दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

बाणगंगाका मतदाता भन्छन्- ‘ठूला राजनितिक दलको विकल्प राप्रपा’

0

कपिलवस्तु : स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी रहेको बेला बाणगंगामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घरदैलो कार्यक्रमलाई तीब्रता दिएको छ । मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यका उम्मेदवारका साथमा राप्रपाले बाणगंगामा चुनाव लक्षित घरदैलो अभियानलाई तीब्रता दिएको छ । आज बाणगंगा नगरपालिका वडा नं. १० पटनामा राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझीको नेतृत्वमा जिल्ला उपाध्यक्ष चन्द्र भण्डारी, राप्रपका नेता डाक्टर माधव पन्थी, राजेन्द्र विक्रम शाह, मेयरकी उम्मेदवार सिता कुमारी थारु, उपमेयरका उम्मेदवार रामु शर्मा, वडा नं.१० का वडाध्यक्ष पदका उम्मेदवार राम बहादुृर थारुसहितको सहभागितामा घरदैलो कार्यक्रम सम्पन्न भएको राप्रपा बाणगंगाले जनाएको छ ।

घरदैलोका क्रममा मतदाताहरुले ठूला राजनितिक दलको विकल्पको रुपमा राप्रपा रहेको बताएका केन्द्रिय सदस्य रायमाझिले बताउनुभयो ।

वडा र नगरमा विकास र समृद्धिको प्रत्याभूति दिलाउन राप्रपाको जित आवश्यक रहेको राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझिले बताउनुभयो । वडामै हरेक बर्ष चिकित्सक वा ईन्जिनियर, एक नर्स, एक जेटिए तथा भेटनेरी डाक्टरलाई छात्रावृत्तिको व्यवस्था गर्न, जेष्ठ नागरिकलाई हरेका ३ महिनामा घरमै गएर स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउन, वडभित्रका विपन्न परिवारका सदस्यलाई उपचार जिल्ला बाहिर जान एम्बुलेन्स सेवा निशुल्क गराउन, वडाका हरेक कामलाई पारदर्शी र जनसहभागिता मूलक बनाउनका लागी राप्रपा नेतृत्वका आउन आवश्यक रहेको उहाँले बताउनुभयो । निम्न आय भएका परिवारका सदस्यलाई सुत्केरी स्याहार भत्ता दिलाउने, दुध र मासु उत्पादनमा वडालाई जिल्लामै नमुना बनाउने जस्ता योजना राप्रपाको जितले मात्र साकार हुने उहाँले दाबी गर्नुभयो ।

किसानका उत्पादन उच्च मूल्यमा खेतबारीबाटै विक्री वितरणको व्यवस्था मिलाउन, व्यवसायिक कृषकका लागी अनुदान र अन्य सुविधाको व्यवस्थापनका गर्न, वडाभित्रका भूमिहिनका लागी आवास र जमिनको प्रबन्ध मिलाउनका लागी राप्रपका उम्मेदवारलाई जिताउन उहाँले अपिल समेत गर्नुभयो । राप्रपाले बाणगंगाका सबै वडामा उम्मेदवारसहित दैनिक रुपमा घरदैलोको कार्यक्रमलाई तीब्र पारेको छ । यसैबीच वडा नं. ९ मा घरदेलो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि किशोर थारु, शिव बहादुर बस्नेत। केशव अधिकारी, सन्तोष थापा, दिनेश रायमाझि लगायतको टोली राप्रपामा प्रवेश गरेका छन् ।

civil bank
Comments
Loading...