कपिलवस्तु : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाणगंगामा घरदैलो कार्यक्रम सुरु गरेको छ । बाणगंगा ८ बोडगाउँबाट राप्रपाले घरदैलो कार्यक्रम सुरु गरेको हो । राप्रपाका केन्द्रिय सदस्य धुब्र रायमाझिको नेतृत्वमा घरदैलो कार्यक्रमलाई तीब्रता दिईएको राप्रपा बाणगंगाले जनाएको छ । राप्रपाबाट मेयरकी उम्मेदवार सिता कुमारी थारु, उपमेयरका उम्मेदवार डिल्ली शर्मा, वडा नं. ८ मा वडाध्यक्षका उम्मेदवार भगे्रन्द्र बहादुर उचै ठकुरीसहित नेता कार्यकर्ताहरु मतदाताको घरदैलोमा पुगेका छन् ।
घरदैलो कार्यक्रमका क्रममा राप्रपाप्रति आम नागरिकको एक छुट्टै किसिमको आशा, भरोसा र उत्साह देखिएको राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझिले बताउनुभयो । देशका प्रमुख राजनितिक पार्टीहरुलाई पटकपटक जिताएर पठाएको तर त्यसले देशलाई सहि दिशा प्रदान गर्न नसकेको भन्दै मतदाताहरुले आफु समक्ष गुनासो गरेको केन्द्रिय सदस्य रायमाझिले बताउनुभयो । उहाँले जनताको यो विश्वासलाई टुट्न नदिने प्रतिवद्धता जनाउदै राप्रपाका उम्मेदवारलाई जिताउन मतदाता समक्ष अपिल गरेको बताउनुभयो ।
घरदैलो कार्यक्रमसंगै राप्रपाले बोडगाउँ र मोतिपुरमा कोणसभा समेत सम्पन्न गरेको छ । राप्रपाको घरदैलो कार्यक्रम अन्तर्गत भोलि वैशाख १९ गते वडा नं.९ र ६, वैशाख २० गते वडा नं.१, वैशाख २१ गते वडा नं.११ र २, वैशाख २२ गते वडा नं. ५ र ४, वैशाख २३ गते वडा नं.१० र वैशाख २४ गते वडा नं.३, वैशाख २५ वडा नं.५ र ६ मा अभियान संचालन गरिने छ ।
राप्रपाले बाणगंगाका ११ वटै वडामा उम्मेदवार खडा गरेको छ ।
