पोखरा : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कांग्रेसमै प्रवेश गर्न सुझाव दिएका छन् ।
माओवादी केन्द्रले स्थानीय चुनावमा कांग्रेसकै घोषणापत्र बोकेर हिँडिरहेको भन्दै उनले कांग्रेसमै समाहित हुन सुझाव दिएका हुन् ।
‘माओवादीसँग चुनावी एजेन्डा छैन । कांग्रेसको घोषणापत्र बोकेर हिँडिरहेको छ,’ उनले भने, ‘अब कांग्रेसमै छिरे हुन्छ । हामी सामना गर्न तयार छौं ।’
उनले चुनाव सार्न सत्ता गठबन्धनले प्रयास गरे पनि एमालेले त्यसो हुन नदिएको उनले दाबी गरे । पोखरा महानगरको एमाले प्रतिबद्धतापत्र घोषणापछि उनले माधव नेपाललगायत कम्युनिष्ट नेताहरूसँग राजनीतिक एजेन्डा नभएकोले सन्यास लिन आग्रह गरे ।