कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ का वडाध्यक्षले पदभार ग्रहण गरेका छन् । चौरीस्थित वडाको कार्यालयमा नवनिर्वाचित अध्यक्ष रोम बहादुर थापाले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै थापाले चुनावमा वडावासी समक्ष गरेका प्रतिवद्धताहरु पुरा गर्न अब आफ्नो ध्यान केन्द्रित हुने बताए । उनले वडावासीको सेवामा सदैव समर्पित हुने बताउँदै शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, विद्युत, सडक लगायत विकास पुर्वाधारको निर्माणमा लागी पर्ने उनको भनाई छ ।
वृद्धहरुलाई वृद्ध भत्ता लिन वडामा जानुपर्ने झन्झटबाट मुक्त गराई घरघर पुर्याउने र वडाका गर्भवती महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने बारे छलफल भएको वडाध्यक्ष थापाले जानकारी दिए । उनले भने, ‘वृद्धहरुलाई भत्ता लिन वडासम्म पुग्नुपर्ने झन्झटलाई हटाउन भत्ता नै घरघर पुर्याउने र वडाका गर्भवती महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने बारे छलफल भयो ।’
वडाध्यक्षसहित वडा सदस्यहरुलाई नगरप्रमुख केशव कुमार श्रेष्ठले सपथ ग्रहण गराएका हुन् ।