दैलेख : जिल्लाको ठाटीकाँध गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) को गाउँ कमिटी नै नेकपा एमालेमा समाहित भएको छ। बुधबार एक संयुक्त विज्ञप्ती जारी गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीको ठाटीकाँध गाउँ कमिटी नै एमालेमा समाहित भएको हो। नेकपा एमाले ठाटीकाँध गाउँपालिका कमिटीका अध्यक्ष कुमारविक्रम शाही र नेकपा९एकीकृत समाजवादी० ठाटीकाँध गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद जैसीले संयुक्त विज्ञप्ती जारी गरेका हुन्।
विज्ञप्तीमा ठाटीकाँध गाउँपालिकाको समृद्धि, उन्नती, प्रगती र नमूना गाउँपालिका निर्माणका लागि तथा भावीपुस्ताको सुन्दर भविष्यको लागि पार्टी एकताको विकल्प नभएको ठहर गरिएको उल्लेख छ। ‘स्थानीयतह सदस्य निर्वाचन २०७९ अन्तर्गत नेकपा९एकीकृत समाजवादी० पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवारहरुको उम्मेदवारी निस्किृय रहने र नेकपा एमालेकातर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुलाई विजयी गराउने र परिणाममुखी भूमिका निर्वाह गर्ने जानकारी गराउँदै नेकपा (एकीकृत समाजवादी) नेकपा एमाले ठाटीकाँध गाउँपालिका कमिटिमा पार्टी एकतासहित समाहित भएको छ,’ विज्ञप्तीमा भनिएको छ।