संस्था बनाएर राष्टको सेवागर्न सकिनछ भन्ने सपना मनमा बोकेर योग शिक्षक बनेर नेपाल फर्के ।
योग ग्राम नीर्माणका लागी ठूलै क्षेत्रफलको आबश्यकता भएकाले कपिलवस्तु जिल्लाको बाँण गङ्गा नगर पालिकाको नन्दनगरको कैलाश आश्रम सित जोडिएको रुखनभएको बनक्षेत्रको शृङ्गीघाट सम्मको यरिया हेरेर सर्ब प्रथम देवीस्थान सित जोडिएको जमीनमा एउटा योग भबन बनाउन एउटा महायज्ञ पनि गरियो र त्यसको जिम्मा युवा वर्ग लाई दियो । नेपालको दुर्भाग्यनै रहेछ यहाँ सत्ताधारी मात्रै होईन, राजनीतिक पार्टीका मान्छे मात्रै होई, पुलिस प्रशासन सेनाका मानछे मात्रै होईन, पत्रकार मात्रै होई देशका कर्णधार युवा वर्ग पनि भ्रटाचारी भएका कारणले यो देश लावारिस हुन पुगेकोछ । जस्लाई बिश्वास गरेर त्यो महा यज्ञको जिम्मा दिएको थियो तिनीहरूले पूजामा चडेको भेटीमा समेत ¥यालकाडेछन त्यो देखे पछि नेपालमा कुनै बिदेशीको सहयोग नलिकन योगग्रम बनाउने सपना सपना मात्रै भए पछि, नेपालमा योगका माध्यम बाट राष्टबादी जागरण अयिान सञ्चाल गर्न गरिब र दलित बस्तीमा गएर काम पनि शुरु गरियो । जति बेला सम्म दलित र गरिबका हातमा नेपाल राष्टिय जागरण अभियानको नेतृत्व रह्यो त्यचित बेला सम्म हुलाकी आश पासका क्षेत्रमा लगातार योग शिबीर हरू सञ्चालन भए । योग प्रति आम सर्ब साधारण जनताको आकर्षण बडन थाल्यो । कति पय रोगीहरूले प्रत्यक्ष लाभ भएको कुरा गर्न थाले । त्यो देखे पछि ओरी परी गाँउका ठूला बडा मान्छे पनि आउन थाले योग गर्न । राष्टीय जागरण अभियानको उद्देश्य सूर्य चन्द्र भएको राष्टीय ध्वजा लाई दक्षिण भारतको सिमा बाट उठाएर उत्तर चीनो सिमा सम्म पुराउने थियो । तर जव ठूला बडाहरू त्यो अयिानमा घूसेर नेतृत्व कब्जा गरे त्यस पछि एउटा पनि योग शिबीर लागन सकेन । ठूला बडा भनाउदाहरूको नियतनै गलत देखियो । नेपाल राष्टीयजागरण अभियानमा बाहीर बाट पैसा आउछ भन्ने सोंचमा त्यो संस्थामा घुसेका रहेछन । कतै बाट पैसा नआउने थाहा पए पछि संस्था लाइ निष्कृय बनाए ।
मैले राजनीकि संगठनमा काम गर्दा पनि र सामजिक संस्थाहरूमा काम गर्दा पनि सदैनै सही कुरा उठाए पनि त्यसको स्वमित्व लिएर त्यस लाई आँगाडी बडाउने काम कहिल्यै गरिन । यहीनै मैले मेरा जीवनमा गर्ने गरेको ठूलो गल्तीहो । नेपानल राष्टीय जागरण अभियानमा पनि येस्तै भयो । म हरिद्वार बाट योग शिक्षक बनेर फर्के पछि एक जाना मित्रले विपशयनाको एउटा दशदिबसीय शिबीरमा भाग लिने सल्लाह दिए । विपशयनाको बारेमा मैले जनयुद्घका लागी भूमिगत हुन भन्दा