कपिलवस्तु : आसन्न स्थानीय तहको निर्वाचन लक्षित चुनावी कार्यक्रमलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीब्रता दिएको छ । बाणगंगा नगरपालिकाको नगरप्रमुखमा महिलालाई अघि सारेको राप्रपाले मतदाताको उत्साहले आफुहरुलाई थप उर्जा मिलेको उम्मेदवारहरुले बताएका छन् । सिता कुमारी थारुलाई मेयर र रामु शर्मालाई उपमेयरमा अघि सारेको राप्रपाले आज बाणगंगा २ पिपरामा आफ्नो चुनावी कार्यक्रम सम्पन्न गरेको राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझिले जानकारी दिनुभयो ।
कोण सभामा परिणत भएको उक्त कार्यक्रममा मेयरकी प्रत्यासी थारु, उपमेयरका प्रत्यासी शर्मा र वडा नं.२ का वडाध्यक्षका प्रत्यासी हरि प्रसाद घिमिरेले सम्बोधन गर्नुभएको थियो । बाणगंगामा राप्रपाको राम्रो प्रभाव रहेको दाबी गर्दै उम्मेदवारहरुले जित हासिल गर्ने समेत जिकीर गरेका छन् । केन्द्रिय सदस्य रायमाझिले राप्रपाले हार्छ, राप्रपा सानो पार्टी हो भन्ने मानसिकता त्याग गर्न आग्रह गर्नुभएको छ । उहाँले परिवर्तनको लागि राप्रपालाई जिताउँछु, मेरो भोटले राप्रपाले जित्छ भन्ने मानसिकता राख्न अपिल समेत गर्नुभएको छ ।‘राप्रपाले हार्छ, राप्रपा सानो पार्टी हो भन्ने मानसिकता त्याग्नुस ! म परिवर्तनको लागि राप्रपालाई जिताउँछु, मेरो भोटले राप्रपाले जित्छ भन्ने मानसिकता राख्नुस। त्यसैले भोट ‘हलोमा’ हालौ ।’ उहाँले भन्नुभयो ।