दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

बाणगंगा ८ मा एमालेको उत्साहजनक घरदैलो तथा मतदाता भेटघाट

0

पशुपति गिरी। कपिलवस्तु 
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न.८ मा नेकपा एमालेले मतदाता भेटघाट, प्रचार प्रसार तथा घरदैलो अभियानलाई तिब्रता दिएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै चुनाव प्रचार प्रसार कार्यक्रम तथा घरदैलो अभियानलाई पार्टीले तिब्रता दिइएको हो । एमालेको तर्फबाट नगरमै कान्छो वडा नं. ८ का वडाध्यक्षका उम्मेद्वार बाबुराम अर्याल, महिला सदस्यमा जुना देवी थारु, दलित महिला सदस्यमा शारदा परियार र खुल्ला सदस्यहरुमा शैलेन्द्र बेल्बासे, विश्वास जिसी गरि ५ जनाको सक्रिय टिमले मोर्मी टोल क्षेत्रमा मतदातासंग भेटघाट गरि घरदैलो कार्यक्रम गरेको छ ।

मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा पार्टीका प्रदेश कमिटि सदस्य गुणानिधि भुसाल, भोजराज थारु, निर्वाचन परिचालन कमिटि वडाका संयोजक तथा पार्टीका वडा ईन्चार्ज टुकलाल गैरे,एमाले निकट नेपाल खेलकुद महासङ कपिलवस्तुका अध्यक्ष सुसिल कुवर, अनेरास्ववियुका जिल्ला अध्यक्ष लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

एक बिहानै हरेक घरघरमा गई समृद्ध वडा बनाउने प्रतिवद्धता व्यक्त गर्दै भोट हाल्न आह्वान गरिएको थियो । विभिन्न सामाजिक संघ संस्थाहरुको नेतृत्व गरेका र एक दशक देखि राजनितिमा होमिनुभएका युवा लोकप्रिय नेता बाबुराम अर्याललाई वडाध्यक्ष पदको उम्मेद्वार बनाएसंगै वडावासी तथा युवावर्ग खुसी भएका छन् ।

नगरमै तामझामका साथ मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिईएको छ ।

bijayanagar
Comments
Loading...