सब डिभिजन बन कार्यालय मोतीपुर कपिलबस्तु

आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना

0

काठमाडौ, बैशाख १० ।भारतको बिहारमा बनेको न्यूनचापीय प्रणाली र स्थानीय वायुका कारण देशका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशका पश्चिमी र मध्य क्षेत्रका पहाडी जिल्लामा असिना पानीको पनि सम्भावना रहेको छ ।

आज राति प्रदेश(१ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ । प्रि(मनसुनको समय भएकाले तत्कालै मौसम बद्ली भएर कुनै-कुनै ठाउँमा ठूलो पानी पर्ने सम्भावना हुन्छ । काठमाण्डौ उपत्यकामा पनि बेलुकापख पानी पर्ने सम्भावना रहेको छ ।

Comments
Loading...