दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगरकमिटिको अध्यक्षमा घिमिरे

0

नगर कमिटिको अध्यक्ष भएसंगै अध्यक्ष घिमिरेले अध्यक्षमा चयन गर्न सहयोग गर्नुहुने जिल्ला अध्यक्ष तथा सम्पुर्ण युवाहरुमा हार्दिक आभार व्यक्त गर्दै नगरका सबै युवाहरुलाई समावेश गरि संगठनलाई उत्कृष्ट बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।उहाँले पार्टीलाई सांगठनिक रुपमा मजबुत बनाउन, पार्टी हरेक गतिविधिलाई चुस्त दु्रस्त राख्न र निष्क्रिय रहेका युवाहरुलाई राजनीतीमा पहुँच पु–याई युवा नेतृत्वको विकास गर्ने संकल्पका साथ आफु अगाडि बढ्ने बताउनुभयो ।

घिमिरेले कपिलवस्तु जेसीज वर्ष २०२२ को लागि कोषाध्यक्ष र संयुक्त एम्बुलेन्स चालक संघ जिल्ला शाखा कपिलवस्तुको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको छ । त्यस्तै पार्टीका जिल्ला कमिटि सदस्य, जिल्ला युवा सहईन्चार्ज तथा राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष कमल क्षेत्रीले जिल्ला कमिटिसंग समन्वय गर्दै नगरका सबै युवाहरुको नेतृत्व गर्न निर्देशन दिनुभयो । सोहि बैठक मार्फत नगर कमिटिको सदस्यहरु पनि थप गरिएको छ ।

mayadavi
Comments
Loading...