पहिले पनि सुनेको थिए । मेरो माओली नातोमा भाइ पर्ने एक जाँना युबकले जीवनत विपश्यनामा रहेछ तपाई जस्तो त्यागी मान्छेले कमसये कम एक पटक विपशयना गर्न पर्छ भन्न आएको थियमो मेरा घरमानै । त्यतिबेला उसले कोरिया जाँन भनेर जमा गरेर लाखौ रुपये दलालले खाएर भागेका कारणले अलि मानिसिक रूपमा पनि कमजोड भएको थाहा पाएको थिए त्यो मावोली भाइ लाई ।त्यही भएरउसको कुरा लाई महत्व दिईन । पछि शान्तीप्रकृयामा आए पछि ठूलो छोराले ज्यादा मदिरा पान गर्न थालेको थाहा पाए पछि उस लाई मदिरा पान गर्ने आदत बाट छुट्कारा दिलाउन बिभिन्न उपाय गर्दै जाँदा एक जाँना मित्रले लुम्बिनीमा लगेर दश दिन राखे पछि जस्तो सुकै नसाको लत भए पनि त्यो, छुुट्छ भन्नेसल्लाह दिए पछि म पहिलो पटक धम्म जननी विपश्यना केन्द्र लुम्बिनीमा पुगे सम्बत २०६३ सालमा । आर्को पटक सन् २००९को फरवरी १५ देखि सञ्चान हुँदै गरेको दश दिबसीय विपश्पना शिबीरममा आफै भाग लिन धम्म जननी विपश्यना केन्द्र लुम्बिनीमा पुगे । मैे माथि पनि उल्लेख गरी सकेको छुकि म शान्ती प्रकृया शुरु भएर भूमिगत जीवन बाट खुला भएर बाहीर आउँदा यति धेरै रोगले ग्रस्त भएको थिए र पार्टीले पनि उपचार नगरि दिने भए पछि धेरै दिन जीबित रहने आशा पनि मारिसकेको थिएँ । काल अर्थात समय नआईकन कोही पनि मर्न पर्दो रहेनछ । अकाल मृत्यु भन्ने शब्दनै गलत रहेछ । नपत्ताईकन भए पनि बाँचने आशामा योगाभ्यास गर्न थाले पछि जो परिणाम आयो त्यसले मलाई विपश्यना पनि येस्तै होला, एक पटकत हेरौं वास्तवमा विपश्यना भन्ने चिज केरहेछ भनेर लुम्बिनी पुगेर बडो उत्साहक साथमा विपश्यनाको दश दिबसीय शिबीरमा भागत लिए, तर दुई दिन पछि रुघा खोंकीको ज्वरले निस्लोट पारो जस्ले गर्दाचार दिन सम्म ध्यान गर्न जाँन नसकेर बिस्तरामा परियो । चौथो दिनको विपश्यना सत्रमा पनि भाग लिन नसकेर सहायक आचार्यले पछि एकलै बोलाएर विपश्यन दिने काम गरे । छैठौ दिन देखि हलमा गएर सबै साधकका साथमा ध्यान गर्न थाले । यही क्रममा मलाई पनि आठौ दिनमा शून्यागार जहाँ एकजाना साधकका लागी एउटा सानो कोठा दिईन्छ ध्यान गर्नका लागी दिने काम भयो । शून्यागारमा एक्लै बसेर ध्यान गर्दा गर्दै नवौ दिनको बिहानको लग भग दश बजेको समय भएको थियो होला मलाई कुनै बिषेश प्रकारको अनुभूति लग भग पाँच मिनेट जति भयो त्यो अनुभूति कस्तो थियो भनेर मैले शब्दमा आज पनि बर्णन गर्न सक्दिन । त्यो अनुभूतिका कारणले मैले सोंचे ओहो ध्यान गर्दा येस्तो पनि हुँदो रहेछ । मेरा यो भन्दा पहिलेका दिन हरू जो मैले यहाँ बितायें ती त तेसै गएछन । अब आर्को पटक पनि आउन पर्ने भयो ध्यान गर्न भनेर मनले सोंच्यो । त्येस पछिका बारह बर्ष कति छिटो गएछन ध्यानको मार्गमा हिडदा थाहा भएन ।
