लियो क्लब अफ कपिलवस्तुले”एक घर मेराे परिवार”भन्ने अभियानमा १ परिवारलाई एक महिना पुग्ने खाध्य सामाग्री हस्तान्तरण गर्याे
पशुपति गिरी
कपिलवस्तु,असाेज २६
सधैंकाे जस्तै अहिलेको चाडपर्वमा पनि लियाे क्लब अफ कपिलवस्तुले “एक घर मेराे परिवार ” भन्ने अभियानमा चाडपर्वकाे अवसर पारेर दुखि गरिब जसको घरमा चुलाे बलेको छैन उनीहरूलाई भाेक टार्ने उदेश्य ले बाणगंगा वडा न -६ लक्षमणघाटकाे ,गन्धव टाेलमा बस्ने बिमला गन्धर्व काे परिवारलाई १ महिनालाई पुग्ने खाध्य सामाग्री हस्तान्तरण गरिएकाे छ ।लियो क्लब अफ कपिलवस्तुका अध्यक्ष पाण्डब भण्डारीकाे अध्यक्ष्ातामा
आजकाे खाधान्न वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ। अध्यक्ष भण्डारीले आजको कार्यक्रममा उपस्थित भई सफल बनाउनुहुने सम्पूर्णमा धन्यवाद ब्यक्त गर्नुभएको छ। त्यसैगरी आजकाे खाध्यन्न सामाग्री हस्तान्तरण कार्यक्रमकाे सम्पूर्ण खर्च लियाे क्लबका प्रबिन गाैतमले सहाेयग गर्नुभएकाे थियोे ।लियो का गाैतमलाइ विशेष अाभार प्रकट गर्दै अध्यक्ष भण्डारीले अागामी दिनहरूमा सम्पुर्ण पदाधिकारी हरूकाे उल्लेख सहयाेग र साथकाे अपेक्षा गर्दछु भन्दै अन्तिममा आउदै गरेकाे बिजयादशमीकाे लायन्स लियाे तथा सम्पुर्ण देशविदेशमा रहनुहुने सम्पूर्ण परिवारलाई शुभकामना ब्यक्तपनि गर्नुभएकाे छ। आजको कार्यक्रममा लियो क्लबका
भिम प्रसाद भट्टराई (बिष्णु ),सागर बन्जाडे ,दिपक अाचार्य ,हरि गैरे ,कपिलदेब भट्टराई ,भिम पाैडेल, बालकृष्ण भट्टराई र मधुसूदन गन्धर्व काे उपस्थितिमा सम्पन्न भएको हाे।