कपिलवस्तु , १० बैशाख । नेपाल विद्यार्थी संघका नेता सुशान्त पाेख्रेल कांग्रेसको केन्द्रीय निर्वाचन प्रचार-प्रसार समिति अन्तर्गतको सामाजिक सञ्जाल प्रचार–प्रसार उपसमिति सदस्यमा मनोनित भएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य राजेन्द्र कुमार केसीको संयोजकत्वमा गठित समितिले कपिलवस्तु जिल्लाका नेता पाेख्रेललाई मनोनित गरेको हो ।
पाेख्रेलले स्थानीय निर्वाचनका क्रममा कांग्रेसको प्रचारप्रसारलाई युवा तथा अन्य मतदाता माझ सार्वजनिक गराउन भूमिका खेल्ने उपसमितिले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।n