म शुरुमा रोगको उपचार हुन्छ भन्ने बिश्वाँस लिएर विपशयना गर्न गएको भए पनि लामो समय सम्म यस विद्याको अभ्यास गर्दै आउँदा विपश्यना विद्या, प्रत्यक्ष रूपमा कुनै रोगको उपचार गर्ने नभै रोगी मनको उपचार गर्ने विद्या रहेछ भन्ने कुरा बुजियो । सरल अर्थमा विपश्यना विद्या भनेको मनको कसरतहो । मन लाई कसरत गरेर बलियो बनाए पछि मन निरोगी हुन्छ । मन नीरोगी भए पछि मनका कारणले लागने सयौ प्रकारका रोग बाट मान्छे जोगिन्छ । चाहे जेसुकै कारणले भए पनि जव मान्छेको मनमा चिन्ता पैदा हुन शुरु हुन्छ त्यस पछि उस लाई क्रमशः तमाम प्रकारका रोगले आक्रमण गर्न थाल्दछन ।त्यस पछि जति उपचार गरे पनि जव तक उसको मनमा शान्ती आउदैन तबतक उसको रोग निको हुँदैन । योत भयो विपश्यना विद्याको सामान्य र सरल अर्थ वा परिभाषा बिषेश रूपमा भन्न पर्दा विपश्यना विद्याको सही तरिकले अभ्यास गर्दै जाँदा मान्छेका जन्म जन्मान्तरका मनका रोग जस लाई राग, द्वेष र मोह भनिन्छ ती सबै निको भएर मन नीर्मल हुन्छ । नीर्मल मन भनेकोनै बोधीहो । बोधी प्राप्त गरेका मान्छे लाई बुद्घ भनिन्छ । यो कुनैगुरुको कृपा वा ईश्वरको बरदानले प्राप्त हुँने नभै प्रत्यक ब्यक्ति आफू स्वयमले अभ्यास गरेर प्राप्त गर्ने बिषय रहेछ । असल गुरुको काम बाटो देखाएई दिने मात्रै हुँदो रहेछ भन्ने कुरा स्वअनुभवले बुजे । यस बिषय लाई कतिपय मान्छेले नबुजेर अन्ध बिश्वास पनि भन्न सक्लान किकि विपश्यनाका बारेमा वास्तबिकता नबुजन जनि मैले पनित यस लाई अन्ध बिश्वास भन्ने गर्द थिए । तर जव मैले विपश्यना विद्याको अभ्यास गर्दै अँगाडी बडन थाले त्यस पछि मेरा मनले यस बारेमा केहीन केही अनुभूत गर्न थाल्यो । मैले यी सबै कुराहरू आफू स्वयमले विपश्यना नगर्दाको अवस्था र विपशयना गर्न थाले पछिको अवस्था लाई आफूमा आएको परिवर्तन लाई तुलना गरेर बुजने प्रयास गर्न थाले । त्यस पछि मात्रै यो विद्या लाई बिश्वाँस गर्न थाले । विपश्यना विद्या विज्ञान सम्मत भएकाले आज यस लाई यदि कसैले नबुजेर बिश्वाँस नगरेको भए पनि जव उसले यो विद्याको स्वयले अभ्यास गर्नेछ त्यस पछि उ पनि यही मार्गमा हिडनेछ । यो कुरा मैले मात्रै बुजेको होईन सन्सारका करोडौविपश्वी साधकहरूले विपश्यना विद्याको अभ्यास गर्दै जाँदा सबका अन्तर मन देखिनै पिडा निक्लेर मन स्वच्छ भै दुख बाट मुकत भएको अनुभूत गरेको कुराहो । यहाँ एउटा महत्व पूर्ण भूल्न नहुने कुरा केछ भने विपशयना विद्या सिकाईने केन्द्रहरूमा जाति, सम्प्रदाय, लिङ्ग क्षेत्र र राष्ट भनेर भेद गरिएको हुँदैन । सबैलाई मैत्री, करुणा सद्भावका साथ सिकाईन्छ । केवल पञ्चशीलको पालना गराईन्छ र महिला र पुरुष लाई छुट्टा छुट्टै राखिन्छ । विपश्यना विद्या सिकाउँदा खाने, बस्ने र विद्या सिकाउने काम निशुल्क हुन्छ । यसमा कुनै शुल्क लिनेकाम हुँदैन । यसबारेमा प्रश्न उठन सक्छ यसका लागी पैसा काहाँ बाट आउछ ? यी सबैकामका लागी एक पटक दश दिवसीय शिबीरमा भाग लिई सकेका साधकहरूले दिने स्वइच्छिक दान बाट सन्सारका सबै विपश्यना केन्द्रहरूले साधना गर्न आउने साधकहरू लाई निशुल्क भोजन र आवासको ब्यबस्था गर्दै आएका छन । अतः एक पटक दश दिवसीय शिबीरमा सबैले भाग लिएर यो विद्यालाई बुजने प्रयास गर्न जरूरीछ । एउटा दशदिवसीय शिबीरमा भग लिएर चित्त नबुजे यस लाई छाडन सबै स्वतन्त्र भैन्छ । एक पटक शिवीर लिएका कारणले चित्त नबुजे पनि यसैमा टाँसीरहन पर्छ भन्ने बाध्यता हुँदैन । आर्को सबैले यादगर्न पर्ने महत्वपूर्ण कुरा केछभने, आम रूपमा बुजाई केछ भने सन्सारमा अस्थित्वमा रहेका बिभिन्न सम्प्रदाय हरूनै धर्म हुन । तर धर्म र सम्प्रदायका बीचमा कुनै समबन्ध हुँदैन । सम्प्रदाय भनेका अलग अलग हुन्छन धर्म भनेको संसारमै एउटा मात्रै हुन्छ । सन्सारमा चलेका संप्रदाय हरूमा बिबिधता छन तर धर्ममा कुनै बिबिधता हुँदैन सनसार भरीनै एक रूपता हुन्छ । धर्म भनेको बस्तुको गुँण र स्वभावहोे प्रकृतिको नियमहो जस लाई बिधिको बिधान पनि भनिन्छ । धर्म भनेको चित्तले धारण गर्ने कुराहो । उदाहरणका लागि आगोको गुँण अर्थात धर्म जल्नु र जलाउनुहो । यदि जल्ने र जलाउने स्वभाव भएन भने त्यो बस्तु आगो हुँन सक्दैन । आगोको जल्ने र जलाउने काम अमेरिका होस वा नेपाल अथवा सन्सारको जुनसुकै कुनामा एउटै प्रकृतिको हुन्छ । फरक हुँदैन । यसरी गरी सबै बस्तुका बारेमा बुजन सकिनछ । योगाभ्यासले मेरो शरीर लाई नीरोगी बनायो । ममा काम गर्न नयाँ उत्साह पनि पलायो तर विपशयना गर्न थाले पछि थाहा लागा किे म मानसिक रूपमा कति धेरै रोगी रहेछु । शारीरिकमा स्वस्थ हुँदा हुँदै पनि म मानसिक रूपमा कति धेरै रोगी रहेछु, बाहीरि रूपमा हेर्दा स्वस्थ र सही देखिए पनि अन्तर मनको गहीराईमा पुगेर हेर्दा म कति धेरै दुखी र अस्वस्थ रहेछु भन्ने कुरा तीन पटक दश दिबसीय विपयना शिबीर र एउटा सतिपठ्ठान शिबीर पुरा गर्दा