दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

रुरुक्षेत्र बाट पहिलो बाट अन्लाईन माध्यम बाट तिज गित प्रतियोगिता सम्पन्न

0

गुल्मी।महिलाहरुको महान पर्ब हरितालिका तिजको पावन अवसर पारी यस क्षेत्रमा पहिलो पटक आयोजना गरिएको खुल्ला अन्लाईन तिज नृत्य प्रतियोगिता २०७८ सामाजिक सन्जाल बाट नतिजा घोषण गर्दै सम्पन्न भएको छ । कला सस्कृति आफ्नो परम्परा रितिरिवाज लाई जोगाउन तथा कोभिट कारणले गर्दा यसरि अन्लाईन प्रबिधि बाट कार्यक्रम सन्चालन गरिएको रुरु सन्चार अन्लाईन खबर प्रा.लि का सम्पादक बिष्णु पाण्डेले जानकारी दिनुभयो।भदौ ५ गते देखि २३ गते सम्म सन्चालन भएको प्रतियोगितामा २२ जिल्लाका ३३० जना कलाकारहरुको सहभागीता थियो ।प्रतियोगितामा रुरु रिडी की दिपिका थापा, बिनिता चापागाइले प्रथम स्थान हासिल गर्नु भएको छ ।यस्तै कपिलवस्तु कि सोनिका पाण्डे द्दितिय र रुरु १ सातमुरेकि विहानी ज्ञवाली तृतीय स्थान हासिल गर्नु भएको छ।यस्तै प्रतियोगितामा २ जना कलाकारले सान्त्वना स्थान हासिल गर्नु भएको छ।तिलोत्तमा कि बर्षा भण्डारी र अस्लेवा चौरकि प्रिया मिदुन रहनु भएको छ।कार्यक्रममा जेष्ठ उमेर कि रमा पन्थ,बाल कलाकारमा छत्रकोट ४ कि अगृमा पन्थ, यस्तै मौलिक प्रतिभा पुरस्कार रुरु १ रिडी कि बिसाखा भुसाल,मौलिक सस्कृतिमा सिर्जनसिल आमा समुह सत्यवति १ अस्लेवा यस्तै उत्कृष्ट नृत्यमा पबित्रा सुर्य वंशिको टिम रिडी ले पुरस्कर जित्न सफल भएको हो ।रुरु धार्मिक सेवा सन्चार प्रालि रिडी र कालीगण्डकी पोस्ट डट्कम स्याङ्जाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको रुरु सन्चारका अध्यक्ष चुरामणि तिमिल्सिनाले बताउनुभयो।कार्यक्रममा नतिजा सार्बजनिक गर्दै आयोजक सस्थाले सोचेभन्दा बढिको सहभागीता रहेको र आगामी दिनहरुमा पनि यस्तै सामाजिक सन्जाल भरिने खालका नौला कार्यक्रमहरु सन्चालन गरिने बताउनुभयो। यस्तै कालीगण्डकी पोस्टका सम्पादक यम सोमैले यो कार्यक्रम सफल पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै केहि दिन भित्रमा रुरु सन्चार अन्लाईनखबर प्रा.लि को कार्यलय बाट पुरस्कर वितरण गरिने बताउनुभयो। भने कार्यक्रमको सहययोगि सस्था भने हिम श्री फुड्स प्रा.लि पोखरा रारा तैयारी चाउचाउ रहेको थियो।

mayadavi
Comments
Loading...