कपिलवस्तु असाेज २२ गते का दिन विहिबार यशोधरा गाउँपालिका को प्रमुख गिरजेश कुमार पाण्डेय लाई यु एम एन को सहयोग मा र दलित सामाजिक विकास केन्द्र को आयोजक मा अठार लाख आठाइस हजार तीन सय उन्नपचास रूपियाँ बराबरका को स्वास्थ्य सामग्री उपकरण सहयोग गरिएको छ। स्वास्थ्य सामग्री उपकरण अन्तर्गत एनालाइजर १ थान आक्सिजन सिलिण्डर ४०कि ग्रा को २४ थान अोटु मक्स २४ थान आक्सिजन रेगुलेटर २४ थान डिजिटल बि पी सेट २० भ्याक्सिन क्यारियर १६ थान डिप फ्रेज १थान कोल्ड बाक्स १ थान आइस बाक्स १३० थान इक्जामिनेशन बेड ८ थान जेनेरल बेड ८ थान पिपिइ सेट १०० थान तथा यु एम एन को कलस्टर टिम लिडर रूप कुमार बि.क हाम्रो पहुच परियोजना प्रोग्रामको मैनेजर तथा यशोधरा गाउँपालिका स्वास्थ्य एकाइ प्रमुख बिरेन्द्र कुमार मिश्रा तथा यशोधरा गाउँपालिका वडा नं ७ को वडाध्यक्ष चन्द्र प्रकाश दुबे तथा हाम्रो पहुच परियोजना को अधिकृत बिन्दबासिनी हरिजन लगायतका उपस्थित रहेको थियो। अगामी दिनमा यस गाउँपालिका मा स्वास्थ्य सामग्री उपकरण को कारणले कसैलाई स्वास्थ्य सेवा बाट बन्चित नहुना परोस तथा यशोधरा गाउँपालिका मा रहेको सबै स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र बाट प्रवाह भई रहेका स्वास्थ्य सेवाहरू सहज र सरल बनाई सबैलाई व्यवस्थित गरी निरन्तरता दिदै गाउँपालिका को दिर्घकालिन स्वास्थ्य विकास योजना मा सहयोग गर्ने गरिब विपन्न व्यतिहरू लाई सहज रूपमा स्वास्थ्य सेवा सम्म सहज पहुँच होस उदेश्य का साथै दलित सामाजिक विकास केन्द्र का अध्यक्ष संजय कुमार कोरी ले गाउँपालिका प्रमुख गिरजेश कुमार पाण्डेय लाई हस्तान्तरण गर्नुभएको छ।।