छर्लङ्ग भयो । म, मेरो, मलै, मेरा लागी आदि जस्ता घमण्ड बाट पैदा हुँने राग, द्वेष र मोहका कारणले मानिस लाई बाँचन जनि सुख पूर्वक बाँचन दिदो रहेनछ । परिवारका बीचमा हुँने झगडा, ब्यक्ति ब्यक्तिका बीचमाहुने झगडा र राष्ट राष्टका बीचमा हुने भिषण लाडाईका जड भनेका उक्त म, मेरा,े मैले, मेरा लागी आदि जस्ता घमण्डका कारणले पैदा हुने राग,द्वेष र मोह हुन । मान्छे सित सबै हुँदा हुदै पनि केही नभए जस्तो भएर अभाव महसूस गरेर पागल जस्तो भएर बाँचन जनि भाग भाग गर्नुका मुख्य कारण यिनै बिषय रहेछन । जब तक ब्यक्ति समाज र राष्टको बाग डोर हातमा लिने ब्यक्तिले यी कुरा बुजेर आत्म सात गर्दैनन तबतक सन्सारमा कतै पनि शान्ती अमन चयन र सम्बृद्घि आउन सक्दैन । यो कुरा मैले बिपश्यना विद्याको अभ्यास गर्दै जाँदा बुज्न सके । विपश्यना विद्याको अभ्यास गर्दै जाँदा म, मेरो, मैले, मेरा लागी आदि जस्ता घमण्डका कारणले पैद हुँने राग, द्वेष र मोह जस्ता अन्तर मनम गडेर बसेका मनोबिकार हरू आगाको भूङ्ग्रोको कोखामा राखेको नौनी घिऊको डल्लो जस्तो गरि पग्लेर समाप्त हुँदै जाँदो रहेछ भन्ने कुरा बुजे पछि, यदि नेपाल लाई बिकसित, संबृद्घ र सुखी बनाउनेहो भने अब जिल्लामा गएर पार्टी कमेटी होईन विपश्यना गर्नका लागी केन्द्ररू खोल्न पर्छ ताकि धेरै नेपालीहरूले विपशयना गरेर मनो रोग बाट मुक्ति पाउन सकुन र स्वच्छ समाज नीर्माण हुन सकोस । समाज स्वच्छ हुनसके देशको राजनीतिक आर्थि सामजिक सबै क्षेत्रमा सुधार आउनेछ । राजनीतिमा लागन भन्दा पहिले विपश्यना गर्ने सुबिधा हुँन सके देशको शासन ब्यबस्थामा पनि सुधार आउनेछ र सत्ता प्राप्तिका लागी हुने आजको जस्ता अमर्यादित लाडाई बन्द हुँनेछ भन्ने पबित्र उद्देश्यका साथ आफू धेरै लामो समय सम्म हिडदै आएको बाटोमा देखिएका गन्धकीहरू लाई विपश्यनाका माध्यम बाट सफा गर्ने प्रयास गर्दा, मेरा पूर्व सहकर्मी, सहयोद्घा, चीररिचित मित्रहरू र कति पय स्वजनहरू मध्य कतिपयले पलायन बुजेको, कतिपयले राजनीतिमा असफ भएको बुजेको, कतिपय बाट जीवन भरीको त्याग बेकार गयेको जस्ता प्रतिकृया बेला बेलमा हुने गरेको देखे पछि यस बारेमा थोरै भए पनि पष्ट पार्न मौका मिलेकोछ । मलाई येस्तो मौका मिलाई दिनु भएकोमा तपाईहरू ज जसले बेला बेलामा मेरा बारेमा यस प्रकारका टिप्पणि गर्नु हुन्छ सबै प्रति म धेरै आभारी छुर रहनेछु । भबिश्यमा पनि तपाईहरूको येस्तै मिठो सहयोगको आशा गर्दछु । यस भन्दा पहिले पार्टीको कुनै गुटमा सामेल नभएका कारणले पार्टीले मलाई लागेका गम्भीर रोगको उपचार नगरिदिएकोमा ती नेताहरू जो त्यतिबेला जिम्मेबार रहे तिनीहरू प्रति अज धेरै आभार ब्यकत गर्दछु । यदि त्यति बेला पार्टीले मेरो उपचार गरदिएको भए सायद म विपश्यना विद्या जस्तो महान विद्याको सम्पर्कमा पुगने मैेका बाट बन्चित भएर आज तपाईहरू जस्तै मनोरोगले छटपटाई रहेको हुन्थेहोला ।
