दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

जीत नारायणले प्रचण्डलाई भने- ‘रेणुलाई जिताउँछौं, भोलिको दिनमा ढाँट्ने काम नहोस्’

0

काठमाडौं : नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले भरतपुर महानगरमा पाँच दलीय गठबन्धनको जित सुनिश्चित भएको बताएका छन् । चितवनको भरतपुर महानगरमा सत्ता गठबन्धनको सभामा बोल्दै श्रेष्ठले पाँच दलीय गठबन्धनले जित्ने कुरामा विश्वस्त हुन आग्रह समेत गरे।

२९ वटै वडामा गठबन्धनलाई विजयी बनाउन अघि बढ्ने बताए । उनले भने,’ रेणु दाहाललगायत सिंगो गठबन्धनलाई जिताउन प्रतिवद्धता व्यक्त गर्छौं । यसो भन्दै गर्दा आदरणीय पुष्पकमल दाहाललाई भन्नैपर्छ हाम्रो पार्टीको सोझो सभापति हुनुहुन्छ । भोलिको दिनमा ढाँट्ने काम नहोस्।’

जीतनारायण रेणु दाहालका कट्टर आलोचक हुन् । उनले रेणुलाई मेयरमा समर्थन गर्न नसकिने बताउँदै आएका थिए ।

civil bank
Comments
Loading...