विपश्यना नगरेको भए बिगतमा मेरा साथमा पार्टी भित्र जेजस्ता घटना भए ती सबैको दोष अरु लाई दिएर तपाई हरूले जस्तै, सबै लाई गाली गर्दै हिडदथिए होला । जून समस्याको समाधान कही पनि पाईदैन । विपश्यनाको अभ्यासमा लागेको थाहा पाए पछि ज जसले दर्शनमा आएको बिचलन वा पलायनका रूपमा बुजनु भएकोछ यस सम्बनधमा पनि धेरै के पो भन्न पर्ला र सामान्य अर्थमा दर्शन भनेको देखनुनैहो । राजनीतिक र सामाजिक अर्थमा दर्शन भनको जीवन र जगत लाई बुजने कुराहो । विपश्यना अर्थात बिषेश रूपले हेर्ने भनेको आफनो साडे तीनहातको शरीर भित्र प्रत्यक क्षण घटित हुने घटना लाई हेरेर बुजने कुराहो । मेरा पूर्व सहकर्मीहरूले म सित सम्बन्धित प्रश्न उठाएको दर्शनको दोस्रो पक्षमाहो । यहाँ पूजीबादी र साम्राज्य बादी दर्शाका चर्चा गर्न आबश्यका छैन किनकि हामीले ती दर्शनहरूको शुरु देखिनै बिरोध गर्दै आएका छौ । हामीले मान्दै आएको मालेमा बादी दर्शनको पछिल्लो कडी माओ बाद हाम्रो आदर्शहो । माओ द्वारा लेखिएका रचनाहरू मध्य हाम्रो प्रिय ग्रन्थ रेड बुक हामीहरूले धेरै पढ्यौ र पढायौ पनि । यहाँ रेडबुकमा उल्लेख भएको एउटा मात्रै बूँदा सम्झाउन चाहन्छु, “जनताको सियो सम्पनि लिन हुँदैन” के हामी बाट यस्ता नियहरू पालन भए ? उत्तर सरल छ भएनन । हामी जस्का पछि लागेर दौडदैछौ उनीहरूले नेपालको अस्थित्व समाप्त पार्दैछन । हामी नेपालको अस्थित्व मेटाउने अभियानका प्यादा बनेकाछौ । त्यस्तै राजनीतिमा लागने देश र जनताको सेबा गर्नहो ब्यक्तिगत ऐश आरामका लागी सम्पत्ति कमाउन होईन । त्यसकारण राजनीतिक क्षेत्रमा लागेर जे जति सेबागर्ने मौका मिल्यो त्यो मिहनेत खेरत गएकोछैन तर सदुपयोग गर्न बाँकिछ । त्यसलाई सही तरिकाले सदुपयोग गर्नका लागीनै विपश्यना विद्या सबै नेपालीको पहुँचमा पुगोस भन्ने चहनाले जन सेवामा लगेकोहो । जो ब्यक्तिले अफू लाई सुधार गर्न सकदैन त्यसले अरु लाई के सुधार गर्न सक्छ र त्यस कारण आउनुस सर्ब प्रथम आफःू बाट सुधाको भयिान शुरु गारौ । हाम्रो येस्तो अभियानमा विपश्यना विद्याले ठूलो सहयोग गर्नेछ ।
सबैको मङ्गलहोस
उबकतष्पबचबल

mayadavi
Comments
Loading...